साउदीले सपिङ मलमा विदेशी कामदार नलिने!

  • Get News Alerts

साउदी अरबले सपिङ मलमा विदेशी कामदार नलिने भएको छ। साउदी सरकारले आफ्ना नागरिकहरुलाई रोजागारीको अवसर दिनेभन्दै विदेशीहरुलाई सपिङ मलमा काम गर्न प्रतिबन्ध लगाउने जनाएको छ। साउदी श्रम मन्त्रालयका प्रवक्ता खालेद अबा अल खालीको ट्वीटलाई उल्लेख गर्दै ब्लुमवर्गले लेखेको समाचार अनुसार यो निर्णयको बारेमा बिस्तृत जानकारी भने खुलाइएको छैन। 
 
आर्थिक स्रोतलाई विविधिकरण गरेर आर्थिक अवस्था सुदृढ गर्ने लक्ष्य लिएको साउदीले बेरोजगारीको दर न्यूनिकरण गर्ने लक्ष्य लिएको छ। साउदीले यो निर्णय कार्यन्वयन गरेमा नेपालीहरु पनि प्रभावित हुनेछन्। जहाँ नेपालीहरु पनि विभिन्न सपिङ मलमा काम गर्न जान्छन्। 

प्रतिकृया दिनुहोस

थप समाचार

  • पैसा कमाउन खाडी गइरहनुपर्दैन

    पैसा कमाउन खाडी गइरहनुपर्दैन सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ। दुई बूढाबूढी, जेठो, कान्छो छोरो र एकजना सहयोगीका साथ बाख्रापालन गरिरहेका सुवेदीको पहिलो भनाइ छ ‘पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ’। उनले बाख्रापालन २०७० को असारमा सुरु गरेका हुन्। बाख्रापालन व्यवसायले काम र दाममात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उनको भनाइ छ।

  • इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस्

    इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस् केयर गिभरमा इजरायल जानका लागि ६० जना युवाहरु छनौट भएका छन्। इजरायलको पपुलेसन एण्ड इमिग्रेसन अथ्योरिटी (पिआइबिए)ले १ सय जनाको नाम छनौट गरी पठाएकोमा पुनः भाषा परीक्षा लिई १८ पुरुष र ४२ जना महिला छनौट भएको वैदेशिक रोजगार विभागले जनाएको छ। कामका लागि आउने युवामा ८० प्रतिशत महिला हुनुपर्ने पिआईबिएको शर्तअनुसार २० प्रतिशत पुरुषले मात्रै यो अवसर पाउने छन्।

  • वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस्

    वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस् वैदेशिक रोजगारका क्रममा परेका समस्याहरु तपाईले अब अनलाइनबाटै सरकारलाई भन्न पाउनुहुने भएको छ। तपाईका समस्यालाई सरकारले जतिसक्दो चाँडो सम्वोधन गर्नेछ र तपाईको समस्या समाधानका लागि के भइरहेको छ भन्ने कुरा पनि अनलाइनबाटै थाहा पाउनुहुनेछ। विदेशमा रहेका आफन्तको खोजतलास तथा उद्धार गर्नुपरे, मृत्यु भएका आफन्तको शव झिकाउनु परे, कामदार तथा तिनमा परिवारले पाउनुपर्ने क्षतिपूर्तिको माग गर्नुपरे लगायतका वैदेशिक रोजगार सम्बन्धी समस्याका बारेमा नेपाल सरकारलाई अनलाइनबाट निवेदन दिन सकिन्छ।

  • साउदीमा अवैध बसेकालाई बर्हिगमन भिसा, असार १४ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने

    साउदीमा अवैध बसेकालाई बर्हिगमन भिसा, असार १४ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने वैदेशिक रोजगारका क्रममा साउदी अरब गएर अवैध रुपमा बस्दै आएका नेपाली कामदार आगामी असार १४ गतेभित्र स्वदेश फर्किसक्नु पर्ने भएको छ। साउदी सरकारले आममाफी दिएको समय असार १४ गते सकिन्छ। साउदी सरकारले गत चैत १६ गतेदेखि आममाफी लागू गर्दै त्यसको ९० दिनभित्र साउदी छाड्न चेतावनी दिएको थियो।

  • भारत हुँदै दुबई पुगेका ३५ नेपाली महिला विमानस्थलबाटै फिर्ता

    भारत हुँदै दुबई पुगेका ३५ नेपाली महिला विमानस्थलबाटै फिर्ता भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युयई)को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ। फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली उडानबाट मंगलबार दिउँसो काठमाडौँ आइपुगेका छन् ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी