अन्नपूर्ण पदमार्गमा हिउँ परेपछि सिउरुङतर्फ मोडिए पर्यटक

  • Get News Alerts

उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । 
 
हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर्यटन विकास समितीका सचिव उमरबहादुर गुरुङले बताए। 
 
 
‘सिउरुङमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढ्दो छ’ उनले भने,‘यहाँ दैनिक १०–१२ जना विदेशी पर्यटक आउने गरेका छन् । गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकलाई राम्रो सेवा र सुविधा दिन यहाँका १५ घरमा व्यवस्थित घरबास पूर्वाधार निर्माण गरिएको छ।’ 
 
सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । समुद्री सतहदेखि एक हजार ८५४ मिटर उचाइमा अवस्थित सिउरुङमा एक सय १५ घर रहेका छन् । प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिमा प्रख्यात सिउरुङ गाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । 
 
सिउरुङमा स्थानीय आमा समूहको सक्रियतामा सामूहिक पाहुना घर निर्माण गरिएको छ । आमा समूहले नै नाचगान गरी जम्मा गरेको पैसाले पाहुनाघर बनाएका छन् । स्थानीय महिला गाउँ घुम्न आउने पाहुना स्वागत सत्कारका लािग यही समूह घरमा जम्मा हुने गर्छ । गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुना घरमा राखेर सत्कार गर्नु, सोरेठी, घाँटू, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङबासीको चलन नै भएको गुरुङ बताउछन्। 
 
स्थानीयवासीले गाउँमै उत्पादन गरेका मकै, धान, कोदोलगायत हरियो सागसब्जी, गेडागुडी, गाउँमै पालिएका भेडा, खसी तथा कुखुराको मासु खुवाउने गर्छन् । स्थानीयको स्वागत सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको छ । गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न पनि यस्ता कार्यक्रम उपायेगी भएको छ । बुढापाकाले धान्दै आएका यस्ता कार्यक्रम पछिल्लो समय युवायुवतीले पनि सिको गर्दै आएका छन् । 
 
सिउरुङबाट मनास्लु, माछापुच्छे«, बौद्ध, लमजुङ, अन्नपूर्णलगायतका हिमाल आँखै अगाडि देखिन्छन् । यहाँबाट सूर्योदयको दृश्य समेत हेर्न सकिन्छ । सदरमुकाम बँेसीसहरदेखि सिउरुङ गाउँसम्म मोटर पुगेको छ । हिँडेर आउन नसक्नेका लागि सडक बनेपछि सहज भएको छ । बँेसीसहरदेखि खुदी अर्खलेसम्म करिब दुई घन्टा गाडीमा यात्रा गरी करिब चार घन्टाको पैदलमार्गबाट पनि सिउरुङ पुग्न सकिन्छ । 
 
सिउरुङसँगै ताघ्रिङको कालाघिरिङ छापा र मिप्रा गाउँ पनि होमस्टेका रुपमा विकास भएका गाउँ हुन् । सिउरुङबाट थुर्जु–दूधपोखरी हँुदै कास्की जिल्लाको पर्यटकीय गाँउ सिक्लेस–ताङतिङ जाने बाटो समेत छ । सिउरुङ गाउँबाट कालाघिरिङ हँुदै अन्नपुर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा बाटो रहेको छ । पदमार्ग सञ्चालन हुनसके पर्यटकको बसाइँ लम्बाउन सकिने स्थानीयवासी बताउँछन् । रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • पर्यटकीय स्थलका रुपमा विकास हुँदै व्यास क्षेत्र

    पर्यटकीय स्थलका रुपमा विकास हुँदै व्यास क्षेत्र सुन्दर नगरी पोखरा नजिकै अवस्थित तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास क्षेत्र विशिष्ट धार्मिक एवम् पर्यटकीय स्थल बन्ने भएको छ। पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७ करोड रुपैयाँको लागतमा १०८ फिटको मूर्ति सहित विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारिएको छ।

  • आहा! कति राम्रो रामारोशन

    आहा! कति राम्रो रामारोशन २ वटा ताल र १८ वटा पाटन एउटै ठाउँमा रहेको अछामको ‘रामारोशन’ क्षेत्रलाई ‘बाह्र वण्ड, अठार खण्ड’, पनि भनिन्छ । समुद्री सतहबाट २,०५० देखि ३,७९२ मीटर उचाईमा रहेको यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपुर्ण छ। मनै लोभ्याउने रामारोशन घुमघामको लागि उचितमात्र होइन जानैपर्ने गन्तव्य हो। रहरलाग्दा जमिनका फाँटहरू, मनमोहक तालहरू वनमा फूलेका अनेकथरी फूल, पाटनहरूमा नेपालको राष्ट्रिय चरा डाँफे, मुनाल, कालिज, ढुकुर, हलेसो लगायतका चराचुरङ्गीहरू उक्त क्षेत्रका थप सुन्दरता हुन्।

  • लोनली प्लानेटको बसन्त ऋतुमा घुम्नैपर्ने उत्कृष्ट गन्तव्य नेपाल

    लोनली प्लानेटको बसन्त ऋतुमा घुम्नैपर्ने उत्कृष्ट गन्तव्य नेपाल ट्राभल वेबसाइट लोनली प्लानेटले बसन्त ऋतुमा नेपाल घुम्न उपयुक्त गन्तव्य भएको उल्लेख गरेको छ। विशेषगरी सगरमाथाको आरोहणको लागि यो समय उपयुक्त भएको उसले बताएको छ। अप्रिलमा भ्रमणको लागि उपयुक्त गन्तव्यको सूची सार्वजनिक गरेको लोनलीले चारवटा गन्तव्यको बारेमा उल्लेख गरेको छ जसमा नेपालको सगरमाथा आधारशिबिर पनि रहेको छ।

  • फेवा नववर्ष महोत्सव हुने

    फेवा नववर्ष महोत्सव हुने चौधौँ फेवा नववर्ष महोत्सव यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म पोखराको वैदामस्थित कोमागाने पार्कमा हुने भएको छ। ‘फेवातालको संरक्षण गरौंँ’ नाराका साथ पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा हुन लागेको सो महोत्सवको मुख्य आकर्षण ‘पर्यटन, संस्कृति र खाना रहने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष एवम् संयोजक विकल तुलाचनले जानकारी दिए।

  • एसइई दिएका परीक्षार्थीले ३ सय रुपैयाँमै चन्द्रागिरि केबलकार चढ्न पाउने

    एसइई दिएका परीक्षार्थीले ३ सय रुपैयाँमै चन्द्रागिरि केबलकार चढ्न पाउने शैक्षिक सत्र २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीलाई चन्द्रागिरि केबलकारमा विशेष छुट दिइने भएको छ। ति परीक्षार्थीले तीन सय रुपैयाँमै केबलकार चढ्न पाउने चन्द्रागिरि हिल्सले जनाएको छ।

किनमेल अनुभव

  • mahindra
  • धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई धागो पसल चलाएरै महिनाको एक लाख भन्दा बढी कमाई

    मेरो घर नुवाकोट हो। मैले सोह्रखुट्टेमा निरन्जन धागो पसल सञ्चालन गरेको १० वर्ष भयो। सुरुमा धागो पसल चलाएर कसरी कमाई होला भन्ने लागेको थियो। पछि राम्रै हुन थाल्यो र निरन्तरता दिएँ। अहिले धोगो पसलबाट नै धेरै राम्रो कमाई छ।

    रामप्रसाद थपलिया, काठमाडौं

  • w
  • सामान फरक भएपनि मूल्य एउटै! सामान फरक भएपनि मूल्य एउटै!

    मेरो घर धनगढी हो। अध्ययनको लागि भतmपुर बस्दै आएको छु। किनमेल गर्न भने काठमाडौंको पिपुल्स प्लाजातिर जाने गरेको छु। मलाई धनगढीमा पाइने समान र काठमाडौंमा पाइने सामानमा धेरै नै फरक जस्तो लाग्छ। तर समानको मूल्य भने एउटै हुन्छ।

    प्रेममसिंह कार्की

  • tata
  • पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ? पेट्रोल भर्न कहिलेसम्म सास्ती खेप्ने ?

    म एउटा निजी कम्पनीमाको मार्केटिङ अफिसर हुँ। मार्केटिङको लागि बजारमा नगइ हुन्न। त्यसैले सजिलोको लागि बाइकमै हिँड्नु पर्ने बाध्याता छ। देशको हालत यस्तो छ, तराईमा सामान्य बन्दको हल्ला चल्नासाथ काठमाडौंका पेट्रोल पम्महरुमा लाइन लाग्न शुरु हुन्छ।

    निश्चल स्थापित, अनामनगर काठमाडौं

  • कपडाको मूल्य दिनैपिच्छे फरक कपडाको मूल्य दिनैपिच्छे फरक

    म दुई दिन अगाडि एउटा पसलमा गएर होलीमा लगाउने टिसर्टको मूल्य सोधेँ। पसलेले ३ सय रुपैयाँ भन्यो। म फेरी हिजो त्यही पसलमा गएँ, त्यो पसलेले त्यही टिसर्ट २ सयमा बेचिरहेको थियो।

    सन्देश भण्डारी, चितवन

  • बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग बजारमा बेचिन्छन् गुणस्तरहीन रङ्ग

    फागु पुर्णिमा अर्थात होलीको दिन बजारमा छ्याप छ्याप्ती रङ्गहरु पाइन्छन्। मैले पनि होली मनाउन भनेर बजारबाट रङहरु किनेर लगेँ। रङ लगाएपछि मेरो छाला चिलाउन थाल्यो र बिबिरा समेत आयो। सबै चिजको गुणस्तर चेक हुन्छ तर यो रङ्गको चाँही हुँदैन?

    अनिश शर्मा, चितवन

  • मंगलबार  कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ मंगलबार कपाल काट्ने ठाउँ नभेट्दा हैरान भएँ

    म काठमाडौँ बस्न थालेको २ महिना भयो। ब्याचलर पढ्नका लागि राजधानी आएको म घट्टेकुलोमा बस्दै आएको छु। गत मंगलबार म कपाल काट्न भनेर निस्किएँ। अरु बेला नजिकै देखिएका सैलुन मैले त्यस दिन कहीँ भेटिनँ।

    सुरेश आले मगर, काठमाडौं

  • कपाल उमार्न गरेका प्रयास सफल भएनन् कपाल उमार्न गरेका प्रयास सफल भएनन्

    मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ। पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

    सिंहबहादुर तामाङ, जोरपाटी, काठमाडौं

  • ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए ६ हजार भनेको घडीलाई व्यापारीले अन्तिममा ३७ सयमै दिए

    म एकदिन दाइसँग घडी किन्न न्युरोड गए। एउटा घडी मन पर्यो र मूल्य सोधेको ६ हजार भन्यो। दाइले अन्तिम मूल्य सोध्नुभयो र पसलेले ४५ सय भन्यो र दाइले ३७ सयमा दिने भए लान्छु नत्र लान्न भन्नुभयो। पसलबाट निस्कन मात्रै के लाग्नुभएको थियो, पसलेले हामीलाई रोक्दै ३७ सयमै दिन तयार भएर ‘पर्खनोस् त लिएर जानोस्’ भन्यो।

    बिमल पौडेल, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी