नेपाली परिवेशमा खेलिने थ्री डी गेम 'पोलिट्रिक्स'

  • Get News Alerts

भूकम्पका कारण ओरालो लागेको नेपालको पर्यटन क्षेत्रलाई फेरि विश्वमाझ चिनाउन आर्क्यूब गेम्सले 'पोलिट्रिक्स'  थ्री डी मोबाइल गेम निर्माण गरेको छ। नेपालका विभिन्न सांस्कृतिक सम्पदा, त्यसको महत्व र अन्य विविध विषयवस्तुका बारेमा गेममार्फत जानकारी प्राप्त गर्न सकिने गेम निर्माता रविन सिल्पकार र रविनशन महर्जनले बताए। 
 
'पोलिट्रिक्सको मुख्य र एक मात्र पात्र नेता हो र उ विभिन्न बाधा व्यवधान पन्छाउँदै राष्ट्रपति बन्ने एक मात्र उद्देश्यका लागि निरन्तर दौडिरहेको हुन्छ। गेमका पात्रले बाटोमा रहेका पैसा र भोट संकलन गर्दै अघि बढ्नुपर्ने र नेताले आफ्नो उद्देश्य प्राप्तिका लागि बाटामा विभिन्न खाल्डाखुल्डी, ट्राफिक जाम लगायतका अन्य बाधाहरु पार गर्नुपर्ने हुन्छ,' सिल्पकारले जानकारी दिए।
 
यसबीचमा गेममा प्रयोग गरिएका पृष्ठभूमिहरु सबै नेपालकै छन् । नेपालका घर, गल्ली, सडक, हिमाल, पहाड, मठ-मन्दिर, गुम्बा सबै तपाईले यस गेममा देख्न सकिनेछ। जसले आफ्नै ठाउँ र गल्लिमा भएको अनुभव हुनेछ भने विदेशीहरुलाई भने नेपालका ति नै वस्तुस्थितिका बारेमा जानकारी गराइने पनि सिल्पकारले बताए। 
 
'गेम खेल्दै जाँदा तपाइले विभिन्न लेभलहरु पार गर्दै जाने र आफ्नो शक्ति बढाउन मद्दत गर्नेछ भने बिभिन्न बहुमुल्य पत्थरहरु पनि पाइनेछ । यि विभिन्न शक्तिहरु पाएसँगै गेमभित्रै रहेका विभिन्न जानकारीहरु प्राप्त गर्नसकिन्छ । जसमा नेपालका विभिन्न धार्मिक मूर्ति, मुकुट, जडिबुटी, इतिहास, धर्मसम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ। गेम खेलिरहेका बेला उबगकभ गरेर नेपालका विभिन्न सांस्कृतिक सम्पदाहरुको तस्विर सहित जानकारी प्राप्त गर्न पनि सकिन्छ,' महर्जन बताउँछन्, यस गेमको मुख्य विशेषता भनेकै नेपालकै विभिन्न पक्ष समेटेर बनाइनु र यहाँका रहेका खेल प्रेमीहरुलाई आफ्नै गाउँ ठाउँको पृष्ठभूमिमा रही गेम खेल्ने र आफ्नो देशका बारेमा थाहा नभएका विभिन्न जानकारी खेलकै माध्यमबाट जानकारी प्राप्त गर्नु हो।'
 
एनिमेशनको प्रयोग गरेर निर्माण गरिएको यस गेममा नेपालको सामाजिक, संस्कृतिक, राजनीतिक र प्राकृतिक परिवेशलाई चित्रण गरिएको निर्माताको भनाइ छ।
 
गेमका लागि मोबाइलमा एन्ड्रोइड अपरेटिङ सिस्टम हुनु पर्छ। प्ले स्टोरमा गई पोलिट्रिक्स गेम डाउनलोड गर्न सकिन्छ।
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • एनसेलले तिर्यो १३ अर्ब ६० करोड कर

    एनसेलले तिर्यो १३ अर्ब ६० करोड कर एनसेलले आज सरकारलाई १३ अर्ब ६० करोड कर भुक्तानी गरेको छ। ठूला करदाता कार्यालयमार्फत कम्पनीले उक्त कर रकम दाखिला गरेको छ। ठुला करदाता कार्यालय स्रोतका अनुसार एनसेलले आइतबार कर दाखिला गरेको हो। टेलियासोनेराबाट अजियाटा कम्पनीले किन्दा लाग्ने २५ प्रतिशत लाभकरमा १५ प्रतिशत दायित्व नेपालमा भएको कम्पनी एनसेल अर्थात अजियाताको रहने र बाँकी १० प्रतिशत दायित्व बिक्रेता अर्थात टेलियाको रहने हालको एनसेलको दाबी रहँदै आएको छ।

  • कसको हो एसटिएम टेलिकम? जसका लागि मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्यो

    कसको हो एसटिएम टेलिकम? जसका लागि मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्यो राजीनामा दिएर कामचलाउ सरकारमा परिणत भइसकेको पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदले गएको सोमबार निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एसटिएमलाई देशैभर सेवा संचालन गर्ने अनुमति (युनिफाइड लाइसेन्स)को लागि बाटो खुल्ला गरिदिएको छ। नियामक निकाय दूरसञ्चार प्राधिकरणले लामो समयदेखि अयोग्य भएको भन्दै रोक्दारोक्दै पनि राजनीतिक शक्तीको आडमा उक्त कम्पनीलाई युनिफाइड लाइसेन्स दिने बाटो खुल्ला गरिएको हो।

  • दाहाल सरकारबाट जाँदाजाँदै एसटिएम टेलिकमलाई ‘युनिफाइड लाइसेन्स’

    दाहाल सरकारबाट जाँदाजाँदै एसटिएम टेलिकमलाई ‘युनिफाइड लाइसेन्स’ एसटिएमले यसअघि पनि एकीकृत लाइसेन्स माग गर्दै प्राधिकरणमा आवेदन दिएको थियो। प्राधिकरणले पर्याप्त पूर्वाधार नभएको र निर्धारित मापदण्ड पूरा नगरेको भन्दै गत मंसिरमै आवेदन अस्वीकृत गरिदिएको थियो। त्यसको छ महिना नबित्दै सञ्चार मन्त्रालयले नियमन निकायको राय बेवास्ता गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेको हो।

  • यी दश एन्ड्रोइड् एप जसले सबभन्दा धेरै ब्याट्री खपत गर्छन्

    यी दश एन्ड्रोइड् एप जसले सबभन्दा धेरै ब्याट्री खपत गर्छन् इन्टरनेट सेक्युरिटी फर्म एभीजीले एन्ड्रोइड स्मार्टफोनमा सबभन्दा धेरै ब्याट्री खपत गर्ने १० एपको सूची सार्वजनिक गरेको छ।फर्मले जारी गरेको सूचीमा गेमिङदेखि सोसल मिडिया एप्ससम्म अटाएका छन् भने यी सबै एप गुगल प्लेस्टोरबाट निशूल्क इन्स्ट्ल गर्न मिल्ने खालका छन्।

  • असार १७ गतेदेखि पोखरालगायतका अन्य सहरमा एनसेलको फोरजी चल्ने

    असार १७ गतेदेखि पोखरालगायतका अन्य सहरमा एनसेलको फोरजी चल्ने आजदेखि काठमाडौंमा चौथो पुस्ताको फोरजी सेवा शुरु गरेको जिएसएम मोबाइल सेवाप्रदायक एनसेलले असार १७ गतेदेखि पोखरा, दमौली लगायतका अन्य सहरहरुमा फोरजी सेवा शुरु गर्ने जनाएको छ।

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी