आइसफल पदमार्गमा पूर्वाधार थप गरिँदै

  • Get News Alerts

म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ। 
 
चार वर्षअघि टे«किङ एजेन्सीज् एसोसिएसन अफ नेपाल पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र स्थानीय पर्यटन व्यवसायीले पहिचान गरेको यो पदमार्गमा तीन वर्षदेखि भौतिक पूर्वाधार निर्माण काम भइरहेको छ। धौलागिरि आइसफल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष धुव्र पाइजाले तीन वर्षमा तीस लाख बराबरको काम गरिएको जानकारी दिए। 
 
“१५ किलोमिटरभन्दा बढी पदमार्गको ट्रयाक खोलेका छौँ। सोवाङधुरीसम्म जान सकिने भएको छ। कालीबराह पुर्याउन सकियो भने पदमार्गको सबै काम सकिन्छ”, उनले भने। उनका अनुसार, यो काम यसै वर्ष सकिनेछ। पदमार्गको अन्तिम बिन्दु त्यही कालीबराह नै हो। त्यहाँबाट धौलागिरि, मानापाथीलगायतका हिमालबाट निरन्तर हिउँ झरेको देख्न सकिन्छ। कालीबराहबाट कुइनेमङ्गलेको छरीखानी झर्ने र मुस्ताङको लेते निस्कन पनि सकिन्छ। “समुद्री सतहदेखि ५५२५ मिटर उचाइ अवस्थित धौलागिरि आइसफल दहबुकी डाँडासँग जोडिएको छ। कालीबराह पुगेपछि माथि जान सक्ने अवस्था छैन”, उनले भने। 
 
बेनीनगरपालिका–९ गलेश्वरबाट सुरु हुने पदमार्गले जिल्लाका पिप्ले, भगवती, वेग, दोबा, दग्नाम, चिमखोला र कुइनेमङ्गले र मुस्ताङको लेते र कोबाङलाई समेटेको छ। विदेशी पर्यटकका लागि कालीबराहबाट मुस्ताङ निस्कने गरी सात दिनको प्याकेज तथा आन्तरिक पर्यटकका लागि तीन दिनको प्याकेज बनाउन लागिएको उपभोक्ता समितिका सल्लाहकार देवेन्द्र केसीले जानकारी र्दिए। “ट्रयाक नभएको ठाउँ खोल्ने, विभिन्न स्थानमा पर्यटकका लागि पदचिह्न बनाउने काम भइरहेको छ।” 
 
घनाजङ्गलमा भेटिने घोरल, चितुवा, मृग, डाँफे मुनाल, थरीथरी रङका लालीगुराँस, भेडागोठ, अग्लाअग्ला नाङ्गा पर्वत, दहब्की ताल, धौलागिरि र अन्नपूर्ण हिमालको रेञ्ज र बहुमूल्य जडीबुटी यार्सागुम्बा पदमार्गको मुख्य आकर्षण हुन्। पदमार्गले समेटिएको राखु र भगवती क्षेत्रका स्थानीयले पदमार्गलाई लक्षित गर्दै होमस्टे  सञ्चालनको तयारी गरिरहेका छन्। रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम

    भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम भैरहवामा निर्माणधिन क्षेत्रीय विमानस्थलको ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सने नेपाली साझेदारले धोका दिँदा काममा ढिलाई भएको गुनासो गरेको छ। चिनियाँ कम्पनीको तर्फबाट नोपलका लागि चिनियाँ राजदुतले पर्यटन संस्कति तथा नागरिक उड्डय मन्त्री जितेन्द्र देवसँग भेटेरै स्थानीय साझेदारले धोका दिएर चीनको कम्पनीलाई बद्नाम गर्न खोजिएको गुनासो गरेको मन्त्री देवले जानकारी दिएका छन्।

  • साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने

    साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने साउदी अरेबिया, युएई (दुबई)का एयरलाइन्सहरुले कतार जाने कुनैपनि यात्रुलाई नबोक्ने भएका छन्। साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेसँगै त्यहाँका एयरलाइन्सले पनि कतारका सबै उडान रद्द गर्ने भएका हुन्।

  • मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी

    मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब ४२ अर्ब आम्दानी भएको छ। सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ।

  • नेपाली हिमालको युरोपमा प्रबर्द्धन

    नेपाली हिमालको युरोपमा प्रबर्द्धन उत्तरी आयरल्याण्डमा १० अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। त्यहाँ रहेका नेपाली समुदायको अग्रसरतामा स्थायिनहरुको सहभागितामा उक्त दिवस मनाइएको ‘भिजिट नेपाल युरोप २०१७’ संयोजक दिपेश शाक्यले जानकारी दिए।

  • घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु

    घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन्। नेपाल भूपरिवष्ठित देश भएकाले यहाँका सीमित ताल नै पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ। अधिकांश समय जमिनमै रहीरहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ। प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन्, जहाँ पुग्ने रहरले विश्वका धेरै ठाउँबाट पनि पर्यटक आउने गर्दछन्।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी