हिमालय एयरको नयाँ गन्तव्य क्वालालम्पुर, जनवरी २० मा नयाँ जहाज अाउने

  • Get News Alerts

अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको निजि क्षेत्रको एयरलाइन्स कम्पनी हिमालय एयरले नयाँ जहाज ल्याउने भएको छ। 
 
स्रोतले दिएको जानकारी अनुसार अर्डर अनुसारको नयाँ जहाज तयार भइसकेको र यही जनवरी २० मा काठमाडौं ल्याइसक्ने योजना हिमालयको रहेको छ। 
 
एयरबसको जर्मनीमा रहेको फ्याक्ट्रीमा उत्पादन भएको एयरबस ३२०–२१४ सिरिजको जहाज तयारी अवस्थामा रहेको बताइएको छ। 
 
नयाँ जहाज ल्याएसँगै नयाँ उडान पनि थप गर्ने हिमालय एयरलाइन्सले जानकारी दिएको छ। स्रोतले दिएको जानकारी अनुसा उक्त नयाँ जहाज नाइन एन एएलभी कलसाइनमा उड्ने छ। 
 
तीब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमायलय नेपालबाट अन्तर्राष्ट्रिय रुटमा उडान भर्ने सयुक्त लगानीको कम्पनी हो। हाल एउटा जहाजबाट २ वटा गन्तव्यमा उडान भरीरहेको एयरले नयाँ जहाज आएपछि गन्तव्य पनि थप गर्ने जनाएको छ। 
 
१० फेब्रुवरीदेखि क्वाललम्पुर उडान
 
२० जनवरीमा काठमाडौं जहाज ल्याउने योजना बनाएको हिमालयले फेब्रवरी १० देखि मलेसियाको क्वालालम्पुरमा  उडान सुरु गर्ने जनाएको छ। 
 
त्यसपछि म्यानमारमा पनि उडान सुरु गर्ने योजना बनाएको हिमालयले भारतको नयाँ दिल्ली,चीनका केही सहरहरुमा उडान विस्तार गर्ने योजना बनाएको छ। 
 
हिमालयको नयाँ जहाज थपिएपछि नेपाली क्यारिएयरका अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको संख्या ५ पुग्ने छ। हालसम्म नेपाल एयरलाइन्सयका तीन र हिमालयको एकवटा जहाजलेमात्र अन्तर्राष्ट्रिय रुटमा उडान भरीरहेका छन्। 
 
 
फाेटाे: प्लेनस्पाेटरडटनेट

प्रतिकृया दिनुहोस

थप समाचार

  • पोखरामा माछा महोत्सव सुरु

    पोखरामा माछा महोत्सव सुरु ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ आजदेखि बेगनास तालको किनारामा तेस्रो माछा महोत्सव सुरु भएको छ । लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनद्वारा आयोजित तीनदिने सो महोत्सवमा दर्शकले माछाका विभिन्न परिकार स्वाद लिनुका साथै पहिलो पटक मोटरबोटमार्फत बेगनास ताल सयरसहित धार्मिक क्षेत्र वराह मन्दिर दर्शनको व्यवस्था मिलाइएको छ।

  • विराट एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइट सेवा

    विराट एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइट सेवा पूर्वाञ्चलमा पहिलोपल्ट विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ। उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा आयोजित विराट एक्स्पो–२०७३ अन्तर्गत हिमाली क्षेत्रको अवलोकन गराएर पर्यटक क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यका साथ तीन दिनका लागि सो फ्लाइट सेवा आजवाट सुरु गरिएको हो ।

  • दुई दशकपछि काठमाडौं–म्यानमार सिधा हवाई उडान सुरु

    दुई दशकपछि काठमाडौं–म्यानमार सिधा हवाई उडान सुरु भाषा, संस्कृति धर्म धेरै कुरामा समान भएर पनि म्यानमार(बर्मा)सँग नेपालको प्रत्यक्ष हवाई सम्पर्क टुटेको करिब दुई दशकपछि पुनः जोडिएको छ। आजदेखि निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–यांगून(रंगुन) उडान थालनी गरेपछि फेरि दुई मुलुकबीचको हवाई सम्पर्क जोडिएको हो। भर्खरैमात्र नयाँ एयरबस विमान ल्याएको हिमालयले सोही विमानबाट काठमाडौंबाट यांगुनको लागि बिहान १०ः५५ बजे उडेको एयरलाइन्सका जनरल म्यानेजर राजुबहादुर केसीले जानकारी दिए।

  • हिमालय एयरलाइन्सले काठमाडौं-यांगुन सिधा उडान थाल्यो

    हिमालय एयरलाइन्सले काठमाडौं-यांगुन सिधा उडान थाल्यो नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले शुक्रबारदेखि काठमाडौ- यांगुन सिधा उडान सुरू गरेको छ। म्यानमारको याङगोनमा पहिलो पटक सिधा उडान हिमालयले म्यानमारलाई नेपालसँग सिधा जोड्ने प्रयास गरेको छ। करिब तीन लाख बढी नेपाली मुलका नागरिक बसोवास गर्दै आएका म्यानमारमा हिमालय एयरलाइन्सले सातामा दुई दिन सोमबार र शुक्रबार सिधा उडान सुरू गर्न लागेको हो।

  • ‘भारतीयलाई नक्कली नियुक्ती दिएर एयरपोर्ट छिराउन खोज्ने निगम संचालक’

    ‘भारतीयलाई नक्कली नियुक्ती दिएर एयरपोर्ट छिराउन खोज्ने निगम संचालक’ २०६८ सालमा नेपाल वायुसेवा निगमको इन्जिनियरिङ विभागको उपनिर्देशक हुँदा ८ जना भारतीयलाई नक्कली नियुक्त दिएर विमानस्थलमा छिराउन खोज्ने अच्युतराज पहाडीलाई सरकारले निगमकै संचालकमा नियुक्त गरेको छ। लामोसमयसम्म निगममा रहेर दसौँ तहबाट केही समय अगाडिमात्र अवकाश लिएका र पटक पटक विवादित हुँदै आएका अच्युतराज पहाडीलाई फेरि वायुसेवा निगमको संचालक समितिको सदस्यमा नियुक्त गरिएको हो।

किनमेल अनुभव

  • mahindra
  • ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो

    सामान्यतः म ब्राण्डेड कपडा लगाउन मन पराउँछु। बरु अलि ढिलो किन्छु तर दरबारमार्ग गएर शोरुमबाटै किन्छु। तर बाहिर फेन्सीदेखि फूटपातसम्म ब्राण्डेड कपडाको ट्यागमा कपडाहरु बेचिन्छन्। हेर्दा उस्तै लाग्छ तर मूल्य शोरुमको भन्दा निकै कम हुन्छ।

    सबिन राई, शान्तिनगर, काठमाडौं

  • w
  • ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’ ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’

    सामान खरिद गर्दा म खासै बार्गेनिङ गर्न जान्दिनँ। त्यसकारण सधै चिनजानको पसलमा मात्र जान्छु। एकपटक मैले चिनजानको पसलबाट लोटस कम्पनीको सन ब्लक क्रिम ३ सय ९५ रुपैयाँमा किनेकी थिएँ। त्यसको भोलिपल्ट एकजना साथी मेरो घरमा आइन् र त्यो सनब्लक देखाउँदै भनिन् ‘तिमीले र मैले त एउटै कम्पनीको सनब्लक प्रयोग गर्दा रहेछौँ’ अनि मैले सोधेँ ‘कतिमा किन्यौ नि तिमीले?’ उनले जवाफ दिइन् ‘२ सय ८० रुपैयाँमा किनेको १ हप्ता अगाडि।’

    रक्षा कार्की, काँडाघारी

  • tata
  • सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु

    मेरो घर नुवाकोट हो। मैले आरआर क्याम्पसबाट स्नात्तोकोत्तर तह पास गरेको छु । कतिपय मेरा साथी लाखौ खर्च गरेर अष्ट्रिलिया अमेरिकातिर लागे मैले नेपालमै केही गरौ भनेर सानो लागानीमा नेपाली हस्तकलाको व्यवसाय संचालन गरे, ठमेल चाक्सिबारी मार्गमा मेरो हेल्पिङ एण्ड ह्याण्डिक्याफ्ट पसल छ।

    विश्वास खतिवडा

  • घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ? घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ?

    काँधमा कपडा बोकेर घुमन्ते व्यापारीहरुले सामान लिएर गाउँ–गाउँमा आइरहेको म देख्छु। सुरुमा तिनीहरुको निकै महँगो मूल्य भन्छन्। सुरुमा किन्न दवाव पनि दिन्छन्। पछि जिस्केर ‘भर्खरै दुई हजार निकाल्नु सबै सामान दिन्छु’ भन्छन्।

    अनिल भण्डारी, चितवन

  • नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन् नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन्

    म अहिले नेपालमा उत्पादित लिची जुस र पोल्याण्डको उत्पादित एक्स एल जुसको ललितपुर मार्केटिङ म्यानेजर हुँ। पहिला पनि नेपालमै उत्पादित बियरको मार्केटिङ हेर्ने गरेको थिएँ। पहिला नेपाली उत्पादनको धेरैले वास्ता गर्दैनथे।

    केदारआले मगर, काठमाडौं

  • साउदीमा भन्दा नेपालमा महँगो साउदीमा भन्दा नेपालमा महँगो

    म वैदेशिक रोजगारीको शिलशिलामा करिव ३ बर्ष साउदी अरब बसेँ। त्यहाँ धेरैजसो दैनिक उपभोग्य सामाग्री निकै सस्तो थियो। ७ रियालमा १ किलो कुखुराको मासु, १ रियालमा कोकाकोला र ५० पैसामा १ लिटर पेट्रोल आउँथ्यो।

    सुरज भण्डारी, चितवन

  • हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव

    पहिले पहिले हामी आमा बुबासँग हाटबजार जान्थ्यौँ र हप्ताभरीको सामान किन्थ्यौँ। त्यसपछि विस्तारै पसलहरु बढ्दै गए, घरछेउमै पसलहरु खुल्न थाले। कतिपयले त घरअगाडि नै तरकारी फलफूल ठेलामा ल्याउन थाले।

    आयुष न्यौपाने, चितवन

  • भान्साको सामान पसलपिच्छे फरक भान्साको सामान पसलपिच्छे फरक

    म त्रिचन्द्र क्याम्पसको बिएसी तेस्रो वर्षको बिद्यार्थी हुँ । म अंकलसँग बस्ने भएकाले भान्सामा चाहिने सामान किन्न प्रायः म आफै जाने गरेको छु। तेलदेखि चामलसम्मका खाद्यान्न र अन्य फूटकर सामान किन्नुर्दा पसलैपिच्छे फरक फरक मूल्य पाउँछु।

    प्रदीपसिंह लोथ्याल

लोकप्रिय

सूचनापाटी