फाइबर विस्तार एडिएसल सुधार,नेपाल टेलिकमको प्राथमिकता

  • Get News Alerts

सिडिएमए पनि फेजआउटको बाटोमा
नेपाल टेलिकमले आगमी दिनमा इन्टरनेट सेवालाई प्राथमिकता दिने रणनीति बनाएको छ। प्रविधिको विकास र उपभोक्ताहरुको आवस्यकता,चाहनालाई ख्याल गर्दै खरो उत्रन भन्दै इन्टरनेट तथा डाटा सेवालाई परिस्कृत तथा सुधार गर्ने योजना सार्वजनिक गरेको छ। 
पुरानो प्रविधिका सेवाहरुमा मुख्य लगानी रोकेर नयाँ प्रविधिमा विशेष प्राथमिकता दिँदै विस्तारै पुरानो प्रविधिलाई प्रतिस्थापन गर्दै जाने टेलिकमको योजना रहेको छ। सीडीएमए प्रविधिका सबै सेवामा थप लगानी नगर्ने निष्कर्षमा पुगेको टेलिकमले ग्राहकहरु हुन्जेलसम्म सामन्य मर्मतसम्भारमा लगानी भने गरिराख्ने जनाएको छ। 
 
विश्वव्यापीरुपमा एलटिई नेटवर्कमा माइग्रट भइरहेको सन्दर्भमा टेलिकमले पुरानो प्रविधिमा लागनी गरिरहँदा बजारमा प्रतिस्पर्धी क्षमता गुमाउँदै जाने भएकोले नयाँ प्रविधिमा विशेष केन्द्रित हुनेगरी नयाँ योजना अगाडि सारिएको टेलिकमका साहयक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए। 
हाल टेलिकमले सिडिएमए प्रविधिमा इभिडिओ सिडिएमए सर्भिस, स्काइ डेटा सेवा दिइरहेको छ। त्यस्तै टेलिकमले  पिएसटिएन फिक्स्ड ल्याण्डलाइन, वाइम्याक्स, डायलअप इन्टरनेट, ब्रोडव्याण्ड डाएलअप, वाइम्याक्स ब्रोडव्याण्ड, एडिएसएल जस्ता सेवा पनि थप लगानी नगरी फेजआउट गर्नेतिर गएको छ। 
फाइबर विस्तार एडिएसलको सुधार 
नेपाल टेलिकमले आगामि दिनमा पुराना प्रविधिका सेवाहरु सबैमा लागनी निरुत्साहित गर्ने भने होइन उसले पुरानो प्रविधिको एडिएसल सेवालाई थप परिस्कृत गर्ने जनाएको छ। पुरानो प्रविधिबाट नयाँ प्रणालीमा रुपान्तरणको चरणमा रहेको र सोही कार्यक्रम सम्पन्न भएपछि यसको सुधार हुने अधिकारीले जानकारी दिए। 
टेलिकमले हाल ल्यान्डलाइन सेवाको पुरानो टिडिएम प्रणालीलार्य रुपान्तरण गरिरहेको छ। यसको लागि टिडिएम माइग्रेसन आयोजना संचालन गरिरहेको टेलिकमले एक्सेन्ज सेन्टरहरुबीचको दुरी घटाउने,पुरानो तारलाई प्रतिस्थापन गर्ने जस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ। 
हाल औसत ७ किलोमिटरको दुरीमा रहेका त्यस्ता सेन्टरको कारणले एडिएसल तथा भ्वाइसको गुणस्तर राम्रो नभएकोले यो आयोजना संचालन गरिएको अधिकारीले सेतोपाटीलाई जानकारी दिए। 
आइएमएस प्रणालीमा आधारित प्रविधि जडान गरिने यो प्रविधिसँगै अप्टिकल फाइबर पनि सँगै विस्तार हुँदै जाने तर यो आम सेवा प्रभावित नहुनेगरी फेजवाइज हिसाबले संचालन हुनेभएकोले केही समय भने लाग्ने अधिकारीहरुले जानकारी दिएका छन्। 
 
यसरी नयाँ प्रविधिमा रुपान्तर भएपछि एडिएसलको अधिकतम ब्यान्डवीथ क्षमताको उपयोग गर्न सकिने र त्यसबाट उपभोक्ताहरुले लाभ लिने टेलिकमको विश्वास छ। 
 
तर टेलिकमको सबैभन्दा बढी फोकस भने अप्टिकलमै हुने देखिएको छ। उसले हालको सबै संजालमा केवलसँगै अप्टिकल पनि विस्तार गर्ने जनाएको छ। जसको कारण प्रत्येक स्थानमा उपभोक्ताको ब्यान्डवीथको आवस्यकताअनुसार अप्टिकल वा केवल जसको पनि सेवा लिनसक्नेगरी पूर्वाधारमा लागनी गर्ने योजना उसको रहेको छ। 
सिडिएमए विस्थापित हुँदै 
नेपालको दूरसंचारको क्षेत्रमा ठुलो गुण लगाएको,दुर्गम स्थानहरुमा सुचना तथा संचारको क्रान्तिको बाहकको रुपमा रहेको सिडिएमए स्काई सेवा पनि फेजआउटको बाटोमा जाने भएको छ। ग्राहकहरुको संख्या बढ्न नसकेको,उपभोक्ताहरुको चाहना जिएसम प्रविधिको एलटिई नेटवर्कतिर रहेकोले अब सिडिएमए युग सकिएको निष्कर्षमा टेलिकम पुग्न लागेको छ। 
 
तर तत्काल टेलिकमले सिडिएमए सेवालाई बन्द भने गर्ने छैन। जति पनि ग्राहक हुन्छन् त्यो समयसम्म टेलिकमले सेवालाई निरन्तरता दिने बताएको छ। तर अन्तिममा जब न्यूनतम उपभोक्ताहरुमात्र रहन्छन् त्यो समयमा भने टेलिकमले त्यस्ता ग्राहकलाई छनौटको अवसर दिएर सेवा बन्द गर्ने जनाएको छ। 
आजभन्दा दुईवर्षअगाडि नै टेलिकमले सिडिएमएलाई विस्तारै बन्द गर्दै लैजाने रणनीति अगाडि सारेको थियो। 
देशभर एलटिई फोरजी
मोबाईल सेवामा टेलिकमको मुख्य ध्यान जिएसएम प्रविधिमा हुने छ। त्यसमा पनि भ्वाइसभन्दा पनि डाटामा केन्द्रित रहने टेलिकमको योजना रहेको छ। 
 
विश्वव्यापीरुपमा डाटाको खपत बढीरहेको सन्दर्भमा नेपाली उपभोक्ताहरुको त्यही रहेको भन्दै टेलिकमले एलटिई नेटवर्कलाई विस्तार गर्ने योजना बनाएको महाप्रबन्धक कामिनी राजभण्डारीले जानकारी दिइन्। 
 
भ्याल्यू एडेड सेवाको विकास गरी उपभोक्ताहरुको चाहना र आवस्यकता अनुसार देशभर फोरजी सेवा विस्तार गरेर पुरानो प्रविधिलाई विस्तारै बन्द गर्ने टेलिकमको योजना रहेको छ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी