घुम्नैपर्ने यी हुन् सुन्दर तालहरु

  • Get News Alerts

विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन्। नेपाल भूपरिवष्ठित देश भएकाले यहाँका सीमित ताल नै पर्यटकीय गन्तव्य हुन्। 
 
पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ। अधिकांश समय जमिनमै रहीरहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ। प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन्, जहाँ पुग्ने रहरले विश्वका धेरै ठाउँबाट पनि पर्यटक आउने गर्दछन्। 
 
रारा ताल
नेपालमा भएकामध्ये सबैभन्दा ठूलो ताल हो यो। सूर्य अस्ताउँदा र उदाउँदा देखिने रारा तालको सुन्दरताले जोकोहीलाई मोहित तुल्याउँछ। समुन्द्री सतह भन्दा २९९० मिटर (९८१० फिट) को उचाइमा रहेको यस ताल जुम्ला र मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रामसार क्षेत्र भित्र पर्दछ।
 
५.१ किलोमिटरको लम्बाई तथा २.७ किलोमिटरको चौडाइमा फैलिएको यस तालको पानीको सतह १.८ वर्ग किलोमिटर र १६७ मिटरको घहिराइ रहेको छ। रारा ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो। 
 
 
तिलिचो ताल
यो नेपालको सबैभन्दा उच्च स्थानमा रहेको ताल हो। यसको प्रमुख विशेषता भनेको यहाँ कुनै पनि जलचर प्राणी छैनन्। यो तालको वरपर देखिने पहाडको दृष्यले सौन्दर्यता थपिएको छ।  समुन्द्री सतह भन्दा ४९१९ मिटर (१६,१३८ फिट) को उचाईमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित अन्नपुर्ण संरक्षित क्षेत्रमा पर्दछ ।
 
४.८ वर्ग किलोमिटरको समतल क्षेत्रफलमा फैलिएको यस ताल ८५ मिटर (२८७९ फिट) गहिरो छ भने ४ किलोमिटर लम्बाइ तथा १.२ किलोमिटर चौडाइ रहेको छ। 
 
फोक्सुन्डो  ताल
नेपालको सबैभन्दा गहिरो ताल हो यो। यसको गहिराई १४५ मिटर (४७६ फिट) रहेको छ। डोल्पा जिल्लामा अवस्थित फोक्सुन्डो ताल समुन्द्री सतहबाट ३६१५ मिटर उचाइमा छ।  करिब ४.९४ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस तालको लम्बाई ५.१५ किलोमिटर तथा चौडाई ८०० मिटर रहेको छ। यस ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो।
 
गोसाइँकुण्ड
हिमालय पर्वतमा जाँदा शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगेर गोसाइँकुण्ड उत्पत्ति भएको पौराणिक मान्यता छ। यहाँको पानीले नुहाउँदा शरीरमा लुतो, खटिरा नआउने विश्वास रही आएको छ। 
 
समुन्द्री सतह भन्दा ४,३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड रसुवा जिल्लामा अवस्थित छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यस तालको क्षेत्रफल १३.८ हेक्टर रहेको छ। यस क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ। 
 
पाँच पोखरी
लाङटाङ राष्ट्रिय निुकुञ्जमा पर्ने यहाँ पाँच तालहरु छन्। एकै ठाउँमा प्राकृतिक रुपमा बनेको पाँच वटा ताल हेर्नलायक छ।  विश्वकै उच्च अल्टिच्युडमा रहेको यस ताल समुन्द्र सतहबाट ४१०० मिटर माथि छ।
 
यस तालमा जनै पुर्णिमाको अवसरमा मेला लाग्ने हुँदा सो समयमा यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गर्छ। यस स्थलबाट जुगल, लाङटाङ, रोलवालिङ लगायतका हिमालहरुको दृष्य राम्रोसँग देख्न सकिन्छ।
 
छो रोल्पा
४,५८० मिटरको अल्टिच्युडमा अवस्थित छो रोपा ताल दोलखा जिल्लामा पर्दछ। १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशैकर संरक्षित क्षेत्र अन्तर्गत पर्दछ। २७० मिटर अधिक्तम गहिरो रहेको यस तालको लम्बाइ ३.४५ किलोमिटर छ। 
 
फेवा ताल
पोखरामा अवस्थित फेवा सबै भन्दा धेरैले अवलोकन गर्ने ताल हो । समुन्द्री सतहभन्दा ७४२ मिटर (२४३४ फिट) को उचाईमा अवस्थित यस तालकोबीचमा तालबाराही मन्दिरले यस तालको झन सुन्दरता बढाएको छ । ४.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा अवस्थित यस तालको लम्बाई १७ किलोमिटर छ भने अधिकतम गहिराई २४ मिटर रहेको छ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम

    भैरहवा विमानस्थलको ठेकेदार कम्पनीलाई २ महिने अल्टिमेटम भैरहवामा निर्माणधिन क्षेत्रीय विमानस्थलको ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सने नेपाली साझेदारले धोका दिँदा काममा ढिलाई भएको गुनासो गरेको छ। चिनियाँ कम्पनीको तर्फबाट नोपलका लागि चिनियाँ राजदुतले पर्यटन संस्कति तथा नागरिक उड्डय मन्त्री जितेन्द्र देवसँग भेटेरै स्थानीय साझेदारले धोका दिएर चीनको कम्पनीलाई बद्नाम गर्न खोजिएको गुनासो गरेको मन्त्री देवले जानकारी दिएका छन्।

  • साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने

    साउदी र दुबईका एयरलाइन्सले कतार जाने यात्रु नबोक्ने साउदी अरेबिया, युएई (दुबई)का एयरलाइन्सहरुले कतार जाने कुनैपनि यात्रुलाई नबोक्ने भएका छन्। साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेसँगै त्यहाँका एयरलाइन्सले पनि कतारका सबै उडान रद्द गर्ने भएका हुन्।

  • मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी

    मुलुकलाई पर्यटनबाट करिब ४२ अर्ब आम्दानी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब ४२ अर्ब आम्दानी भएको छ। सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ।

  • नेपाली हिमालको युरोपमा प्रबर्द्धन

    नेपाली हिमालको युरोपमा प्रबर्द्धन उत्तरी आयरल्याण्डमा १० अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। त्यहाँ रहेका नेपाली समुदायको अग्रसरतामा स्थायिनहरुको सहभागितामा उक्त दिवस मनाइएको ‘भिजिट नेपाल युरोप २०१७’ संयोजक दिपेश शाक्यले जानकारी दिए।

  • काठमाडौंमा हिमालयन ट्राभल मार्ट सम्मेलन

    काठमाडौंमा हिमालयन ट्राभल मार्ट सम्मेलन पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी