नेपालको पर्यटनले इन्डोनेशियाबाट सिक्नैपर्ने पाठ

  • Get News Alerts

इण्डोनेसियाको तमान सफारी । यहाँको सुन्दर प्रकृतिका अलवा विभिन्न जंगली जनावरसँगै पर्यटकहरु रमाउने गर्दछन्। तस्वीर- एजेन्सी 

 

सत्र हजार बढी सामुद्रीक टापुको देश इण्डोनेशिया विश्व पर्यटनको आकर्षक गन्तब्य मानिन्छ।

 
प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताले भरिपूर्ण इण्डोनेशियाको अर्को बलियो पहिचान भनेको यहाँको आतिथ्य सत्कार हो, जुन पर्यटक लोभ्याउने एउटा महत्वपूर्ण आधार बनेको छ।
 
दक्षिण पूर्वी एसियाको पर्यटकीय गन्तव्यका रुपमा स्थापित इन्डोनेसियाले पर्यटकलाई आकर्षित गर्न आफ्नो परम्परागत कला र संस्कृतिको अनुपम उपहार पस्केर मोहित बनाएको पाईयो।
 
 सयौं थरीका आदिवासी जनजातिको बासस्थल रहेको इन्डोनेशिया सामुद्रीक टापु, भल्कानो, कोमोडो, विशाल जङगल, हात्तीको बासस्थान आदिले परिचित छ। 
 
आधारभूत भौतिक पूर्वाधार तथा वातावरणमैत्री संरचनामा उदाहरणीय इन्डोनेसियाले पछिल्लो समय वातावरणमैत्री पर्यटनको विकास तथा नयाँ पर्यटकीय गन्तव्यका रुपमा थप समुद्री टापुको प्रवद्र्धन गर्ने योजना अगाडि बढाएको छ । चर्चित, बाली, सुमात्रा, जाकर्ता आदि पर्यटनका लागि आकर्षक गन्तव्य हुन्।
 
अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको पर्यटनलाई तीब्रता दिन लागिपरेको इण्डोनेशियाका पर्यटनमन्त्री आरिफ यायाले बताए। अन्य टापुलाई नयाँ गन्तब्यको रुपमा विकास प्रवद्र्धनार्थ योजनावद्ध कार्यक्रम अगाडी बढाईएको उनले उल्लेख गरे। 
 
इण्डोनेशियाले हालै नेपालसहित १६९ मुलुकलाई अनएराइभल भिसा सुरु गरेको छ, जसले २० प्रतिशत पर्यटन आगमन बढेकोे सरकारी भनाई छ। जकार्तास्थित होटल सान्तिकाका बजार व्यवस्थापक एन्ड्री सुजिरोटोले पाहुनाको आतिथ्य सत्कार र विविध परिकारका खानाका स्वाद पनि पर्यटक आकर्षणको आधार भएको बताउँछन्।
 
औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) को संस्थापक सदस्य इण्डोनेशियाको प्रतिव्यक्ति आय (सन् २०१३ अनुसार) तीन हजार ४७५ अमेरिकी डलर छ। उत्पादनमूलक उद्योग धेरै छन् । इन्डोनेशियाको राष्ट्रिय स्रोत पेट्रोलियम पदार्थ, प्राकृतिक ज्ञास, टीन, टिम्बर, सुन, चाँदी तथा कृषि हो।
 
इण्डियन ओसन र प्यासिफिक ओसनको बिचमा पर्ने इन्डोनेशियाको क्षेत्रफल १९ लाख १९ हजार ३१७ मिलोमिटर स्क्वायर छ। यहाँ करिब २५ करोड १० लाख जनसंख्या रहेको छ।
 
विश्वमै सबैभन्दा बढी मुसलमान भएको देश इन्डोनेशियामा ८० प्रतिशत भन्दा बढी मुस्लिम र बाँकी हिन्दु र बुद्धिष्ट छन्। 
 
वातावरणमैत्री पर्यटनमा जोड 
व्यवस्थित सहर, सफा र चिल्ला सडकमा हरियाली कायम गरेको इन्डोनेशियाको अर्को आकर्षण हरियाली र वातावरणमत्रै पर्यटकीय पूर्वाधार हो । यहाँको पूर्वाधार र हरियालीले जोकोहीलाई लोभ्याउँछ। इन्डोनेशिया पर्यटन मन्त्रालयको विवरण अनुसार सन् २०१५ मा एक करोड ४० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन्।
 
 सन् २०१६ मा एक करोड २० लाख पर्यटक पु¥याउने लक्ष्य छ । कम स्रोत साधनबाट पनि इन्डोनेशियाको पर्यटन प्रगतिबाट नेपाली पर्यटनले सिक्नै पर्ने कुरा भनेको पर्यटनमैत्री पूर्वाधार र वातावरणमैत्री संरचना हो।
 
 अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सर्वोच्च सिखरसहितका आकर्षक हिमश्रङ्खला, दूर्लभ वन्यजन्तु, संरक्षित क्षेत्र आदिको अदित्तीय आकर्षणले नेपाल विश्वकै चर्चित पर्यटकीय गन्तब्य हो । पर्यटकीय संभावना प्रचुर रहेपनि आवश्यक प्रगति गर्न नसकेको यथार्थ पनि हो।
 
नेपाल र इन्डोनेशियाको प्राकृतिक सुन्दरता, गौगोलिक विविधता, सांस्कृतिक रहनसहन तथा आतिथ्य संस्कार मिल्दोजुल्दो पाइन्छ, पाहुनालाई गर्ने व्यवहार उस्तैछ । यसबाट नेपाली पर्यटनले लाभ पाउने प्रसस्त आधार छन्।
 
 नेपाल र इन्डोनेशियाबीच सिधा हवाई सञ्जाल विस्तार गर्नसकेको खण्डमा इन्डोनेशिया आउने अन्य मुलुकका पर्यटक नेपाल आउन सहज हुने नेपाल वायु सेवा निगमका संस्थागत निर्देशक रामहरि शर्मा बताउँछन्। 
 
“दुई देशबीचको प्रकृति र संस्कृति मिल्दो जुल्दो छ, जसले एक अर्का देशको पर्यटनमा टेवा पुग्ने देखिन्छ, यसका लागि सिधा हवाई सेवा सुरु गर्न जरुरी छ,”–उनले भने।
 
निर्देशक शर्माले इण्डोनेशियाका ट्राभल तथा होटल व्यवसायीले पर्यटनमा कसरी प्रगती गरेका छन् भन्ने पाठ नेपाली पर्यटन व्यवसायीले सिक्न सकेको खण्डमा नेपाललाई फाइदा पुग्ने उल्लेख गरे।
 
त्यसोत, पाहुनाको आतिथ्य सत्कार र स्वागतका लागि विश्वकै उत्कृष्ट मानिन्छ, तर यहाँको पूर्वाधार पर्यटनमैत्री नहुनु तथा पर्यटकमैत्री सेवाको गुणस्तर कायम हुन नसक्दा पर्यटनले फड्को मार्न सकेको छैन।
 
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा पनि संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा अन्य मुलुकका पर्यटकलाई निःशुल्क प्रवेशाज्ञा दिने इन्डोनेशियाको नीतिलाई नेपालले पनि अनुसरण गर्नसके पर्यटनले पर्यटन आगमन बढ्ने बताउँछन्।
 
‘इन्डोनेशियाका चाडपर्व पर्यटनमैत्री छन् तर यति धेरै संस्कृति र चाडपर्व भएको मुलुक नेपालमा पर्यटनमैत्री बनाउन सकिएको छैन’ यसले पनि पर्यटनमा अपेक्षित प्रगति हुन नसेको भन्दै उनले पर्यटकमैत्री पूर्वाधार र हवाई सञ्जाल विस्तार गरिनुपर्नेमा जोड दिए।
 
प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका कार्यकारी अधिकृत सुरेशसिंह बुडालले आधारभूत पर्यटकीय पूर्वाधार, उच्चस्तरीय पर्यटकीय सुविधा नभएसम्म पर्यटन नफस्टाउने भन्दै यसका लागि सरकारले वातावरणमैत्री पर्यटनलाई जोड दिनुपर्ने बताए। 
 
अबको पुस्ताको झुकाव भनेको वातावरणमैत्री पर्यटन हो भन्दै उहाँले पर्यटकलाई प्रवेशाज्ञामा सहुलियत दिई नेपालको आकर्षक गन्तब्यको थप प्रवद्र्धन गरिनुपर्ने खाँचो औंल्याए।
 
पाटाको अवसर 
इन्डोनेशियाको राजधानी जकार्तामा यही २२ देखि २४ सम्म आयोजना भएको पाटा ट्राभल मार्ट २०१६ आ–आफ्ना मुलुकका पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर थियो।
 
पाटाको यो जमघटले एकअर्काबीचको पर्यटकीय सेवामा गुणस्तरीयता कायम गर्न र नयाँ पन सिक्न व्यवसायी सफल भए । यसबाट अन्य देशको पर्यटन प्रवद्र्धनमा अपनाईएको अवधारणालाई नेपाली पर्यटन व्यवसायीले सिक्ने अवसर पाएको सहभागी व्यवसायी इश्वरी न्यौपानेले बताए। 
 
मार्टको ३९औँ संस्करणमा नेपालसहित ६३ वटा मुलुकबाट एक हजार २८४ प्रतिनिधिको सहभागिता थियो । नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त नेतृत्वमा नेपालबाट नेपाल वायुसेवा निगमसहित १० कम्पनी सहभागी थिए । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम

    भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम भैरहवामा निर्माणधिन क्षेत्रीय विमानस्थलको ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सने नेपाली साझेदारले धोका दिँदा काममा ढिलाई भएको गुनासो गरेको छ। चिनियाँ कम्पनीको तर्फबाट नोपलका लागि चिनियाँ राजदुतले पर्यटन संस्कति तथा नागरिक उड्डय मन्त्री जितेन्द्र देवसँग भेटेरै स्थानीय साझेदारले धोका दिएर चीनको कम्पनीलाई बद्नाम गर्न खोजिएको गुनासो गरेको मन्त्री देवले जानकारी दिएका छन्।

  • साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने

    साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने साउदी अरेबिया, युएई (दुबई)का एयरलाइन्सहरुले कतार जाने कुनैपनि यात्रुलाई नबोक्ने भएका छन्। साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेसँगै त्यहाँका एयरलाइन्सले पनि कतारका सबै उडान रद्द गर्ने भएका हुन्।

  • मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी

    मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब ४२ अर्ब आम्दानी भएको छ। सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ।

  • नेपाली हिमालको युरोपमा प्रबर्द्धन

    नेपाली हिमालको युरोपमा प्रबर्द्धन उत्तरी आयरल्याण्डमा १० अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। त्यहाँ रहेका नेपाली समुदायको अग्रसरतामा स्थायिनहरुको सहभागितामा उक्त दिवस मनाइएको ‘भिजिट नेपाल युरोप २०१७’ संयोजक दिपेश शाक्यले जानकारी दिए।

  • घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु

    घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन्। नेपाल भूपरिवष्ठित देश भएकाले यहाँका सीमित ताल नै पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ। अधिकांश समय जमिनमै रहीरहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ। प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन्, जहाँ पुग्ने रहरले विश्वका धेरै ठाउँबाट पनि पर्यटक आउने गर्दछन्।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी