दश वर्षभित्र दश लाख रोजगारी!

  • Get News Alerts

औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । 
 
मन्त्रालयले यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग आज आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो । 
 
दश वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने गरी तयारीका साथ योजना बनाइएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए।  
 
‘साना उद्योगको विकासले रोजगारी बढाउन सहयोग पुग्छ, ठूला उद्योगले रोजगारी सिर्जनाका साथै देशको आर्थिक विकासमा योगदान गर्छ’ जोशीले भने,‘संविधान निर्माण भएपछि नेपालमा शान्ति स्थापना भएकाले लगानीको वातावरण बनेको छ, यो वातावरणमा लगानी गर्न हामी सबै मित्रराष्ट्रलाई आग्रह गर्छौ।’  
 
लगानीकर्तालाई कानुनी रुपमा कुनै समस्या नहुने गरी नीति निर्माण गर्ने प्रतिबद्धता पनि मन्त्री जोशीले जनाए। 
 
छलफलमा नेपालस्थित जापानी राजदूत मासासी ओगावा, फिनल्यान्डका राजदूत योर्मा सुमान्तो, ब्राजिलका राजदूत मारिया टेरेसा मेस्कुटा पेसोआ, संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्बीलगायत अमेरिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी), युरोपियन युनियन, हबिब बैंक र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का प्रतिनिधिले लगानीको वातावरण बनाउन सरकारले जग्गा प्राप्तिलाई सहज बनाउनुपर्ने, लगानीका लागि सरकारका विभिन्न निकायमा धाउनुपर्ने झन्झटलाई औद्योगिक ऐनमा भएको व्यवस्थाअनुरुप एकल विन्दु सेवाको स्थापना गरिनुपर्नेमा जोड दिए। 
 
मन्त्रालयले नेपालमा औद्योगीकरण लागि विदेशी लगानी भित्र्याउने उद्देश्यले गत फागुन २२ र २३ गते लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा विदेशी लगानीकर्ताले १४ खर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । 
 
यसका लागि आगामी दिनमा निजी क्षेत्रका उद्योगी व्यवसायीसँग पनि छलफल गरिने मन्त्रालयले जनाएको छ । रासस  

प्रतिकृया दिनुहोस

थप समाचार

  • श्रम एेनमा ब्यापक सुधार: उद्योगमा हड्ताल गर्न ९० दिनको प्रक्रिया पूरा गर्नुपर्ने

    श्रम एेनमा ब्यापक सुधार: उद्योगमा हड्ताल गर्न ९० दिनको प्रक्रिया पूरा गर्नुपर्ने उद्योग तथा कलकारखानामा कार्यरत श्रमिकहरुले बन्द हडताल गर्नको लागि तीन महिनाभन्दा बढी समय र पाँच तहका प्रक्रिया पुरा गर्नुपर्ने भएको छ। व्यवस्थापिका संसदबाट पारित श्रम ऐन २०७२ ले गरेका नयाँ व्यवस्था अनुसार श्रमिकहरुले गैरकानूनी हडताल गर्न नपाइने र त्यसरी गरे उक्त समयको तलब, भत्ता कटौति हुने भएको छ।

  • श्रम र सामाजिक सुरक्षा कानूनबाट श्रमिक तथा व्यवसायी सन्तुष्ट

    श्रम र सामाजिक सुरक्षा कानूनबाट श्रमिक तथा व्यवसायी सन्तुष्ट रोजगारदाता र श्रमिकबीच उत्पन्न विवादले उद्योग क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको भन्दै श्रम समस्यालाई मुख्य तगारोको रुपमा देखाउने गरिएको थियो। तर व्यवसायी र श्रमिकका प्रतिनिधिबीचको सहमतिबाटै नयाँ कानूनहरु बनेपछि दुवै पक्ष सन्तुष्ट देखिएका छन्।

  • सशस्त्र प्रहरीले २५ सय नयाँ भर्ना लिँदै

    सशस्त्र प्रहरीले २५ सय नयाँ भर्ना लिँदै सशस्त्र प्रहरीले २५ सय नयाँ कर्मचारी माग गरेको छ। आजदेखि आगामी भदौ २८ गतेसम्म इच्छुकले आवेदन बुझाउन सक्नेछन्। २३ सय प्रहरी जवान, भान्छे १०५, केश कतर्क २५, सूचीकार १५, चर्मकर्मी २० र कूचीकार ३५ जना माग गरिएको छ।

  • स्वीडेनबाट कामदारको माग, श्रम मन्त्रालयको कारण कामदार पठाउन सकिएन

    स्वीडेनबाट कामदारको माग, श्रम मन्त्रालयको कारण कामदार पठाउन सकिएन युरोपको स्वीडेनबाट नेपाली कामदारको माग आएको छ। १ सय ८५ जना नेपाली कामदारको माग आएको नेपाल वैदेशिक रोजगार संघले जनाएको छ। फलफुल टिप्ने कामका लागि स्वीडेनको एक प्रतिष्ठित कम्पनीले माग पठाएको संघका अध्यक्ष रोहन गुरुङले बताए। मासिक २ लाख १३ हजार तलव दिने प्रतिबद्धतासहित नेपाली कामदारको माग आएको गुरुङले बताए।

  • 'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो'

    'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो' एनजिओको जागिर हुँदै अन्जानबस खानपुगेको म्यानपावरको जागिरपछि उनी वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनको नेतृत्वमा पुग्ने आँट गरिरहेकी छिन्। वैदेशिक रोजगार मंचको तर्फबाट आसन्न अधिवेसनमा उनले महासचिवमा उमेद्वारी दिने तयारी गरेकी छिन् ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी