युवालाई स्वदेशमै रोजगारी – उद्योगमन्त्री जोशी

  • Get News Alerts

 उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताएका छन्। 
 
आज भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले १० वर्षपछि यहाँका युवाले रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने बताए।
 
उद्योगको विकासले मात्रै अहिले देखापरेको रोजगारीको चुनौतीलाई चिर्न सक्नेमा जोड दिँदै उहाँले युवा लक्षित उद्योगको विकास जरुरी रहेकाले सरकारको ध्यान यसतर्फ केन्द्रित भएको बताए। मन्त्री जोशीले देशको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।
 
कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल र अनुराधा थापामगरले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्नेमा जोड दिए। नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले आव २०७४÷७५ का लागि १९ करोड ४५ लाख ४८ हजारको बजेट सार्वजनिक गरे।
 
नगरपालिकाको आन्तरिक स्रोतबाट छ करोड ५५ लाख, बाह्य स्रोतबाट १२ करोड ९० लाख ४८ हजार, चालु खर्चतर्फ पाँच करोड ३५ हजार र पुँजीगत खर्चतर्फ १४ करोड ४५ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको अधिकारीले जानकारी दिए। रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • समयावधि सकिँदा पनि घर फर्कन पाउँदैनन् साउदीबाट नेपाली कामदार

    समयावधि सकिँदा पनि घर फर्कन पाउँदैनन् साउदीबाट नेपाली कामदार सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोचेका थिए। साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष मात्रै भएकाले म्याद थप्नका लागि भए पनि नेपाल फर्किनैपर्ने सोझो बुझाई उनको थियो ।

  • नेपालीलाई निःशुल्क टिकट दिन मलेसिया मानेन

    नेपालीलाई निःशुल्क टिकट दिन मलेसिया मानेन नेपालले राखेका दुईवटा प्रस्तावमा मलेसियाबाट आएको प्रतिनिधिमण्डल सहमत नहुँदा नेपाल र मलेसियाबीच श्रम सम्झौताको लागि भएको पहिलो चरणको छलफल बिना निष्कर्ष टुंगिएको छ। सम्झौताका धेरै विषयमा विस्तृत छलफल भएपनि केही प्रस्तावमा अझै तयारी गर्नुपर्ने भएकोले अर्को चरणमा वैठक बस्ने गरी सकिएको नेपाली टोलीको नेतृत्व गरेका श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणी भुर्तेलले जानकारी दिए।

  • नेपाल र मलेसियाबीच श्रम सम्झौताबारे छलफल

    नेपाल र मलेसियाबीच श्रम सम्झौताबारे छलफल नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयमा बुँदागत रुपमा छलफल भए पनि ठोस सहमति जुट्न सकेन। नेपाल भ्रमणमा रहेको मलेसिया सरकारको मानव संशाधन मन्त्रालयका सहसचिव केसावन करुप्पिह नेतृत्वको टोली र नेपालका तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल नेतृत्वको टोलीबीच श्रम सम्झौताका बुँदामा सोमबार र मङ्गलबार चरणबद्ध वार्ता भएको थियो।

  • नागरिक उड्डय प्राधिकरणमा साहयकदेखि उपनिर्देशकसम्म १२८ जनालाई जागिर खुल्यो

    नागरिक उड्डय प्राधिकरणमा साहयकदेखि उपनिर्देशकसम्म १२८ जनालाई जागिर खुल्यो हवाई क्षेत्रको नियमक नेपाल नागरिक उड्डय प्राधिकरणले साहयकदेखि उपनिर्देशकसम्मका विभिन्न पदपूर्तिको लािग विज्ञापन प्रकाशित गरेको छ। प्राधिकरणले उपनिर्देशक,प्रबन्ध निर्देशक,अधिकृत वरिष्ठ साहय तथा साहयक पदको लागि दक्ष जनशक्ति माग गर्दै आज विज्ञापन निकालेको हो।

  • नेपाल टेलिकमले माग्यो १५५ कर्मचारी

    नेपाल टेलिकमले माग्यो १५५ कर्मचारी नेपाल टेलिकमले विभिन्न पदमा १ सय ५५ जना कर्मचारी माग गरेको छ। उपप्रवन्धक, इन्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, टेक्निसियन लगायत पदहरुका लागि सो संख्यामा कर्मचारी माग गरिएको हो।

किनमेल अनुभव

  • mahindra
  • ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो ब्राण्डेड हो कि ओर्जिनल चिन्नै गाह्रो

    सामान्यतः म ब्राण्डेड कपडा लगाउन मन पराउँछु। बरु अलि ढिलो किन्छु तर दरबारमार्ग गएर शोरुमबाटै किन्छु। तर बाहिर फेन्सीदेखि फूटपातसम्म ब्राण्डेड कपडाको ट्यागमा कपडाहरु बेचिन्छन्। हेर्दा उस्तै लाग्छ तर मूल्य शोरुमको भन्दा निकै कम हुन्छ।

    सबिन राई, शान्तिनगर, काठमाडौं

  • w
  • ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’ ‘बार्गेनिङ गर्न नजानेर सधै ठगिन्छु’

    सामान खरिद गर्दा म खासै बार्गेनिङ गर्न जान्दिनँ। त्यसकारण सधै चिनजानको पसलमा मात्र जान्छु। एकपटक मैले चिनजानको पसलबाट लोटस कम्पनीको सन ब्लक क्रिम ३ सय ९५ रुपैयाँमा किनेकी थिएँ। त्यसको भोलिपल्ट एकजना साथी मेरो घरमा आइन् र त्यो सनब्लक देखाउँदै भनिन् ‘तिमीले र मैले त एउटै कम्पनीको सनब्लक प्रयोग गर्दा रहेछौँ’ अनि मैले सोधेँ ‘कतिमा किन्यौ नि तिमीले?’ उनले जवाफ दिइन् ‘२ सय ८० रुपैयाँमा किनेको १ हप्ता अगाडि।’

    रक्षा कार्की, काँडाघारी

  • tata
  • सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु सँगै पढेका साथीहरु विदेश गए, तर म यही हस्तकला बेचेर वर्षमा २०/२५ लाख कमाउछु

    मेरो घर नुवाकोट हो। मैले आरआर क्याम्पसबाट स्नात्तोकोत्तर तह पास गरेको छु । कतिपय मेरा साथी लाखौ खर्च गरेर अष्ट्रिलिया अमेरिकातिर लागे मैले नेपालमै केही गरौ भनेर सानो लागानीमा नेपाली हस्तकलाको व्यवसाय संचालन गरे, ठमेल चाक्सिबारी मार्गमा मेरो हेल्पिङ एण्ड ह्याण्डिक्याफ्ट पसल छ।

    विश्वास खतिवडा

  • घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ? घुमन्ते व्यापारीले किन दिन्छन् यति सस्तोमा ?

    काँधमा कपडा बोकेर घुमन्ते व्यापारीहरुले सामान लिएर गाउँ–गाउँमा आइरहेको म देख्छु। सुरुमा तिनीहरुको निकै महँगो मूल्य भन्छन्। सुरुमा किन्न दवाव पनि दिन्छन्। पछि जिस्केर ‘भर्खरै दुई हजार निकाल्नु सबै सामान दिन्छु’ भन्छन्।

    अनिल भण्डारी, चितवन

  • नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन् नेपालमै उत्पादित बस्तु पनि गुणस्तरीय छन्

    म अहिले नेपालमा उत्पादित लिची जुस र पोल्याण्डको उत्पादित एक्स एल जुसको ललितपुर मार्केटिङ म्यानेजर हुँ। पहिला पनि नेपालमै उत्पादित बियरको मार्केटिङ हेर्ने गरेको थिएँ। पहिला नेपाली उत्पादनको धेरैले वास्ता गर्दैनथे।

    केदारआले मगर, काठमाडौं

  • साउदीमा भन्दा नेपालमा महँगो साउदीमा भन्दा नेपालमा महँगो

    म वैदेशिक रोजगारीको शिलशिलामा करिव ३ बर्ष साउदी अरब बसेँ। त्यहाँ धेरैजसो दैनिक उपभोग्य सामाग्री निकै सस्तो थियो। ७ रियालमा १ किलो कुखुराको मासु, १ रियालमा कोकाकोला र ५० पैसामा १ लिटर पेट्रोल आउँथ्यो।

    सुरज भण्डारी, चितवन

  • हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव हाटबजारदेखि अनलाइन सपिङसम्मको अनुभव

    पहिले पहिले हामी आमा बुबासँग हाटबजार जान्थ्यौँ र हप्ताभरीको सामान किन्थ्यौँ। त्यसपछि विस्तारै पसलहरु बढ्दै गए, घरछेउमै पसलहरु खुल्न थाले। कतिपयले त घरअगाडि नै तरकारी फलफूल ठेलामा ल्याउन थाले।

    आयुष न्यौपाने, चितवन

  • भान्साको सामान पसलपिच्छे फरक भान्साको सामान पसलपिच्छे फरक

    म त्रिचन्द्र क्याम्पसको बिएसी तेस्रो वर्षको बिद्यार्थी हुँ । म अंकलसँग बस्ने भएकाले भान्सामा चाहिने सामान किन्न प्रायः म आफै जाने गरेको छु। तेलदेखि चामलसम्मका खाद्यान्न र अन्य फूटकर सामान किन्नुर्दा पसलैपिच्छे फरक फरक मूल्य पाउँछु।

    प्रदीपसिंह लोथ्याल

लोकप्रिय

सूचनापाटी