पैसा कमाउन खाडी गइरहनुपर्दैन

  • Get News Alerts

मोरङको दर्वेशा १ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाए। त्यसपछि उनले युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशामा व्यावसायिक बाख्रापालन सुरु गरे। 
 
सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ। दुई बूढाबूढी, जेठो, कान्छो छोरो र एकजना सहयोगीका साथ बाख्रापालन गरिरहेका सुवेदीको पहिलो भनाइ छ ‘पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ’। उनले बाख्रापालन २०७० को असारमा सुरु गरेका हुन्। बाख्रापालन व्यवसायले काम र दाममात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उनको भनाइ छ। 
 
अहिले सुवेदीको गोठमा एक सय बढी बाख्रापाठा छन्। स्थानीय जातका बाख्रामा उन्नत जातको बोको लगाएर उत्पादन गरिएका बोका–पाठीको माग धान्न उनलाई हम्मे–हम्मे छ। ‘जन्मिनेबित्तिकै बुकहुन्छ’ फणीन्द्रकी पत्नी सावित्राले हौसिँदै भनिन्। ‘दुई बिगाहा जग्गामा धानखेती गर्दा पनि घरको गर्जो टार्न नसकेर छोरालाई वैदेशिक रोजगारमा पठाउनुभएका फणीन्द्रले बाख्रापालनमा पैसा देखेपछि जेठो छोरा टेकनाथलाई पनि घर बोलाएको बताए। 
 
आफ्नै घरमा व्यवसाय गर्न छोरालाई बोलाएको सावित्राको भनाइ छ। उनीहरुले अहिले धान रोप्न छोडेर एक बिगाहामा उन्नत जातको बाख्राको घाँस लगाएका छन्। तीन वर्षको अवधिमा बाख्रापालनमा उनिहरुको १० लाख लगानी भइसकेको छ। तर, लगानी भएसँगै बोकापाठी बेचेर झन्डै वार्षिक १६ लाख आम्दानी लिइसकेका छन्। 
 
 
एक सय पचास माउ बाख्रा बनाउने लक्ष्यका साथ व्यवसायमा होमिएका सुवेदी भन्छन् ‘अहिले भएका बाख्रा र तीनवटा बोकाको न्यूनतम मूल्य नै पाँच लाखभन्दा धेरै हुन्छ’। व्यवसाय गर्न छिमेकी गाविस व्यरवन–१ हरकपुरको बालसूर्य बचत तथा ऋण सहकारी संस्था लिले युवा स्वरोजगार कोषको दुई लाख कर्जा उपलब्ध गराएको हो। सोही रकमलाई परिचालन गरी व्यवसाय सुरु गरेका सुवेदी आगामी दिनमा मासुका लागि खसी पनि पाल्ने सोचाइमा छन्। 
 
बोका–पाठीको माग धान्नै गाह्रो भएकाले हाललाई यही व्यवसाय विस्तार गर्ने उनले बताए। श्वाससहितको बोका प्रतिकेजी एक हजार र पाठी प्रतिकेजी रु ७०० का दरले बिक्री गरिरहेका सुवेदी आफ्नै गाउँमा अझै ८–१० वटा फार्म सञ्चालन गर्नुपर्ने बताउछन्। तीन महिनाको बोको २०–२२ केजीको हुन्छ। यही मूल्यमा बेच्दा पनि एउटा बोकाको मूल्य सामान्यतयाः २० हजार पर्छ। उनले पैसा कमाउन विदेश गइरहनु नपर्ने तर्क दिँदै भने। 
 
मुलुकका धेरै स्थानमा युवा स्वरोजगार कोषको रकम दुरुपयोय भइरहेको खबर सञ्चारमाध्यममा आइरहेका बेला बाल सूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमचन्द्र भण्डारीले भने आफ्नो संस्थामार्फत लगानी भएको रकम साँच्चीकै आय आर्जनमा लगानी भएको दाबी गरे। भण्डारीका अनुसार संस्थाले गाईभैँसीपालन, कुखुरापालन, बङ्गुरपालन, व्यापार र घरेलु उद्योगमा ४० लाख लगानी गरेको छ। उनले सबै सेयर सदस्यले लगानीलाई आय आर्जनमा परिचालन गरेको बताए। रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • 'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो'

    'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो' एनजिओको जागिर हुँदै अन्जानबस खानपुगेको म्यानपावरको जागिरपछि उनी वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनको नेतृत्वमा पुग्ने आँट गरिरहेकी छिन्। वैदेशिक रोजगार मंचको तर्फबाट आसन्न अधिवेसनमा उनले महासचिवमा उमेद्वारी दिने तयारी गरेकी छिन् ।

  • कोरियन भाषा परीक्षाका लागि २६ केन्द्र तय, परीक्षा दुई सिफ्टमा हुने

    कोरियन भाषा परीक्षाका लागि २६ केन्द्र तय, परीक्षा दुई सिफ्टमा हुने आगामी जेठ २७ र २८ गते हुने कोरियन भाषा परीक्षाका लागि केन्द्रहरु तोकिएको छ। इपिएस कोरिया शाखाले दुई सिफ्टमा परीक्षा संचालन गर्नेगरी राजधानीका विभिन्न स्कुल तथा कलेज गरी २६ केन्द्रहरु निर्धारण गरेको छ। पहिलो सिफ्टको परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्टको परीक्षा १२ बजेदेखि २ बजेसम्म हुने इपिएस शाखाले जनाएको छ। यो वर्ष ७५ हजार ६ सय १२ युवाले रोजगारीका लागि इपिएस परीक्षामा सहभागी हुनेछन्।

  • इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस्

    इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस् केयर गिभरमा इजरायल जानका लागि ६० जना युवाहरु छनौट भएका छन्। इजरायलको पपुलेसन एण्ड इमिग्रेसन अथ्योरिटी (पिआइबिए)ले १ सय जनाको नाम छनौट गरी पठाएकोमा पुनः भाषा परीक्षा लिई १८ पुरुष र ४२ जना महिला छनौट भएको वैदेशिक रोजगार विभागले जनाएको छ। कामका लागि आउने युवामा ८० प्रतिशत महिला हुनुपर्ने पिआईबिएको शर्तअनुसार २० प्रतिशत पुरुषले मात्रै यो अवसर पाउने छन्।

  • वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस्

    वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस् वैदेशिक रोजगारका क्रममा परेका समस्याहरु तपाईले अब अनलाइनबाटै सरकारलाई भन्न पाउनुहुने भएको छ। तपाईका समस्यालाई सरकारले जतिसक्दो चाँडो सम्वोधन गर्नेछ र तपाईको समस्या समाधानका लागि के भइरहेको छ भन्ने कुरा पनि अनलाइनबाटै थाहा पाउनुहुनेछ। विदेशमा रहेका आफन्तको खोजतलास तथा उद्धार गर्नुपरे, मृत्यु भएका आफन्तको शव झिकाउनु परे, कामदार तथा तिनमा परिवारले पाउनुपर्ने क्षतिपूर्तिको माग गर्नुपरे लगायतका वैदेशिक रोजगार सम्बन्धी समस्याका बारेमा नेपाल सरकारलाई अनलाइनबाट निवेदन दिन सकिन्छ।

  • साउदीमा अवैध बसेकालाई बर्हिगमन भिसा, असार १४ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने

    साउदीमा अवैध बसेकालाई बर्हिगमन भिसा, असार १४ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने वैदेशिक रोजगारका क्रममा साउदी अरब गएर अवैध रुपमा बस्दै आएका नेपाली कामदार आगामी असार १४ गतेभित्र स्वदेश फर्किसक्नु पर्ने भएको छ। साउदी सरकारले आममाफी दिएको समय असार १४ गते सकिन्छ। साउदी सरकारले गत चैत १६ गतेदेखि आममाफी लागू गर्दै त्यसको ९० दिनभित्र साउदी छाड्न चेतावनी दिएको थियो।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी