नेपाल एयरलाइन्सको व्यवस्थापन जिम्मा लिन जर्मन कम्पनी ‘लुफ्थान्सा’ इच्छुक

  • Get News Alerts

सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिर्घकालिन रणनीतिक साझेदार बन्न जर्मन एयलाइन्स कम्पनी लुफ्थान्सा कन्सल्टिङ इच्छुक देखिएको छ।  
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सको रणनीतिक साझेदार बन्न इच्छुक कम्पनीहरुबाट आसय पत्र माग गर्दै जारी गरेको ‘बन्द टेन्डरमा’ एकमात्र कम्पनी लुफ्थान्साले प्रस्ताव पेश गरेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। 
 
आसयपत्र माग गर्दै मन्त्रालयले विभिन्न पाँच देशका एयरलाइन्स कम्पनीहरुबाट प्रस्ताव माग गरेको थियो। वैशाख चार गते अन्तिम मिति रहेको उक्त टेन्डरमा जर्मन कम्पनी लुफ्थान्साले इच्छा देखाएको हो। 
मन्त्रालयले अष्ट्रेलिया, फ्रान्स, जर्मनी, बेलायत र सयुक्त राज्य अमेरिकाका नेपालस्थित दुतावासमार्फत रणनीतिक वा व्यवस्थापन साझेदार बन्न इच्छुक कम्पनीहरुलाई फागुनको अन्तिमतिर प्रस्ताव पठाएको थियो।  
लामिछाने नेतृत्वको समितिले निगममा प्रतिष्ठित कम्पनीलाई व्यवस्थापन तथा रणनीतिक साझेदारको रुपमा ल्याउन सकिने र त्यसको अवधि १० वर्षसम्मको हुने सुझाव दिएको थियो। 
लुफ्थान्साको प्रस्तावलाई मन्त्रालयले एउटा समिति बनाएर अध्ययन गर्ने र त्यसपछि अर्थ मन्त्रालयको रायसहित नेपाल एयरलाइन्समा व्यवस्थापन तथा रणनीतिक साझेदार ल्याउने सम्बन्धिको प्रस्ताव मन्त्रीपरिषद्मा पठाउने मन्त्रालयले जानकारी दिएको छ। 
 
मन्त्रीपरिषदबाट पारित भएपछिमात्र मन्त्रालयले उक्त विषयमा लुफ्थान्सासँग सम्झौता गर्नेछ। नेपाल एयरलाइन्सको व्यवस्थापन चुस्त नहुँदा जति विमान थप गरेपनि व्यवसयिकरुपमा सफल नहुने भन्दै व्यवस्थापन सुधारको लागि रणनीतिक साझेदार ल्याउन व्यवस्थापिका सांसदका विभिन्न समितिहरुले निर्देशन पनि दिएका थिए। 
 
सरकारले चालु आर्थिक वर्षको बजेटमा दुईवटा ठूला विमान खरिद गर्ने र निगममा रणनीतिक तथा व्यवस्थापन साझेदार ल्याउने उल्लेख गरेको थियो। सरकारले विमान किन्ने प्रक्रिया अगाडि बढाएपनि साझेदारको बारेमा मौन रहेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका थिए। 
 
मन्त्रालयले साझेदार ल्याउनको लागि आवश्यक प्रक्रियालाई सुरु गर्न सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको थियो। 
 
उक्त समितिले साझेदार आव्हान गर्नका लागि तयार गरेको प्रस्तावमा १० वर्षको लागि त्यस्तो साझेदार ल्याउने र त्यसको मिति थप गर्नसकिने सुझाव दिएको थियो। त्यस्तै निगमको व्यवस्थापन करारमा लिँदा नाफा बाँडफाँड गर्नुपर्ने र ग्राउन्ड ह्यान्डलिङलाई अलग राख्नुपर्ने व्यवस्था गरेको छ। 
फेरि लुफ्थान्सामात्रै?
नेपाल एयरलाइन्सको  व्यवस्थापन साझेदार बन्न इच्छुक भएको लुफ्थान्सा कन्सिल्टिङ नयाँ कम्पनी भने होइन। यो त्यही कम्पनी हो जसले सन् २०१५ मा आफै प्रस्ताव गरेको थियो। शुशिल कोइराला प्रधानमन्त्री हुँदा सिधै प्रधानमन्त्री कार्यालयमा उसले प्रस्ताव राखेको थियो। 
 
उसले नेपाल एयरलाइन्सको संचालन जिम्मा लिएबापत आयको ३ प्रतिशत वार्षिक रकम दिनुपर्ने प्रस्ताव गरेको थियो। तर तत्कालिन समयमा अर्थमन्त्रालयले लुफ्थान्साको प्रस्ताव अस्वीकृत गरिदिएको थियो। 
नाफाको हिस्सा दिएपछि कम्पनीले व्यवस्थापन चुस्त बनाउँदै जाने र निगम पनि नाफामा जाने तर आयमा दिँदा निगम घाटामा गएपनि उक्त कम्पनीको आयमा फरक नपर्ने हुँदा प्रभावकारी नहुने भन्दै उसको प्रस्ताव अस्वीकृत भएको थियो।  
किन चाहियो साझेदार?
नेपाल एयरलाइन्सको व्यवस्थापन सुधारको लागि अनिवार्य सुत्र भनेकै व्यवस्थापन अथवा रणनीतिक साझेदार भएको सांसद तथा सचिवहरुको भनाइ छ। यसअघि सरकारी बैंकमा गरिएको प्रयोगले सुखद परिणाम दिएकोले सुधारको लागि यो पद्धति अनिवार्य भएको उनीहरुको बुझाइ छ। 
 
सरकारी संस्थाहरुको निर्णय क्षमता कमजोर हुने, साँधुरो दायरा हुने, उचित निर्णय गर्न नसक्ने हुँदा निजी क्षेत्रसँग प्रतिस्पर्धामा उत्रन र सिप, क्षमता र प्रविधिको विकासको लागि साझेदार जरुरत रहेको पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले बताए। निश्चित समयको लागि  भए पनि साझेदार अनिवार्य भएको उनको भनाइ छ। 
 कस्तो हुन्छ साझेदार? 
रणनीतिक साझेदार कि व्यवस्थापन करार? भन्ने बारेमा भने अधिकारीहरु निष्कर्षमा पुगेका छैनन्।  समितिले दुई मध्ये जुनसुकै पनि ल्याउन सकिने तर व्यवस्थापन, इन्जिनियरिङ, अपरेशन र प्राविधिक जस्ता क्षेत्रमा साझेदारलाई जिम्मा दिन सकिने सुझाएको छ। 
 
‘नेपालमा यो नयाँ प्रयोग हो, यसअघि नेपाल बैंक र वाणिज्य बैंकमा व्यवस्थापन करार गरिएको थियो’ पर्यटन मन्त्रलयका सचिव अधिकारीले भने, ‘हामीले रणनीतिक साझेदार ल्याउने भनेका छौँ, यो नयाँ हो त्यसैले यसको संरचनापछि आपसी समझदारीमा निर्धारण हुन्छ।’
 
रणनीतिक साझेदार कसरी ल्याउने, कस्तो संरचना हुने? यसबारेमा कानूनी र अभ्यासगत कुनै पनि प्रक्रिया नेपालमा नभएकोले अहिले नै ठोस अवधारणा तयार नभएको सचिव अधिकारीले बताए। विभिन्न मोडालिटीहरु संसारभर प्रचलनमा रहेको र तिमध्येबाट नेपाल सरकार, नेपाल एयरलाइन्सलाई कुन उपयुक्त हुन्छ त्यसैमा सरकार सहमत हुने उनको भनाइ छ। 
हालका कर्मचारीलाई केही फरक पर्दैन
व्यवस्थापन साझेदार आउने भन्नेवित्तिकै हाल कार्यरत कर्मचारीहरु आतंकित भएकोले उक्त प्रक्रियामा कर्मचारीको विरोध रहेको भन्ने सांसदहरुको आरोपलाई अधिकारीहरुले अस्वीकार गरेका छन्। नेपाल एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले आफूले नै ६ वर्ष पहिले साझेदार ल्याउनको लागि प्रक्रिया अगाडि बढाएको तर माथिबाटै अस्वीकृत भएको जानकारी दिए।  
 
सचिव अधिकारी पनि कर्मचारी आतंकित हुनुपर्ने कुनै कारण नभएको बताउँछन्। विदेशी कम्पनी साझेभदार भएर आए पनि कर्मचारी, व्यवस्थापन यथावत रहने उनको भनाइ छ। आउने कम्पनीले आयोजना व्यवस्थापन गर्नका लागि कार्यालय संचालनको प्रविधि, मानव संसाधन व्यवस्थापन, व्यावसायिक योजना बनाउने र कार्यान्वयन गर्नेमात्र जिम्मेवारी पाउने छ। 
 
त्यस्तै उक्त संस्थालाई व्यवस्थापनको  सवालमा केही स्वायत्तता हुने र सरकारको प्रत्यक्ष हस्तक्षेप भने कम हुने अधिकारीहरुले बताएका छन्।
४७ वर्षपहिले नै निगममा विदेशी साझेदार थियो
निगममा पहिलोपटक रणनीतिक साझेदार ल्याउन लागिएको भने होइन। आजभन्दा करिब ४७ वर्षपहिले पनि विदेशी कम्पनीले व्यवस्थापन जिम्मा लिएको थियो। 
 
सन् १९७० मा नेपाल वायुसेवा गिनमको व्यवस्थापनको जिम्मा एयर फ्रान्सले लिएको थियो जतिबेला नै निगमले पहिलोपटक जेट विमान खरिद गरेको थियो। बोइङ ७२७ पहिलोपटक निगमले त्यतिबेला नै खरिद गरेको थियो। तर तीनवर्षपछि अर्थात् १९७३ मा एयर फ्रान्ससँग भएको सम्झौताको समयावधि सकिएपछि सँधै रणनीतिक साझेदार ल्याउने भनिएपछि कुरामै सिमित भएको छ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम

    भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम भैरहवामा निर्माणधिन क्षेत्रीय विमानस्थलको ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सने नेपाली साझेदारले धोका दिँदा काममा ढिलाई भएको गुनासो गरेको छ। चिनियाँ कम्पनीको तर्फबाट नोपलका लागि चिनियाँ राजदुतले पर्यटन संस्कति तथा नागरिक उड्डय मन्त्री जितेन्द्र देवसँग भेटेरै स्थानीय साझेदारले धोका दिएर चीनको कम्पनीलाई बद्नाम गर्न खोजिएको गुनासो गरेको मन्त्री देवले जानकारी दिएका छन्।

  • साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने

    साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने साउदी अरेबिया, युएई (दुबई)का एयरलाइन्सहरुले कतार जाने कुनैपनि यात्रुलाई नबोक्ने भएका छन्। साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेसँगै त्यहाँका एयरलाइन्सले पनि कतारका सबै उडान रद्द गर्ने भएका हुन्।

  • मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी

    मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब ४२ अर्ब आम्दानी भएको छ। सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ।

  • नेपाली हिमालको युरोपमा प्रबर्द्धन

    नेपाली हिमालको युरोपमा प्रबर्द्धन उत्तरी आयरल्याण्डमा १० अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। त्यहाँ रहेका नेपाली समुदायको अग्रसरतामा स्थायिनहरुको सहभागितामा उक्त दिवस मनाइएको ‘भिजिट नेपाल युरोप २०१७’ संयोजक दिपेश शाक्यले जानकारी दिए।

  • घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु

    घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन्। नेपाल भूपरिवष्ठित देश भएकाले यहाँका सीमित ताल नै पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ। अधिकांश समय जमिनमै रहीरहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ। प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन्, जहाँ पुग्ने रहरले विश्वका धेरै ठाउँबाट पनि पर्यटक आउने गर्दछन्।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी