विश्वका पर्यटन व्यवसायी जाकार्तामा

  • Get News Alerts

आ–आफ्ना मुलुकका गन्तव्य प्रवद्र्धन गर्ने उद्देश्यले विश्वका पर्यटन व्यवसायी समुन्द्री टापुको पहिचान बोकेको मुलुक इन्डोनेसियाको राजधानी जाकार्तामा जमघट भएका छन् । 
 
पाटा ट्राभल मार्ट २०१६ ले उनीहरुलाई आफ्ना पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने अवसर सिर्जना गरिदिएको हो । सत्र हजार बढी समुन्द्री टापु भएको इन्डोनएसिया विश्व पर्यटनको आकर्षक गन्तव्य हो । 
 
बुधबारदेखि सुरु भएको पाटा ट्राभल मार्टको ३९औँ संस्करणमा नेपालसहित ६३ वटा मुलुकबाट एक हजार २८४ प्रतिनिधिको सहभागिता रहेको छ । 
 
यसमध्ये १०० भन्दा बढी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी मार्टमा नेपालबाट छ वटा सञ्चारमाध्यमका प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । 
 
दिगो विकासका लागि पर्यटनको अवधारणालाई आधार मानेर आयोजना गरिएको यो मेला विश्वकै चर्चित मेलामध्येको हो । 
 
इन्डोनेसियाको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा एक समारोहबीच मार्ट उद्घाटन गर्दै यहाँका उपराष्ट्रपति मोहम्मद जुसुफ कालाले पर्यटनकै ठूलो मार्ट आफ्नो देशमा आयोजना हुनु गर्वको विषय भएको उल्लेख गर्दै यसले विश्व पर्यटन बजरलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 
 
इन्डोनेसियाका पर्यटन मन्त्री आरिफ यायाले विश्वका प्रमुख मेलामध्ये पाचौँ स्थानमा पर्ने पाटा ट्राभल मार्ट आफ्नो मुलुकमा आयोजना गरिएकामा खुसी व्यक्त गर्दै आफ्नो मुलुकले पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्यको विकास र पर्यटकीय पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिएको बताए। 
 
दक्षिण पूर्वी एसियाको पर्यटकीय गन्तव्यका रुपमा स्थापित इन्डोनेसियाले पर्यटकलाई आकर्षित गर्न हालै नेपालसहित १ सय ६९ मुलुकलाई अनएराइभल भिसा सुरु गरेको छ । 
 
आधारभूत भौतिक पूर्वाधार तथा वातावरणमैत्री संरचनामा उदाहरणीय इन्डोनेसियाले पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा थप समुद्री टापुको प्रवद्र्धन गर्ने योजना अगाडि बढाएको छ । 
 
चर्चित, बाली, सुमात्रा, जाकार्ता आदि पर्यटनका लागि आकर्षक गन्तव्य हुन् । यसका अतिरिक्त अन्य टापुको पर्यटन प्रवद्र्धनमा इन्डोनेसिया लागिपरेको पर्यटनमन्त्री यायाले बताए। विश्वभरका पर्यटन व्यवसायीले उच्च गुणस्तरीय पर्यटकीय सेवाका लागि पाटा ट्राभल मार्ट उपयुक्त माध्यम रहेको उनको भनाइ छ । 
 
आफ्नो सेवा तथा गन्तव्यको प्रवद्र्धनमा विश्वभरका पर्यटन व्यवसायी तथा सङ्घसंस्थाले पाटा ट्राभल मार्टलाई उपयोग गर्र्दै आएका छन् । प्रकृति र संस्कृतिलाई पर्यटन समृद्धिका प्रमुख आधारका रुपमा लिएको इन्डोनेसियामा आदिवासी संस्कृति र परम्परागत रीतिरिवाजले विविधतामा एकता छाएको छ । 
 
जाकार्तामा नेपाली पर्यटन प्रवद्र्धन
 
जाकार्तामा सुरु भएको मार्टमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त नेतृत्वमा नेपालबाट नेपाल वायुसेवा निगम, एक्सप्लोर हिमालय ट्राभल एन्ड एडभेन्चर, होटल मस्र्याङ्दी, हिमालयन गाइड नेपाल टे«क एन्ड एक्सपिडिसन, नेपाल इजी ट्राभल, लाङ्टाङ रि ट्रेकी एन्ड एक्सपिडिसन, सोल्टी क्राउन प्लाजा र टाइगर ल्यान्ड सफारी रिसोर्ट सहभागी छन् । 
 
पर्यटकीय गन्तव्य खरिद गर्न विभिन्न २६० क्रेता र २२० वटा बिक्रेता सहभागी रहेको मार्टमा ताइवान, मकाउ, हङ्कङ, अफ्रिका, मलेसिया आदि मुलुक पनि सहभागी छन् । सन् १९९१ देखि विभिन्न मुलुकमा नियमित रुपमा आयोजना भइरहेको ट्राभल मार्टमा यस वर्ष नेपालबाट १० कम्पनी तथा संस्थाले भाग लिएका छन् । 
 
नेपालबाट ट्राभल मार्टमा प्रतिनिधित्व गरिरहेका नेपाली सङ्घसंस्था तथा कम्पनीका प्रतिनिधिले मार्ट नेपाली पर्यटकीय सेवा तथा गन्तव्यको प्रवद्र्धनका लागि उपयुक्त माध्यम भएको बताए । 
 
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन बजारको व्यावसायिक प्रवद्र्धन गर्न मार्ट उपयुक्त गन्तव्य भएको बताए। मार्टमा उच्चस्तरीय क्रेता र बिक्रेताको जमघट हुने भएकाले नेपालका लागि मार्ट उपयोगी हुने उनले उल्लेख गरे। 
 
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले अन्तर्राष्ट्रियस्तरको सेवाबारे जानकारी लिन र अन्य मुलुकको अनुभव आदानप्रदान गर्न मार्ट फलदायी हुने बताए। नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरि शर्माले नेपाली पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न मार्ट उपयुक्त थलो भएको उल्लेख गरे। 
 
पाटाका कार्यकारी अधिकृत सुरेशसिंह बुडालले अन्तर्राष्ट्रियस्तरमा क्रेता र बिक्रेताबीच व्यापार प्रवद्र्धन गर्ने महत्वपूर्ण थलो मार्टलाई नेपालले भरपुर उपयोग गर्नसकेको खण्डमा नेपाली पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए। 
 
पाटा ट्राभल मार्टमा राखिएका विभिन्न मुलुकका पेभिलियनमध्ये नेपालको पेभिलियनमा दर्शकको आकर्षण देखिन्छ । खासगरी परम्परागत प्यागोडा शैलीमा सजाइएको नेपाली पेभिलियनमा सगरमाथा, पशुपतिनाथ मन्दिरलगायत नेपाली पर्यटनका विविध उत्पादनलाई सजाइएको छ । भूकम्पपछि नेपालको पर्यटनबारे मार्टमा सहभागी धेरैको चासो रहेको पाटाले जनाएको छ । रासस   
 तस्बीरःसीबी अधिकारीको फेसबुक

प्रतिकृया दिनुहोस

थप समाचार

  • भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम

    भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम भैरहवामा निर्माणधिन क्षेत्रीय विमानस्थलको ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सने नेपाली साझेदारले धोका दिँदा काममा ढिलाई भएको गुनासो गरेको छ। चिनियाँ कम्पनीको तर्फबाट नोपलका लागि चिनियाँ राजदुतले पर्यटन संस्कति तथा नागरिक उड्डय मन्त्री जितेन्द्र देवसँग भेटेरै स्थानीय साझेदारले धोका दिएर चीनको कम्पनीलाई बद्नाम गर्न खोजिएको गुनासो गरेको मन्त्री देवले जानकारी दिएका छन्।

  • साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने

    साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने साउदी अरेबिया, युएई (दुबई)का एयरलाइन्सहरुले कतार जाने कुनैपनि यात्रुलाई नबोक्ने भएका छन्। साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेसँगै त्यहाँका एयरलाइन्सले पनि कतारका सबै उडान रद्द गर्ने भएका हुन्।

  • मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी

    मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब ४२ अर्ब आम्दानी भएको छ। सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ।

  • नेपाली हिमालको युरोपमा प्रबर्द्धन

    नेपाली हिमालको युरोपमा प्रबर्द्धन उत्तरी आयरल्याण्डमा १० अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। त्यहाँ रहेका नेपाली समुदायको अग्रसरतामा स्थायिनहरुको सहभागितामा उक्त दिवस मनाइएको ‘भिजिट नेपाल युरोप २०१७’ संयोजक दिपेश शाक्यले जानकारी दिए।

  • घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु

    घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन्। नेपाल भूपरिवष्ठित देश भएकाले यहाँका सीमित ताल नै पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ। अधिकांश समय जमिनमै रहीरहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ। प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन्, जहाँ पुग्ने रहरले विश्वका धेरै ठाउँबाट पनि पर्यटक आउने गर्दछन्।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी