एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस्’

  • Get News Alerts

एनसेल एसिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ।
 
राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड संचालकसँग सहकार्य गर्दै, स्थानीयवासीलाई सञ्चार तथा उर्जा सेवा पुर्याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको हो।
 
एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्ट अन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’, चीनको इन्टरनेट अफ थिङ्गस्मा आधारित स्मार्ट पार्किङ्ग र दक्षिण कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडि पार्दै यो अवार्ड हात पार्न सफल भएको हो। टेलिकम एसियाका स्वतन्त्र निर्णयक मण्डलले नवीनता, वित्तीय प्रर्दशन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासन लगायतका मापदण्डका आधारमा प्रोजेक्टहरुको मुल्याङ्कन गर्दै एनसेलको पहललाई उत्कृष्ट ठहर गरेका थिए।
 
बुधबार मलेसियामा आयोजित २० औं टेलिकम एसिया अवार्डस्को समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो। एनसेलकीे कर्पोरेट संवाद निर्देशक सञ्जु कोईरालाले उक्त अवार्ड ग्रहण गरेकी हुन्। 
 
यो परियोजनामा एनसेल तथा स्थानीय लघुग्रीड संचालक घाम पावर नेपाल प्रालिले सहकार्य गर्दै बिजुलीको राष्ट्रिय प्रशारण लाइन नपुगेका खोटाङ्ग तथा उदयपुर जिल्लाका समुदायहरुमा उर्जा र मोबाइल सेवा प्रदान गर्दै आएका छन्। आयोजनाले गर्दा ३१ गाविसका बासिन्दाहरुमाझ एनसेलको मोबाइल सेवा पुगेको छ।
 
 मोबाइल सेवा तथा उर्जा आपुर्तिका कारण त्यस क्षेत्रमा साना तथा मझौला उद्योगहरु जस्तै ईलेक्ट्रिक ग्राइन्ङिङ्ग मिल, कम्प्युटर सेन्टरहरु, रेस्टुरेन्ट र पेट्रोल पम्पहरु खुलेका छन्। जसले गर्दा स्थानीय स्तरमा नै रोजगारीका अवसरहरु सिर्जना भएका छन्। विद्यालय जाने बालबालिकाहरुले साँझमा अबेरसम्म पढ्न लेख्न पाएका छन्। धुँवा तथा मट्टितेलका बत्तिहहरुले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरुबाट मुक्ति मिलेको छ।
 
समाजमा विभिन्न योगदान पुर्याएवापत एनसेल गत वर्ष पनि अन्र्तराष्ट्रिय पुरस्कारहरुबाट सम्मानित भएको थियो। कम्पनीले ‘मोबाइल इन इमरजेन्सी अर ह्युम्यानिटेरियन सिचुएसन्स्’ विधामा जिएसएमएबाट  ग्लोबल मोवाइल अवार्डस् २०१६ र फ्रोस्ट एण्ड सलिभन एसिया प्यासिफिक अवार्डस् २०१६ मा नेपालको उत्कृष्ट टेलिकम कम्पनीको अवार्ड पाएको थियो।
 

प्रतिकृया दिनुहोस

थप समाचार

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी