'म्यानपावर व्यवसायी संघको महासचिवमा अब मेरो पालो'

  • Get News Alerts

झण्डै २० वर्ष अघि एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्थिन् तर उनले काम गर्ने संस्था देशको अवस्थाको कारण बन्द हुने अवस्था आयो। संस्था नै बन्द भएपछि उनले पत्रिकामा जागिर खुलेको विज्ञापन देखिन र आवेदन दिइन् आइएनजिओ नै ठानेर।
 
तर उनले जहाँ आवेदन दिएकी थिइन् त्यो एनजिओ नभएर म्यानपावर थियो। अर्थात विदेश काम गर्न जाने नेपालीहरुलाई पठाउने एउटा संस्था थियो। यसरी थाहा नपाएर ललितपुर लुभुकी सुवर्ण श्रेष्ठ वैदेशिक रोजगार व्यवसायमा जागिर खान थालिन्।
 
सुरुमा उनलाई विदेश जाने नेपालीहरुले पाएको दुःख समस्या बाहिर सुनेको देखेको  कारणले खराब ठाउँमा गएजस्तो पनि नलागेको होइन तर उनले उक्त ठाउँमा काम सिकेको बताउँछिन्।
 
‘मैले त्यहाँ ९ महिना काम गरेर व्यवसायका सबै सीप सिके’ उनले भनिन्,‘त्यसपछि मैले बाँकी २ म्यानपावरमा तीनवर्षजति काम गरे।’ उनले करिब चारवर्ष म्यानपावरमा काम गरिन् त्यही उनको टर्निङ बन्यो सायद जीवनकै। किनकी उनले त्यही कामबाट आत्मविश्वास हासिल गरिन् कि आफैँ व्यवसाय गर्ने।  आफैँ सकिन्छ भनेर उनले २०६४ सालमा मदिना इन्टरनेशनल प्रालि स्थापना गरिन् ।
 
यसरी एनजिओको जागिर हुँदै अन्जानबस खानपुगेको म्यानपावरको जागिरपछि उनी  वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनको नेतृत्वमा पुग्ने आँट गरिरहेकी छिन्। वैदेशिक रोजगार मंचको तर्फबाट आसन्न अधिवेसनमा उनले महासचिवमा उमेद्वारी दिने तयारी गरेकी छिन् । यसअघि मंच, संघमा विभिन्न ठाउँमा बसेर सांगठनिक जिम्मेवारी सम्हालिसकेकी छन्।
 
कामप्रतिको इमान्दारिता, व्यवसायप्रतिको दायित्व र व्यावसायिक हकहितप्रति आफू सुरुदेखि नै अटल भएर लागेकोले सुरुदेखि नै व्यवसायीहरुबीच स्थापित भएको उनको दाबी छ। सदस्य भएपछि संघको सचिवमा निर्वाचित भएकी सुवर्ण अहिले महासचिवको दावेदारी प्रस्तुत गरेकी छन्। हुन त उनी अघिल्लो अधिवेसनमै सो पदको लागि उठ्ने विचार गरेकी उनले त्यतिवेला रोहन गुरुङको लागि बाटो खुल्ला गरिदिइन्।
 
उनी महासचिवको दावेदारी दिँदैगर्दा यो क्षेत्रको व्यवसायलाई मर्यादित र कामदारको सुरक्षाको लागि लागिपर्ने बताउँछिन्। एजेन्टदेखि नेपाली कामदारले स्वदेशदेखि विदेशसम्म भोग्ने समस्या समाधानका एजेन्डा भएका र महासचिव निर्वाचित भएपछि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने बताउँछिन्।
 
उनको पहिलो एजेन्डा छ, जहाँबाट विदेश जानेहरुले पासपोर्ट लिन्छन्  त्यही अभिमुखीकरण तालिमको व्यवस्था हुनुपर्ने त्यसको लागि वैदेशिक रोजगार प्रबद्धृन बोर्डले पहल गर्नुपर्ने त्यसमा संघले सहकार्य गर्ने उनको भनाइ छ।
 
व्यवसायीमात्र होइन कामदार, सरकार, व्यवसायी सबैले उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने उनको बुझाइ छ। एजेन्टहरुको समस्या समाधान गर्नको लागि म्यानपावरबाटमात्र अनुमति दिनेभन्दा पनि प्रशासन कार्यालयबाट अनुमति दिनुपर्ने उनको बिचार छ।
 
‘एउटा एजेन्टले एउटा म्यानपावरमामात्र काम गर्दैन, उसले विभिन्न ठाउँमा काम गर्छ त्यसैले प्रशासनबाट अनुमति दिने व्यवस्था गर्नुपर्छ।’ उनले भनिन्। उनी व्यावसायिक हकहितमात्र होइन कामदारको सुरक्षा, कल्याण र नेपालीहरुले विदेशमा राम्रो काम, धेरै आम्दानी कसरी गर्नसक्छन् भनेर सबै चिन्तित हुनुपर्ने बताउँछिन्।
 
‘नेपालीले विदेशमा नेपाली सुरक्षित काम र राम्रो आम्दानी पाउनको लागि सीप सिक्नुपर्छ’ उनले भनिन्, ‘यसको लागि सरकारमात्र होइन हामी आफैँपनि संगठितरुपमा आवासिय तालिम केन्द्र खोल्न सक्छौं जहाँबाट दक्ष कामदार आउँछन्।’
 
आफू महासचिव भएपछि संस्थागतरुपमा नै यस्ता काममा लागिपर्ने र सकेसम्म यो क्षेत्रलाई मर्यादित, आक्षेपमुक्त बनाउने उनको योजना छ। महिला कामदारलाई विदेश काम गर्न जान रोकिएको सन्दर्भमा उनी सहमत छैनन्। पुरुष जान पाउने तर महिला जान नपाउने व्यवस्थाप्रति उनको गम्भिर असन्तुष्टि रहेको छ।
 
यसको कारण महिलाहरु झन जोखिममा परेको उनको बुझाइ छ। जब सरकारले कानूनी ढोका बन्द गर्छ तब झन गैरकानूनी  र जोखिमपूर्ण ढोका खोजी हुने भएकोले महिला रोजगारीबारे सरकार गम्भिर हुनुपर्ने उनको भनाइ छ।  महिला रोजागरीलाई व्यवस्थित गराउनतर्फ सरकारले पहल गर्नुपर्ने र त्यसको लागि संघले सहयोग गर्ने र विगतमा पनि गरिरहेको उनले बताइन्।
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • कोरियन भाषा परीक्षाका लागि २६ केन्द्र तय, परीक्षा दुई सिफ्टमा हुने

    कोरियन भाषा परीक्षाका लागि २६ केन्द्र तय, परीक्षा दुई सिफ्टमा हुने आगामी जेठ २७ र २८ गते हुने कोरियन भाषा परीक्षाका लागि केन्द्रहरु तोकिएको छ। इपिएस कोरिया शाखाले दुई सिफ्टमा परीक्षा संचालन गर्नेगरी राजधानीका विभिन्न स्कुल तथा कलेज गरी २६ केन्द्रहरु निर्धारण गरेको छ। पहिलो सिफ्टको परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्टको परीक्षा १२ बजेदेखि २ बजेसम्म हुने इपिएस शाखाले जनाएको छ। यो वर्ष ७५ हजार ६ सय १२ युवाले रोजगारीका लागि इपिएस परीक्षामा सहभागी हुनेछन्।

  • पैसा कमाउन खाडी गइरहनुपर्दैन

    पैसा कमाउन खाडी गइरहनुपर्दैन सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ। दुई बूढाबूढी, जेठो, कान्छो छोरो र एकजना सहयोगीका साथ बाख्रापालन गरिरहेका सुवेदीको पहिलो भनाइ छ ‘पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ’। उनले बाख्रापालन २०७० को असारमा सुरु गरेका हुन्। बाख्रापालन व्यवसायले काम र दाममात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उनको भनाइ छ।

  • इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस्

    इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस् केयर गिभरमा इजरायल जानका लागि ६० जना युवाहरु छनौट भएका छन्। इजरायलको पपुलेसन एण्ड इमिग्रेसन अथ्योरिटी (पिआइबिए)ले १ सय जनाको नाम छनौट गरी पठाएकोमा पुनः भाषा परीक्षा लिई १८ पुरुष र ४२ जना महिला छनौट भएको वैदेशिक रोजगार विभागले जनाएको छ। कामका लागि आउने युवामा ८० प्रतिशत महिला हुनुपर्ने पिआईबिएको शर्तअनुसार २० प्रतिशत पुरुषले मात्रै यो अवसर पाउने छन्।

  • वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस्

    वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस् वैदेशिक रोजगारका क्रममा परेका समस्याहरु तपाईले अब अनलाइनबाटै सरकारलाई भन्न पाउनुहुने भएको छ। तपाईका समस्यालाई सरकारले जतिसक्दो चाँडो सम्वोधन गर्नेछ र तपाईको समस्या समाधानका लागि के भइरहेको छ भन्ने कुरा पनि अनलाइनबाटै थाहा पाउनुहुनेछ। विदेशमा रहेका आफन्तको खोजतलास तथा उद्धार गर्नुपरे, मृत्यु भएका आफन्तको शव झिकाउनु परे, कामदार तथा तिनमा परिवारले पाउनुपर्ने क्षतिपूर्तिको माग गर्नुपरे लगायतका वैदेशिक रोजगार सम्बन्धी समस्याका बारेमा नेपाल सरकारलाई अनलाइनबाट निवेदन दिन सकिन्छ।

  • साउदीमा अवैध बसेकालाई बर्हिगमन भिसा, असार १४ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने

    साउदीमा अवैध बसेकालाई बर्हिगमन भिसा, असार १४ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने वैदेशिक रोजगारका क्रममा साउदी अरब गएर अवैध रुपमा बस्दै आएका नेपाली कामदार आगामी असार १४ गतेभित्र स्वदेश फर्किसक्नु पर्ने भएको छ। साउदी सरकारले आममाफी दिएको समय असार १४ गते सकिन्छ। साउदी सरकारले गत चैत १६ गतेदेखि आममाफी लागू गर्दै त्यसको ९० दिनभित्र साउदी छाड्न चेतावनी दिएको थियो।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी