तारेभिरमा पर्यटन महोत्सव माघ १ देखि

  • Get News Alerts

उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको पर्यटकीयस्थल तारेभिरलाई देश विदेशमा चिनाउने उद्देश्यले तेस्रो तारेभिर महोत्सव गरिने भएको छ । 
 
तोरेभिरमा ‘चट्टानी बगैँचा’  निर्माण गर्ने र घरवास (होम स्टे)को व्यवस्था गरी यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने योजनासहित माघ १ गते महोत्सव गरिन लागिएको हो । विसं २०७१ माघ १ गते पहिलोपटक महोत्सवको आयोजना गरिएको थियो । 
 
योजनाअनुसार तारेभिरमा पर्यटन प्रवद्र्धनको गृहकार्य भइरहेका बेला २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँका २६० घर पूर्ण क्षति भएकाले घरवास ९होम स्टे० बनाउन नसकिएको महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण गोले तामाङले बताए।
 
दुई हजार मिटर उचाइमा रहेको तारेभिरबाट उपत्यकाका सबै भागको अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ हिमालको मनमोहक दृश्यले पर्यटकलाई आकर्षण गर्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो तामाङ बस्तीमा पूर्वाधारसहित ‘चट्टानी बगैँचा’ को निर्माण गर्न सके आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिएको गोकर्णेश्वर नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योति बताउँछन्।
 
साविक बालुवा गाविसको ३ र ४ नं वडामा पर्ने यो पर्यटकीयस्थल हाल गोकर्णेश्वर नगरपालिकाको ७ नं वडामा पर्छ । सिंहदरबारबाट करिब २५ किमीको दूरीमा पर्ने तारेभिरमा पर्यटकलाई आकर्षण गर्ने भौतिक संरचना बन्न सके यहाँको जीवनस्तर सुध्रने स्थानीयवासीको भनाइ छ । रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बालगोपालेश्वर मन्दिर २ वर्षपछिमात्र तयार हुने

    बालगोपालेश्वर मन्दिर २ वर्षपछिमात्र तयार हुने पुरातत्व विभागले रानीपोखरी बीचको बालगोपालेश्वर (जमलेश्वर) मन्दिर पुनःनिर्माण गर्ने भएको छ । प्राचीन महत्व बोकेको उक्त सम्पदालाई पुरानो स्वरुप कायम हुने गरी भूकम्प प्रतिरोधी बनाइनेछ । यसअघि काठमाडौँ महानगरपालिकाले रोडा, कङ्क्रिट र सिमेन्टको प्रयोग गरेका कारण विभागले त्यो प्रक्रियालाई स्थगन गरी आफँै बनाउन लागेको हो । विभागले सो मन्दिर पुनःनिर्माणका लागि ठेक्का प्रक्रिया केही दिनमा सुरु गरी दुई महिनाभित्र काम सुरु गर्ने जनाएको छ ।

  • बडाचौर विमानस्थल सञ्चालनको प्रतीक्षामा रोल्पाली

    बडाचौर विमानस्थल सञ्चालनको प्रतीक्षामा  रोल्पाली ‘पञ्चायतकालमा चलेको विमानस्थल बहुदल आएपछि बन्द भयो, नयाँ व्यवस्था आएपछि जनताले थप सुविधा पाउलान् भनेको त भएको संरचनासमेत बन्द गरेर राज्यले हामीलाई सौतेलो व्यवहार ग¥यो, अब भने फेरि विमानस्थल सञ्चालन हुन्छ कि भन्ने आशा जागेको छ’ पूर्वी रोल्पाको बडाचौरमा भेटिएका अमरबहादुर बुढाको आशा मिश्रित गुनासो हो यो ।

  • ‘जहाज दुर्घटनामा मानवीय दोष दिएर उम्कन पाइदैन’

    ‘जहाज दुर्घटनामा मानवीय दोष दिएर उम्कन पाइदैन’ संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले दुर्घटना जाँच आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।दुर्घटना जाँच आयोग प्रतिवेदन मन्त्रालयमा बुझ्दै मन्त्री शाहीले सो कुरा बताएका हुन् ।

  • फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा पाइलटको कमजोरी, यस्ता छन् सम्भावित छ कारण

    फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा पाइलटको कमजोरी, यस्ता छन् सम्भावित छ कारण गएको साउन २४ गते गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको मुख्य कारण पाइलटको कमजोरीलाई औल्याइएको छ। उक्त दुर्घटनाको बारेमा छानविन गर्न गठित आयोगले दिएको प्रारम्भिक प्रतिवेदन अनुसार पाइलटको कमजोरीका कारण उक्त दुर्घटना भएको बताइएको छ।

  • संरक्षण नहुँदा विमानस्थलहरू गौचरनमा परिणत

    संरक्षण नहुँदा विमानस्थलहरू गौचरनमा परिणत राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन्।

किनमेल अनुभव

  • अष्ट्रेलियामा मासुभन्दा साग महँगो अष्ट्रेलियामा मासुभन्दा साग महँगो

    नेपालमा मेरो घर ललितपुर हात्तीवन हो। अष्ट्रेलियामा पढ्न आएको एक वर्ष भयो। सिड्नीमा बस्दै आएको छु। नेपाली विद्यार्थी पढ्न भनेर आए पनि सबै अष्ट्रेलिया आएपछि काम गर्नैपर्ने हुन्छ।

    पवन राउत, हाल सिड्नी

  • w
  • थाइल्याण्डमा टिसर्ट धेरै सस्तो थाइल्याण्डमा टिसर्ट धेरै सस्तो

    थाइल्याण्डमा टिसर्ट निकै सस्तो पाइने रहेछ। बुटवल र काठमाडौंमा ८ सयदेखि १५ सयसम्म भनिने टिसर्ट थाइल्याण्डमा नेपाली ३ सय रुपैयाँमा नै पाइने रहेछ। हुन त काठमाडौंमा अधिकांश टिसर्ट थाइल्याण्डबाट नै आउने हो। तर ३ सयको टिसर्टलाई व्यापारीले १५ सयमा बेच्न भने नपाउने हो।

    बालकृष्ण न्यौपाने, बुटवल

  • tata
  • भाटभटेनीमा ९ सयमा छोरालाई किनिदिएको जुत्ता १० दिन लगाउँदा फाट्यो भाटभटेनीमा ९ सयमा छोरालाई किनिदिएको जुत्ता १० दिन लगाउँदा फाट्यो

    मैले गत पुस ३ गत ६ वर्षे छोराको लागि बालाजुमा रहेको भाटभटेनी सुपरमार्केटबाट ९ सय रुपैंयाँमा एक जोर जुत्ता किनेको थिएँ। मेरो छोरोको विद्यालयमा पढ्ने र विद्यालयका लागि अर्कै जुत्ता लगाउनु पर्ने हुँदा उसले १० दिन जति मात्र त्यो जुत्ता लगायो होला।

    जगदिश तिवारी,बालाजु

  • आफ्नै गाडीमा सामान ढुवानी गरेरै दैनिक तीन हजार रुपैयाँ कमाउँछु आफ्नै गाडीमा सामान ढुवानी गरेरै दैनिक तीन हजार रुपैयाँ कमाउँछु

    मेरो घर धनुषा जिल्ला हो। हाल काठमाडौं महाराजगंज बस्दै आएको छु। जनकपुरबाट म विदेश जाने भनेर काठमाडौं आएको हुँ । विदेश पठाउने म्यानपावर र दलालले दिने दुख सम्झेर नेपालमै केही गर्नु पर्यो भनेर बलेरो गाडी किनेँ।

    गौरव श्रेष्ठ (डण्डे), काठमाडौं

  • क्यानडामा कपाल काटेकै १२ सय रुपैयाँ! क्यानडामा कपाल काटेकै १२ सय रुपैयाँ!

    म क्यानडा आएको एक वर्ष भयो । क्यानडाको बा्रम्टन भन्ने ठाँउमा मेरो बसाई छ । नेपामा मेरो घर ललितपुर जिल्लाको इमाडोलमा हो । पुख्र्याैली घर भने झापा जिल्ला पर्छ । नेपाल र क्यानडाको तुलना गर्न त मिल्दैन। यहाँ हरेक कुराको सिस्टम छ र नागरिक पनि त्यहिअनुसार चलेका छन् । नेपालको तुलनाका कमाई राम्रो भएपनि खर्च पनि त्यतिनै हुने रहेछ ।

    बालकुमार कार्की , क्यानडा

  • बार्गेनिङ गर्न सपिङ कम्प्लेक्समा दिदीसँगै जान्छु बार्गेनिङ गर्न सपिङ कम्प्लेक्समा दिदीसँगै जान्छु

    म नर्सिङको बिद्यार्थी हुँ। सपिङ गर्न प्राय सपिङ कम्पेक्सहरुतिर नै जाने गरेकी छु। मलाई बार्गेनिङ गर्न आउँदैन त्यसैले जाँदा सधै दिदीहरु लिएर जाने गरेकी छु।

    इन्जु धामी

  • एक वर्षमै एउटा ज्याकेटको मुल्य १ हजार बढ्यो एक वर्षमै एउटा ज्याकेटको मुल्य १ हजार बढ्यो

    बर्षैपिच्छे सामानहरुको भाउ अपत्यारीलो तरीकाले बढीरहेको छ । पोहोर साल मैले एउटा ‘लेदर लुक्स ज्याकेट’ २५ सय रुपैयाँमा किनेको थिए । यसपाली त्यस्तै क्वालिटीको ज्याकेटलाई पसलेहरुले ३५ सय भन्छन् । एकै बर्षमा एक हजार मुल्य बृद्धी, यो त अत्ति भयो नि । हामि जस्तो बिद्यार्थीहरुलाइ मुल्य बृद्धीले प्रत्यक्ष असर पारेको छ । यस बिषयमा पनि सरकारले ध्यान दिए हुन्थ्यो ।

    अमृत बस्नेत

  • खेलकुदका सामग्रीमा त नठगे हुने नि खेलकुदका सामग्रीमा त नठगे हुने नि

    म ललितपुर जिल्लाको राष्ट्रिय तेक्वादो कार्यसमितिको सचिव छु। म प्रायः जिल्लामा खेलकुद प्रतियोगिता संचालन गर्छु । खेलकुद सामाग्री किन्न बिभिन्न स्पोर्ट हाउमा गएको छु। सबै पसलमा सामान कमसल राखेर मुल्य बढी लिने गरेको जस्तो लागेको छ । एक त स्पोर्ट हाउस कम भएको सामाग्रि किन्नै प¥यो । राम्रो सामाग्री भएन भने खेलाडि देखि सबैको अफिसियल साथीहरुको चित्त बुझ्दैन खेलकुद जस्तो पेसाको सामानमा त कमसेकम नठगेको भए हुन्थ्यो जस्तो लाग्छ ।

    बिमलकुमार अछामी

लोकप्रिय

सूचनापाटी