धुलो र चुनावले चाप बढाए विमानस्थलको,के हुँदैछ व्यवस्थापनको लागि?

  • Get News Alerts

केहीदिन अगाडि गोमा एयरको विमान आकाशमा होल्ड हुँदा इन्धन सकिने खतरा उत्पन्न भएपछि डाइभर्ट भयो। त्यस्तै प्रत्येक दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यबाट आउने विमानहरु आकाशमै होल्ड हुने गरेका छन्। 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने प्रत्येकदिनको ‘एयर ट्राफिक’को(विमान होल्ड) कारणले गर्दा एयरलाइन्सहरुको व्यावसायिक क्षति त आफ्नो ठाउँमा छ भने अर्कोतिर यात्रुको समयको क्षति र मनौवैज्ञानिक तनाव भोग्न बाध्य छन्। 
 
विमानस्थलमा क्षमताभन्दा बढी उडान तथा अवतरण हुनु, मौसमी प्रतिकुलता जस्ता कारणले गर्दा उडानहरु अस्वभाविक होल्ड हुने गरेको सरोकारवालाहरुले बताउँदै आएका छन्। 
 
तर पछिल्लो समय यसरी होल्ड हुने समय झनै बढेको छ जसले गर्दा विमानस्थल प्रशासनलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ। 
 
अधिकारीहरुले क्षमताभन्दा बढी उडान तथा अवतरणलाई मुख्य कारण मानेका छन् भने चाप बढाउने काम भने चुनाव र काठमाडौंको धुलोधुवाँलाई पनि कारकको रुपमा औल्याएका छन्। 
 
जेनतेन व्यवस्थापन भइरहेको त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय आन्तरिक उडानका लागि विमानहरु थपिएको एक कारण र अर्कोतिर चुनावको कारण उडान तथा अवतराणको संख्यामा पनि उल्लेख्य बृद्धि भएको उनीहरुको भनाई छ। 
 
काठमाडौंको धुलोधुवाँको कारणले गर्दा पर्याप्त भिजिविलिटी नहुँदा पनि विमानहरु समयमै उड्न नपाउने र यसो हुँदा पार्किङ अभावले विमानहरु आकाशमै होल्ड गर्नुपर्ने बाध्यता रहेको बताउँछन् नागरिक उड्डय प्राधिकरणका महानिर्देशक सन्जिव गौतम। 
 
त्यस्तै चुनावको समय भएकोले सबैको आवतजावत बढेकोले पनि विमानस्थलमा उडान तथा अवतरणको चाप बढेको अधिकारीहरुको भनाइ छ। 
 
विशेषगरी विराटनगरको विमानस्थल बेलुका तीनबजेदेखि मर्मतको लागि बन्द गरिएपछि यो समस्या झनै बल्झिएर आएको विमानस्थलका प्रवक्ता  प्रेमनाथ ठाकुरले जानकारी दिए। बढी यात्रुको आवतजावत हुने र उडान तथा अवतरणको चाप पनि बढी हुने भएकोले विराटनगरका उडानहरु तीनबजे अगाडि नै सबैले गर्न खोज्दा समस्या झनै थपिएको उनको भनाइ छ। 
 
पाँचवर्ष अगाडि दैनिक एक सय उडानमात्र व्यवस्थापन गर्ने विमानस्थलले अहिले दैनिक औसत साढे चार सय(आन्तरिक र घरेलु) उडान व्यवस्थापन गरिरहेको छ तर पूर्वाधार भने पाँचवर्ष अगाडिकै छ।  
 
आन्तरिक हवाई यात्रा गर्ने यात्रुमात्र होइन विमान कम्पनीहरुले पनि पछिल्लो समय विमान थप गरेका छन् जो त्रिुभुवन विमास्थललाई नै होम ग्राउन्ड बनाइरहेका छन्। 
 
व्यवस्थापनका लागि भएको पहल यस्तो छ
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको मौजुदा पूर्वाधारमै पनि उडान तथा अवतरणलाई व्यवस्थापन गर्नको लागि विमानस्थल प्रशासनले अग्रसरता लिएको बताएको छ। 
 
तत्काल पूर्वाधार विस्तार भन्दा पनि भएकैबाट कसरी व्यवस्थापन गर्नसकिन्छ भनेर आफूहरुले छलफललाई अगाडि बढाएको प्रवक्ता ठाकुरले जानकारी दिए। 
 
आजमात्र आन्तरिक उडान गर्नेे एयरलाइन्सका स्टेशन म्यानेजरहरुसँग छलफल गरिएको र फेरि भोली एयरलाइन्सको व्यवस्थापनसँग छलफल गरिने ठाकुरले बताए। 
 
ठाकुरले विराटनगरको विमानस्थल तीनबजेको सट्टा बेलुका ६ बजे बन्द गर्न नागरिक उड्डय प्राधिकरणलाई आग्रह गर्ने, बाहिरका विमानस्थलमा पार्किङ गर्ने भनिएका विमानलाई अनिवार्य बाहिर पठाउने र त्यसको लागि निर्देशन दिने  प्रस्ताव गरेको बताए। 
 
त्यस्तै डोमेस्टीक टर्मिनल बिहान साढे पाँच बजे नै खुल्ला गर्ने र ६ बजेको उडान ६ बजेबाट नै सुरु गरिने र त्यसको लागि एयरलाइन्सहरुलाई निर्देशन दिने विमानस्थलले प्रस्ताव गरेको छ। 
 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • हिमालय एयरलाइन्सको दैनिक उडान अब दुबईमा

    हिमालय एयरलाइन्सको दैनिक उडान अब दुबईमा हिमालय एयरलाइन्सले काठमाडौँ-दुबई-काठमाडौँ प्रत्यक्ष उडान थालेको छ। आजदेखि प्रत्यक्ष रुपमा उडान थालिएको कम्पनीले जनाएको छ। दोहा, क्वालालम्पुरर याङगुनको नियमित उडान पछि हिमालयले दुबई उडान थालेको हो। दैनिक सेवाको सुरुवातसँगै हिमालय एअरलाईन्सले तीन वटा एअरबसमध्ये एउटा यस मार्गमा सच्चालन हुनेछ। जसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमी क्लासका सिट छन्।

  • हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै

    हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पञ्चासे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा मौसम सफा भएपछि हिमाल हेर्न आउने पर्यटकको दैनिकरुपमा भीड लाग्ने गरेको हो । दैनिक सयौँको सङ्ख्यामा पञ्चासेमा पर्यटक आउने गरेका छन

  • स्याङ्जाको पर्यटकीय विकासका लागि गुरुयोजना

    स्याङ्जाको पर्यटकीय विकासका लागि गुरुयोजना पोखरासँग जोडिएको प्राकृतिक एवम् ऐतिहासिक सम्पदाले भरिपूर्ण स्याङ्जालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जिल्ला पर्यटन विकास समितिका साथै अन्य पर्यटन सम्बद्ध सङ्घ संस्था सक्रिय बनेका छन् ।

  • मातातीर्थ औंसीमा चन्द्रागिरिमा आमाहरुलाई ५० प्रतिशत छुट

    मातातीर्थ औंसीमा चन्द्रागिरिमा आमाहरुलाई ५० प्रतिशत छुट चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारले मातातीर्थ औंसीको अवसरमा आगामी बुधबार सम्पूर्ण आमाहरुलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको छ । यो छुट व्यवस्था सम्पूर्ण आमाहरुको सम्मानमा गर्न लागिएको कम्पनीले जनाएको छ। छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुनेछ।

  • चीनमा उत्पादन भएकाे ठुलो जेट विमानले बोइङ र एयरबसलाई टक्कर देला?

    चीनमा उत्पादन भएकाे ठुलो जेट विमानले बोइङ र एयरबसलाई टक्कर देला? विश्वबजारमा आक्रमक बन्दै गएको चीनले नयाँनयाँ उत्पादन बजारमा ल्याइरहेको छ। केही समय अगाडिसम्म हल्काफुल्का उत्पादनमामात्र जोड दिएको र बलियो ब्रान्डिङ नगरेको भन्दै चिनियाँ उत्पादनलाई पश्चिमा मिडियाले आलोचना पनि नगरेको होइनन्।

किनमेल अनुभव

  • mahindra
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • worldlink
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • tata
  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

  • केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन् केही ग्राहकले बढी नै बार्गेनिङ गर्न खोज्छन्

    मेरो बुबाको सुन्धारामा फेन्सी पसल छ। बुबालाई सघाउन म पनि कहिलेकाही पसलमा बस्छु। पसलमा बस्दा अनेक खालका ग्राहकसँग बोल्नुपर्ने हुन्छ। कुनै ग्राहक राम्रै हुन्छन् तर केही ग्राहक भने हद भन्दा बढी नै बार्गेनिङ गर्न खोज्छन्। कोही कोही त हामीले होलसेलबाट ल्याएको मूल्य भन्दा आधा भन्छन्।

    दुर्गा भण्डारी, नयाँ बानेश्वर

लोकप्रिय

सूचनापाटी