नेपाल एयरलाइन्सलाई ऋण सम्झौता गर्न बाटो खुल्यो

  • Get News Alerts

नेपाल एयरलाइन्सले खरिद गर्न लागेको वाइड बडी विमान खरिदको लागि  आवस्यक ऋण लिन नेपाल सरकार जमानी बस्ने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले नेपाल एयरलाइन्सको लागि जमानी बस्ने निर्णय गरेको छ। 
 
अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेशनमार्फत एयरबस ३३०–२०० दुईथान किन्ने सम्झौता गरिसकेको नेपाल एयरलाइन्सको लागि ऋण दिन तयार भएको कर्मचारी संचयकोषले जमानी नेपाल सरकार नै बस्नुपर्ने अडान राखेको थियो। 
 
अर्थमन्त्रालयले यसअघि नै सहमति दिएको थियो सोही सहमति पत्रसहित पर्यटन मन्त्रालयले जमानी बस्ने प्रस्ताव मंगलबार मन्त्रीपरिषद्मा पठाएको थियो। 
 
विमान खरिद सम्झौता गरिसकेको नेपाल एयरलाइन्सले सहमति बमोजिम केही समयभित्रै एएआरलाई आठ अर्ब रुपैयाँ पठाउनुपर्ने छ। तर नेपाल एयरलाइन्सलाई ऋण दिन तयार भएको कम्पनी संचय कोषले सरकारी निर्णय नहुँदा ऋण सम्झौता भने गर्न मानेको थिए। 
 
मन्त्रीपरिषदले निर्णय गरेपछि अब ऋण सम्झौताको लागि बाटो खुल्ला भएको छ। हाल दुईवटा  एयरबस न्यारोबडी दुई र एउटा बोइङ ७५७ रहेको एयरलाइन्सले दुई वाइड बडी ल्याएर लमो गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। 
 
९ प्रतिशत ब्याजदरमा १५ वर्षको लागि २३ अर्ब रुपैयाँ ऋण कोषबाट लिने तयराीमा रहेको निगमले अब सो सम्बन्धि सम्झौता गरेर एएआरलाई पहिलो किस्ता स्वरुप आठ अर्ब रुपैयाँ पठाउने छ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • हिमालय एयरलाइन्सको दैनिक उडान अब दुबईमा

    हिमालय एयरलाइन्सको दैनिक उडान अब दुबईमा हिमालय एयरलाइन्सले काठमाडौँ-दुबई-काठमाडौँ प्रत्यक्ष उडान थालेको छ। आजदेखि प्रत्यक्ष रुपमा उडान थालिएको कम्पनीले जनाएको छ। दोहा, क्वालालम्पुरर याङगुनको नियमित उडान पछि हिमालयले दुबई उडान थालेको हो। दैनिक सेवाको सुरुवातसँगै हिमालय एअरलाईन्सले तीन वटा एअरबसमध्ये एउटा यस मार्गमा सच्चालन हुनेछ। जसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमी क्लासका सिट छन्।

  • हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै

    हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पञ्चासे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा मौसम सफा भएपछि हिमाल हेर्न आउने पर्यटकको दैनिकरुपमा भीड लाग्ने गरेको हो । दैनिक सयौँको सङ्ख्यामा पञ्चासेमा पर्यटक आउने गरेका छन

  • स्याङ्जाको पर्यटकीय विकासका लागि गुरुयोजना

    स्याङ्जाको पर्यटकीय विकासका लागि गुरुयोजना पोखरासँग जोडिएको प्राकृतिक एवम् ऐतिहासिक सम्पदाले भरिपूर्ण स्याङ्जालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जिल्ला पर्यटन विकास समितिका साथै अन्य पर्यटन सम्बद्ध सङ्घ संस्था सक्रिय बनेका छन् ।

  • मातातीर्थ औंसीमा चन्द्रागिरिमा आमाहरुलाई ५० प्रतिशत छुट

    मातातीर्थ औंसीमा चन्द्रागिरिमा आमाहरुलाई ५० प्रतिशत छुट चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारले मातातीर्थ औंसीको अवसरमा आगामी बुधबार सम्पूर्ण आमाहरुलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको छ । यो छुट व्यवस्था सम्पूर्ण आमाहरुको सम्मानमा गर्न लागिएको कम्पनीले जनाएको छ। छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुनेछ।

  • चीनमा उत्पादन भएकाे ठुलो जेट विमानले बोइङ र एयरबसलाई टक्कर देला?

    चीनमा उत्पादन भएकाे ठुलो जेट विमानले बोइङ र एयरबसलाई टक्कर देला? विश्वबजारमा आक्रमक बन्दै गएको चीनले नयाँनयाँ उत्पादन बजारमा ल्याइरहेको छ। केही समय अगाडिसम्म हल्काफुल्का उत्पादनमामात्र जोड दिएको र बलियो ब्रान्डिङ नगरेको भन्दै चिनियाँ उत्पादनलाई पश्चिमा मिडियाले आलोचना पनि नगरेको होइनन्।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी