साउनदेखि विदेशी च्यानलमा विज्ञापन हेर्न नपर्ने

  • Get News Alerts

आउँदो साउन १ गतेबाट अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुमा विज्ञापन हेर्नु नपर्ने भएको छ। सरकारले साउन १ गतेदेखि ‘क्लिन फिड’ नीति कार्यन्यवनमा ल्याउने भएपछि टिभी हेर्दा विदेशी विज्ञापन हेर्नु नपर्ने भएको हो।
 
गत वर्षको साउनमा नै क्लिन फिड नीति पारित भएको हो। यद्यपी कानुनी तथा प्राविधिक व्यवस्था पुरा गर्न एक वर्ष लाग्ने भएपछि यही साउन १ बाट कार्यान्वयनमा ल्याउन लागिएको हो। साउनदेखि क्लिन फिड नीति जसरी पनि लागू हुने सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिए। 
 
उनले भने, ‘गत वर्ष नै यस सम्बन्धी नीति बनिसकेको थियो, त्यसकै कार्यन्यनका लागि आवश्यक तयारी गर्नुपर्ने भएको हुँदा एक वर्षको अवधि लागेको हो, आउँदो साउनदेखि यसको पूर्ण कार्यान्यन हुनेछ।’
 
के हो क्लिन फिड भनेको ? के छन् त यसका फाइदा ?
 
क्लिन फिड भन्नाले टेलिभिजन च्यानलहरुमा विज्ञापनरहित सामाग्री मात्रै प्रशारण गर्नु हो। क्लिन फिड हुनासाथ विदेशी च्यानलमा निःशुल्क बजिरहेका विज्ञापन बन्द हुनेछन्। यद्यपी च्यानलहरुले नेपालमै विज्ञापन निर्माण गरेर प्रसारण गर्न सक्नेछन् जसले गर्दा नेपाली विज्ञापन उद्योग तथा बजार पनि फस्टाउने व्यवसायीहरु बताउँछन्।
 
यसबाट स्वदेशी विज्ञापन उद्योगको प्रवद्र्धन हुनुका साथै विदेशी च्यानलमार्फत निर्वाध रुपमा नेपाली समाज, संस्कृति, मूल्य र मान्यता प्रतिकुल विज्ञापन पनि रोकिने नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठको भनाई छ।
 
हालसम्म स्वदेशी च्यानलहरुमा विज्ञापन प्रसारण गरेबापत  राजश्व तिर्नुपरे पनि विदेशी च्यानलहरूको हकमा भने कुनै राजश्व नै लाग्ने गरेको थिएन। अब भने बहुराष्ट्रिय कम्पनीका उत्पादनको विज्ञापनलाई स्वदेशी च्यानलहरूबाटै प्रसारण गर्नुपर्ने भएपछि स्वदेशी च्यानलहरू तथा एजेन्सीको विज्ञापन बजार विस्तार हुने र राजस्वमा पनि वृद्धि हुने श्रेष्ठले बताए। 
 
तर यो निर्णयले उपभोक्तालाई भने सेवा महँगो पर्नसक्ने नेपाल केबल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकाली बताउँछन्। उनी भन्छन्, ‘सरकारको यो निर्णय सह्राहनीय छ। हामी यसबाट खुसी छौँ। तर यसको पूर्ण कार्यान्वयनमा जटिलताहरु छन् र उपभोक्तामा थप आर्थिक भार पर्नसक्छ।’ 
 
नेपालको आफ्नो स्याटेलाइट नभएकाले भारतीयमार्फत लिनुपर्ने बाध्यता छ। लेकालीकाअनुसार हाल नेपालमा एचबीओ, सिनेम्याक्स जस्ता च्यानल क्लिन फिड छन्। उनका अनुसार यी च्यानल एड फिडयुक्तको तुलनामा दसौँ गुणा महँगो शुल्कमा किन्नु पर्ने हुन्छ।
 
क्लिन फिड निर्णय लागू भएमा च्यानल संख्या पनि कम हुन सक्नेछन्। नेपालमा हाल स्वदेशी तथा विदेशी गरेर २ सय भन्दा बढी च्यानलहरु प्रसारण हँुदै आएका छन्। क्लिन फिडको नियममा नआए प्रशारण नहुने भएपछि प्याकेज रेटअनुसार च्यानल व्यवस्था राम्रो हुने लेकाली बताउँछन्।
 
‘च्यानल संख्या धेरै भन्दा आवश्यकताअनुसार मात्र भए राम्रो हुन्छ,’ उनले भने। क्लिन फिड धान्न सकिने हो या होइन भन्ने प्रश्न गहन भएकाले  प्रभावकारी कार्यन्वयनका लागि सरकारी तदारुकतासँगै परियोजनाका रुपमा एक­एक वटा गर्दै क्लिन फिड च्यानल बढाउँदै लैजानुपर्नेमा लेकालीले जोड दिए।
 

प्रतिकृया दिनुहोस

थप समाचार

किनमेल अनुभव

  • mahindra
  • सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ सैलुनमा दाह्री काट्नुभन्दा मेसिन किनेर काट्नु ठीक रहेछ

    सबै बस्तु तथा सेवामा महँगी बढ्दै गएको छ। काठमाडौंमा कपाल र दाह्री काटेको भाउ अचाक्ली महँगो छ। मेरो दाह्री हप्ता हप्तामा काट्नु पर्छ। शैलुनमा एक पटक दाह्री सेभिङ गराएको ५० रुपैयाँ लाग्छ।

    राजेश सापकोटा, कपन, काठमाडौँ

  • worldlink
  • महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति महँगो स्मार्टफोन भन्दा बजेट स्मार्टफोन नै जाति

    म जापानमा छु । नेपालीहरु महँगो स्मार्टफोनमा किन्छन् । अहिले बजारमा आएका बजेट स्मार्टफोन र ती महँगा स्मार्टफोनको लगभग फिचर उस्ताउस्तै छन् । काम एकै गर्ने हो। त्यसैले महँगो रकम हालेर राम्रो स्मार्टफोन किन्नुभन्दा बजेट फोन किन्नु नै उत्तम देखेँ।

    सौरभसिंह कार्की, जापान

  • tata
  • दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ दहीमा केमिकल मिसावट भएको थाहा पाए पछि किन्नै छाडेँ

    म चावहिलमा बस्छु । म गौशाला तथा चावहिल आसपासमा रहेको डेरीबाट खुल्ला दही किन्ने गरेको छ। मैले किन्ने दहीमा मिसावट भएको मैले पाएको छु । बाक्लो, लेसिलो पाराको दही स्वादमा पनि फरक पाएको छु ।

    मनोज सुवेदी, चावहिल

  • जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम जिराधनियाँ मिसाएर आफैँले पिसेको मसला उत्तम

    मैले मसलाको व्यापार गर्न सुरु गरेको करिव ११ वर्ष भयो। घट्टेकुलोमा मेरो गृहिणी नामको मसला पसल छ। भर्खरै मैले आफ्नो उत्पादन चिनाउन अधिकारी मसला उद्योगको नामले ब्राण्डिङ पनि सुरु गरेको छु।

    विवेक अधिकारी, घट्टेकुलो काठमाडाैं

  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

लोकप्रिय

सूचनापाटी