१० डलरको बिवादले १० दिनदेखि गाम्का नेपाल बन्द

  • Get News Alerts

१५ हजारभन्दा बढी कामदार विदेश जान रोकिए, गाम्का नेपाल भन्छ - पर्सिसम्ममा खुल्छ
विदेश जाने कामदारसँग लिने मेडिकल शुल्कमा विवाद भएपछि गाम्का नेपाल १० दिनदेखि बन्द छ।  साउदी अरब, ओमन र बहराइन जाने कामदारसँग मेडिकल शुल्कमा थप १० अमेरिकी डलर लिने निर्णयमा विवाद भएपछि गाम्का नेपालबाट १० दिनदेखि मेडिकलको काम भएको छैन्।
 
मध्य पूर्वमा रहेको खाडी क्षेत्रका राष्ट्रहरुको संगठन गल्फको अपरेसन काउन्सिलको एक्जुकेटिभ बोर्ड अफ द हेल्थ मिनिस्टर माउन्सिल फर को अपरेसन स्टेटको सचिवालयले गत जनवरी १ देखि १० डलर थप शुल्क उठाउने निर्णय गरेको थियो।
 
गाम्का नेपालले मेडिकल रोकेपछि १० दिनमा १५ हजारभन्दा बढी कामदार अन्तर्वार्ता पास भएर पनि मेडिकल गर्न नपाएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ। 'अहिलेसम्म १५ हजार युवायुवती मेडिकल गर्न नपाएर समस्यामा परेका छन्, ' संघका महासचिव रोहन गुरुङले भने, 'टाढाबाट विदेश जान आएका कामदारलाई झन आर्थिक बोझ थपिएको छ।'
 
धनकुटा घर भइ साउदी जान लागेका ज्ञानेन्द्र बुढाथोकी अन्तर्वार्ता पास भएको १० दिन भयो। मेडिकल  गर्ने गाम्का बन्द भएपछि उनले न मेडिकल गर्न पाएका छन् न घर जान पाएका छन्। 
 
जावलाखेलस्थित लक्की एचआर सोलुसन प्रालिबाट साउदी जान लागेका उनी घनकुटा टाढा भएका कारण घर नगएको बताए। 'गौशालामा गेष्ट हाउसमा बसिरहेको छु,' उनले भने 'गाम्का कहिले खुल्ला र मेडिकल गर्न पाइएँला ।' घर जाउँ भने फेरि मेडिकलका लागि काठमाडौं आउनुपर्ने समस्या रहेको उनले बताए। 
 
साउदी, ओमन र बहराइन जाने कामदारसँग थप १० डलर लिने गाम्काको निर्णयपछि वैदेशिक रोजगार व्यवसायी संघले त्यसको विरोध गरेको छ। 'कामदारलाई आर्थिक भार पार्न हुन्न भन्ने हाम्रो धारणा हो,' संघका महासचिव रोहन गुरुङले भने।
 
थप १० अमेरिकी डलर लिने विषयमा विवाद भएपछि सोमबार श्रम मन्त्रालयमा गाम्का नेपाल, संघका प्रतिनिधिवीच छलफल भएको थियो।  छलफलमा वैदेशिक रोजगार व्यवसायी संघले अहिले लिदैँ आएको ५५ सयबाट नै  थप १० डलर अलजजिरा बैंकमा तिर्न गाम्कासँग आग्रह गरेको थियो। 
 
त्यसमा गाम्का नेपालले असहमति जनाएको छ। गाम्का नेपालले विदेश पठाउने रकमका विषयमा पटक पटक विवाद आइरहेको भन्दै दुवै देशको कानुनमा रहेर काम गर्नुपर्ने बताएको छ।  गाम्का नेपालका मोहन चापागाइँले कानुनी अड्चनका कारण मेडिकल गर्ने काम प्रभावित भएको बताए।
 
'हामी छलफलमा छौं, 'उनले भने 'भोलि नत्र पर्सिबाट मेडिकल गर्ने काम सुचारु गछौं।'  १० डलर विदेशमा पठाउने विषयमा अर्थ, परराष्ट्र मन्त्रालयसँग पनि राय माग्न  श्रम मन्त्रालय, गाम्का नेपाल र संघ राजी भएका छन्।
 
त्यस्तै मलेसिया जाने कामदारहरुसँग बायोमेट्रिक र माइग्रामका नाममा पनि गाम्का नेपालले कामदारसँग असुली गर्दै आएको छ।  
 
उसले मलेसिया जाने कामदारसँग ७ हजार ७ सयभन्दा बढी रकम असुले पनि सरकार मौन रहेको छ। यसका लागि वैदेशिक रोजगार ब्यवसायी संघले सरकारको पटक पटक ध्यानाकर्षण गराउदाँ पनि कुनै पहल नभएको संघका महासचिव गुरुङले जानकारी दिए। गाम्का नेपालले विभिन्न ११ वटा स्वास्थ्थ संस्थाबाट कामदारको स्वास्थ्थ परिक्षण गरिरहेको छ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • 'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो'

    'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो' एनजिओको जागिर हुँदै अन्जानबस खानपुगेको म्यानपावरको जागिरपछि उनी वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनको नेतृत्वमा पुग्ने आँट गरिरहेकी छिन्। वैदेशिक रोजगार मंचको तर्फबाट आसन्न अधिवेसनमा उनले महासचिवमा उमेद्वारी दिने तयारी गरेकी छिन् ।

  • कोरियन भाषा परीक्षाका लागि २६ केन्द्र तय, परीक्षा दुई सिफ्टमा हुने

    कोरियन भाषा परीक्षाका लागि २६ केन्द्र तय, परीक्षा दुई सिफ्टमा हुने आगामी जेठ २७ र २८ गते हुने कोरियन भाषा परीक्षाका लागि केन्द्रहरु तोकिएको छ। इपिएस कोरिया शाखाले दुई सिफ्टमा परीक्षा संचालन गर्नेगरी राजधानीका विभिन्न स्कुल तथा कलेज गरी २६ केन्द्रहरु निर्धारण गरेको छ। पहिलो सिफ्टको परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्टको परीक्षा १२ बजेदेखि २ बजेसम्म हुने इपिएस शाखाले जनाएको छ। यो वर्ष ७५ हजार ६ सय १२ युवाले रोजगारीका लागि इपिएस परीक्षामा सहभागी हुनेछन्।

  • पैसा कमाउन खाडी गइरहनुपर्दैन

    पैसा कमाउन खाडी गइरहनुपर्दैन सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ। दुई बूढाबूढी, जेठो, कान्छो छोरो र एकजना सहयोगीका साथ बाख्रापालन गरिरहेका सुवेदीको पहिलो भनाइ छ ‘पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ’। उनले बाख्रापालन २०७० को असारमा सुरु गरेका हुन्। बाख्रापालन व्यवसायले काम र दाममात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उनको भनाइ छ।

  • इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस्

    इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस् केयर गिभरमा इजरायल जानका लागि ६० जना युवाहरु छनौट भएका छन्। इजरायलको पपुलेसन एण्ड इमिग्रेसन अथ्योरिटी (पिआइबिए)ले १ सय जनाको नाम छनौट गरी पठाएकोमा पुनः भाषा परीक्षा लिई १८ पुरुष र ४२ जना महिला छनौट भएको वैदेशिक रोजगार विभागले जनाएको छ। कामका लागि आउने युवामा ८० प्रतिशत महिला हुनुपर्ने पिआईबिएको शर्तअनुसार २० प्रतिशत पुरुषले मात्रै यो अवसर पाउने छन्।

  • वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस्

    वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस् वैदेशिक रोजगारका क्रममा परेका समस्याहरु तपाईले अब अनलाइनबाटै सरकारलाई भन्न पाउनुहुने भएको छ। तपाईका समस्यालाई सरकारले जतिसक्दो चाँडो सम्वोधन गर्नेछ र तपाईको समस्या समाधानका लागि के भइरहेको छ भन्ने कुरा पनि अनलाइनबाटै थाहा पाउनुहुनेछ। विदेशमा रहेका आफन्तको खोजतलास तथा उद्धार गर्नुपरे, मृत्यु भएका आफन्तको शव झिकाउनु परे, कामदार तथा तिनमा परिवारले पाउनुपर्ने क्षतिपूर्तिको माग गर्नुपरे लगायतका वैदेशिक रोजगार सम्बन्धी समस्याका बारेमा नेपाल सरकारलाई अनलाइनबाट निवेदन दिन सकिन्छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी