ट्राभल एजेन्सीलाई नेपाल एयरलाइन्सको सम्मान

  • Get News Alerts

नेपाल एयरलाइन्सले ट्राभल एजेन्सी  तथा कार्गो कम्पनीहरुलाई सम्मान गरेको छ। आइतबार अयोजित कार्यक्रममा राष्ट्रिय ध्वजाबाहकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा बढी यात्रु टिकट बिक्री गर्ने एजेन्सीहरुलाई सम्मान गरेको हो। 
 
विशेष कार्यक्रमको आयोजना गरी आन्तरिक तर्फ सबैभन्दा बढी निगमको लागि यात्रु टिकट बिक्री गर्ने एजेन्सी र अन्तर्राष्ट्रियतर्फ हङकङ,मलेसिया तथा बैंककका एजेन्सीहरुलाई सम्मान गरिएको थियो। 
 
त्यस्तै समग्र अन्तर्राष्ट्रिय तर्फ सबैभन्दा बढी टिकट बिक्री गर्ने दशवटा एजेन्सीलाई पनि सम्मान गरिएको थियो। 
 
विभिन्न छवटा विधामा उत्कृष्ट एजेन्सीहरुलाई सम्मान गरिएको थियो। उक्त अवसरमा अन्तर्राष्ट्रिय तर्फको लागि सबैभन्दा बढी यात्रु टिकट बिक्री गरेबापत दशवटा एजेन्सीलाई सम्मान गरिएको थियो। 
 
जसमा सबैभन्दा बढी टिकट बिक्री गरेकोभन्दै मेगाबाइट, हार्भेष्टमुन, ओशो वल्र्ड, शिलिङ, युनियन, फास्ट, देउराली, बोन्ड, रेन्बो र गण्डकी ट्राभल्स एन्ड टुर्सलाई क्रमश उत्कृष्ट दशवटा एजेन्सीलाई एयरलाइन्सले सम्मान गरेको छ। 
 
त्यस्तै निगमले उत्कृष्ट तीनवटा कार्गो कम्पनीलाई पनि सम्मान गरेको छ। 
 
एजेन्सी र एरलाइन्सबीचको व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउनको लागि यसरी सम्मान गरिएको महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। 
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री दिलानाथ गिरी,मन्त्रालयका उच्च अधिकारी, पर्यटन व्यावसायीहरुको सहभागिता रहेको उक्त समारोहमा विदेशी एजेन्सीका प्रतिनिधीहरु पनि सहभागी थिए। 
 
उक्त अवसरमा महाप्रबन्धक कंसाकारले एयरलाइन्स सुदृढ हुँदै गएको र अबको एकवर्षभित्र दुईवटा वाइडबडी आएपछि व्यापारमा फड्को मार्ने विश्वास लिए। 
 
नेपालको लागि बैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै पर्यटन भएको र नेपालमा पर्यटक ल्याउनको लागि राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्ने उनको भनाइ थियो। 
 
राष्ट्रिय ध्वजाबाहक प्रत्यक्ष फाइदाको लागि भन्दा पनि त्यसबाट हुने अप्रत्यक्ष आम्दानीका लागि संसारभरका सरकारहरुले लागनी गरिरहेको सन्दर्भमा नेपाल सरकारले पनि नेपाल एयरलाइन्समा लागनी गर्नुपर्ने धारणा राखे। 
 
एयरलाइन्सले वाइडवडी ल्याउन लागेको सन्दर्भमा त्यसालई रोक्नको लागि बजारमा विभन्न हल्ला चलाइएको भन्दै त्यसबाट आफूहरु बिचलित नहुने उनले बताए। 
 
निगमको विश्वासनियता बढीरहेको र त्यसलाई तथ्यांकले पनि पुष्टि गरेको उनले जानकारी दिए। व्यवस्थापनको कुरा उठाएर निगमलाई विमान खरिदमा बाधा हाल्ने प्रयास भएको उनले बताए। व्यवस्थापन कहिलै पुरा नह्ुने विषय भएपनि निगमको भलो नचाहने तत्वले त्यसमा भाँजो हाल्न खोजेको उनको आरोप थियो। 
 
कार्यक्रममा नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन(नाट्टा)का अध्यक्ष मधुसुदन आचार्य,पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे लगाएतले नेपालमा विदेशी पर्यटक ल्याउने हो भने नेपाल एयरलाइन्समा विमान थप र व्यवास्थापन चुस्त बनाउनुपर्ने धारणा राखेका थिए। 
 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम

    भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम भैरहवामा निर्माणधिन क्षेत्रीय विमानस्थलको ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सने नेपाली साझेदारले धोका दिँदा काममा ढिलाई भएको गुनासो गरेको छ। चिनियाँ कम्पनीको तर्फबाट नोपलका लागि चिनियाँ राजदुतले पर्यटन संस्कति तथा नागरिक उड्डय मन्त्री जितेन्द्र देवसँग भेटेरै स्थानीय साझेदारले धोका दिएर चीनको कम्पनीलाई बद्नाम गर्न खोजिएको गुनासो गरेको मन्त्री देवले जानकारी दिएका छन्।

  • साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने

    साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने साउदी अरेबिया, युएई (दुबई)का एयरलाइन्सहरुले कतार जाने कुनैपनि यात्रुलाई नबोक्ने भएका छन्। साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेसँगै त्यहाँका एयरलाइन्सले पनि कतारका सबै उडान रद्द गर्ने भएका हुन्।

  • मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी

    मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब ४२ अर्ब आम्दानी भएको छ। सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ।

  • नेपाली हिमालको युरोपमा प्रबर्द्धन

    नेपाली हिमालको युरोपमा प्रबर्द्धन उत्तरी आयरल्याण्डमा १० अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। त्यहाँ रहेका नेपाली समुदायको अग्रसरतामा स्थायिनहरुको सहभागितामा उक्त दिवस मनाइएको ‘भिजिट नेपाल युरोप २०१७’ संयोजक दिपेश शाक्यले जानकारी दिए।

  • घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु

    घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन्। नेपाल भूपरिवष्ठित देश भएकाले यहाँका सीमित ताल नै पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ। अधिकांश समय जमिनमै रहीरहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ। प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन्, जहाँ पुग्ने रहरले विश्वका धेरै ठाउँबाट पनि पर्यटक आउने गर्दछन्।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी