चन्द्रागिरि महोत्सवमा एक लाखले अवलोकन गरे

चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित चन्द्रागिरि महोत्सवमा करिब एक लाख दर्शकको सहभागितामा बिहीबार सम्पन्न भएको छ ।
गत चैत २९ गतेदेखि हिजोसम्म आयोजित उक्त महोत्सवमा काठमाडौं उपत्यका तथा त्यस वरपर क्षेत्रबाट सर्वसाधारण सहभागी भएका थिए । उक्त कार्यक्रममा स्थानीय उत्पादनको प्रवद्र्धन तथा सम्पदा संस्कृतिका बारेमा जानकारी गराइएको थियो । काठमाडौँ उपत्यका भित्रने महत्वपूर्ण नाकाका रुपमा रहेको सो क्षेत्रमा भालेश्वर मन्दिर, आधुनिक नेपाल निर्माणका क्रममा कीर्तिपुर युद्धमा मारिएका योद्धा कालु पाँडेको समाधिस्थल, इन्द्रदह, दहचोकलगायत रमणीयस्थल छन् ।
त्यस्ता सम्पदास्थलका बारेमा प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले जानकारी दिए।रासस
प्रतिकृया दिनुहोस
थप समाचार
-
साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने
साउदी अरेबिया, युएई (दुबई)का एयरलाइन्सहरुले कतार जाने कुनैपनि यात्रुलाई नबोक्ने भएका छन्। साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेसँगै त्यहाँका एयरलाइन्सले पनि कतारका सबै उडान रद्द गर्ने भएका हुन्।
-
मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी
मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब ४२ अर्ब आम्दानी भएको छ। सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ।
-
नेपाली हिमालको युरोपमा प्रबर्द्धन
उत्तरी आयरल्याण्डमा १० अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। त्यहाँ रहेका नेपाली समुदायको अग्रसरतामा स्थायिनहरुको सहभागितामा उक्त दिवस मनाइएको ‘भिजिट नेपाल युरोप २०१७’ संयोजक दिपेश शाक्यले जानकारी दिए।
-
घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु
विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन्। नेपाल भूपरिवष्ठित देश भएकाले यहाँका सीमित ताल नै पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ। अधिकांश समय जमिनमै रहीरहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ। प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन्, जहाँ पुग्ने रहरले विश्वका धेरै ठाउँबाट पनि पर्यटक आउने गर्दछन्।
-
काठमाडौंमा हिमालयन ट्राभल मार्ट सम्मेलन
पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ।
किनमेल अनुभव
-
सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ
सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।
राजेश सापकोटा, कपन, काठमाडौँ
-
महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति
म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।
सौरभसिंह कार्की, जापान
-
दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ
म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।
मनोज सुवेदी, चावहिल
-
जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम
मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।
विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं
-
पुस्तकको अभावले व्यापार नै डामाडोल भयो
हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?
विष्णुप्रसाद खनाल, पाल्पा
-
सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै
झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।
सरोज गोपाली, झम्सिखेल
-
सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ
मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।
सञ्जिता परियार, काठमाडौँ
-
ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?
नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।
इश्वर नेपाल, चितवन