वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस्

  • Get News Alerts

वैदेशिक रोजगारका क्रममा परेका समस्याहरु तपाईले अब अनलाइनबाटै सरकारलाई भन्न पाउनुहुने भएको छ। तपाईका समस्यालाई सरकारले जतिसक्दो चाँडो सम्वोधन गर्नेछ र तपाईको समस्या समाधानका लागि के भइरहेको छ भन्ने कुरा पनि अनलाइनबाटै थाहा पाउनुहुनेछ।  
 
विदेशमा रहेका आफन्तको खोजतलास तथा उद्धार गर्नुपरे, मृत्यु भएका आफन्तको शव झिकाउनु परे, कामदार तथा तिनमा परिवारले पाउनुपर्ने क्षतिपूर्तिको माग गर्नुपरे लगायतका वैदेशिक रोजगार सम्बन्धी समस्याका बारेमा नेपाल सरकारलाई अनलाइनबाट निवेदन दिन सकिन्छ। 
 
निवेदन गर्नका लागि इन्टरनेट ब्राउजरको एड्रेस टुलबारमा गई www.nepalconsular.gov.np टाइप गरी Enter वटन थिच्नुहोस्। अब नेपाल सरकार कन्सुलर सेवा विभागको होम पेज खुल्नेछ। उक्त होम पेजमा रहेको Online Legal Services मा क्लिक गर्नुहोस्। 
 
उक्त अप्सनको वटनमा क्लिक गरेपछि कन्सुलर तथा कानुनी परामर्श नामको नयाँ पेज खुल्नेछ। जहाँ तपाईले निवेदन दिन सक्ने विषयहरु लेखिएका छन्। जस अन्र्तगत तपाईले निवेदन दिन चाहेको विषयमा क्लिक गर्नुहोस­
 
१. खोजतलास र उद्धार सम्बन्धी कार्य
२. विदेशबाट मृतकको शव झिकाउने
३. घाइते वा मृतकको क्षतिपूर्तिका लागि निवेदन
४. अधिकृत वारेशनामाको आधिकारिकता सम्बन्धमा
५. गुनासो/समस्या
 
अब तपाइले निवेदन दिने विषय छनोट गरेपछि पुराना आवेदकहरुका लागि Sign In र नयाँ आवेदन दिनको लागि Sign Up गर्ने विकल्प (अप्सन) सहितको पेज खुल्नेछ।त्यस पेजमा सम्पूर्ण जानकारीहरु भरी Register मा क्लिक गरेपछि Congratulation! Your registration completed successfully भन्ने पेज देखिनेछ।
 
यस पेजमा तपाईको Username, Security, Question   र त्यसको Answer देखा पर्दछ। उक्त कुराहरुलाई नोट वा याद गर्नुहोस्। ति कुराहरु तपाईले दिएको निवेदनमा भएको उपलब्धि बारे थाहा पाउन तथा पासवर्ड भुलेको खण्डमा रिकोभरी गर्न उपयोगी हुनेछन्।
 
अब निवेदन दिनको निम्ती Go to Home मा क्लिक गर्नुहोस्। त्यसपछि खोजतलास तथा उद्धार सम्बन्धी कार्य लेखिएको नयाँ पेज खुल्नेछ। निवेदन दिनको लागि त्यसमा रहेको Online Application मा क्लिक गर्नुहोस।
 
त्यसपछि खोजतलास तथा उद्धार सम्बन्धी कार्यका लागि दिने निवेदन खुल्नेछ। उक्त निवेदनमा आवश्यक जानकारी भर्नुहोस र निवेदनको तल रहेको Add Documents मा क्लिक गरी तपाईसँगै वा सम्वन्धित कामदारसँग भएका आवश्यक कागजपत्रहरु स्क्यान गरी अपलोड गर्नुहोस्।
 
अब खोजतलास तथा उद्धार गर्नुपर्ने व्यक्तिसँग सम्बन्धी कागजपत्रहरु अपलोड गर्न Add Documents मा क्लिक गर्नुहोस। (जति कागजपत्र अपलोड गर्नुपर्ने छ त्यतिनै पटक Add Documentsमा क्लिक गर्नुहोस) र Choose file भन्ने अप्सनमा क्लिक गरी कागजपत्रहरु अपलोड गरी तिनको नाम दिनुहोस।
 
अन्तमा The information provided above is correct भन्ने अप्सनमा क्लिक गरी Submit गर्नुहोस्। त्यसपछि तपाईले दिएको निवेदन कन्सुलर सेवा विभागमा पुगेको जानकारी दिने  Application has been sent भन्ने सूचनासहित नयाँ पेज खुल्नेछ।
 
अब तपाईले दिनुभएको निवेदनमा भएको प्रगति विवरण थाहा पाउन View Status भन्ने अप्सनमा क्लिक गर्नुहोस्। यद्यपी निवेदनमा भएको प्रगति बारे थाहा पाउन केही वा दिन पनि लाग्न सक्नेछ। उक्त पेजमा तपाईले दिएको निवेदनमा नेपाल सरकारको कुनै निकायबाट कस्तो कदम चालिएको छ वा त्यसमा भएको उपलब्धी बारे थाहा पाउन सक्नुहुनेछ।
 
यति गरिसकेपछि Login In गरेको खाताबाट बाहिर निस्कन निवेदकको नाम देखाएको अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि Log Out  देखा पर्छ। त्यसमा क्लिक गरी सहजै बाहिरीनुहोस्। थप जानकाररीको लागि कन्सुलर सेवा विभागको फोन नम्बर ०१ ४२६०१०८ तथा ४२६०१२१ मा पनि सम्पर्क गर्न सकिनेछ। 

प्रतिकृया दिनुहोस

थप समाचार

  • श्रम एेनमा ब्यापक सुधार: उद्योगमा हड्ताल गर्न ९० दिनको प्रक्रिया पूरा गर्नुपर्ने

    श्रम एेनमा ब्यापक सुधार: उद्योगमा हड्ताल गर्न ९० दिनको प्रक्रिया पूरा गर्नुपर्ने उद्योग तथा कलकारखानामा कार्यरत श्रमिकहरुले बन्द हडताल गर्नको लागि तीन महिनाभन्दा बढी समय र पाँच तहका प्रक्रिया पुरा गर्नुपर्ने भएको छ। व्यवस्थापिका संसदबाट पारित श्रम ऐन २०७२ ले गरेका नयाँ व्यवस्था अनुसार श्रमिकहरुले गैरकानूनी हडताल गर्न नपाइने र त्यसरी गरे उक्त समयको तलब, भत्ता कटौति हुने भएको छ।

  • श्रम र सामाजिक सुरक्षा कानूनबाट श्रमिक तथा व्यवसायी सन्तुष्ट

    श्रम र सामाजिक सुरक्षा कानूनबाट श्रमिक तथा व्यवसायी सन्तुष्ट रोजगारदाता र श्रमिकबीच उत्पन्न विवादले उद्योग क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको भन्दै श्रम समस्यालाई मुख्य तगारोको रुपमा देखाउने गरिएको थियो। तर व्यवसायी र श्रमिकका प्रतिनिधिबीचको सहमतिबाटै नयाँ कानूनहरु बनेपछि दुवै पक्ष सन्तुष्ट देखिएका छन्।

  • सशस्त्र प्रहरीले २५ सय नयाँ भर्ना लिँदै

    सशस्त्र प्रहरीले २५ सय नयाँ भर्ना लिँदै सशस्त्र प्रहरीले २५ सय नयाँ कर्मचारी माग गरेको छ। आजदेखि आगामी भदौ २८ गतेसम्म इच्छुकले आवेदन बुझाउन सक्नेछन्। २३ सय प्रहरी जवान, भान्छे १०५, केश कतर्क २५, सूचीकार १५, चर्मकर्मी २० र कूचीकार ३५ जना माग गरिएको छ।

  • स्वीडेनबाट कामदारको माग, श्रम मन्त्रालयको कारण कामदार पठाउन सकिएन

    स्वीडेनबाट कामदारको माग, श्रम मन्त्रालयको कारण कामदार पठाउन सकिएन युरोपको स्वीडेनबाट नेपाली कामदारको माग आएको छ। १ सय ८५ जना नेपाली कामदारको माग आएको नेपाल वैदेशिक रोजगार संघले जनाएको छ। फलफुल टिप्ने कामका लागि स्वीडेनको एक प्रतिष्ठित कम्पनीले माग पठाएको संघका अध्यक्ष रोहन गुरुङले बताए। मासिक २ लाख १३ हजार तलव दिने प्रतिबद्धतासहित नेपाली कामदारको माग आएको गुरुङले बताए।

  • 'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो'

    'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो' एनजिओको जागिर हुँदै अन्जानबस खानपुगेको म्यानपावरको जागिरपछि उनी वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनको नेतृत्वमा पुग्ने आँट गरिरहेकी छिन्। वैदेशिक रोजगार मंचको तर्फबाट आसन्न अधिवेसनमा उनले महासचिवमा उमेद्वारी दिने तयारी गरेकी छिन् ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी