सेनाको स्काइ ट्रक (जहाज) दुर्घटनामा महासेनानी कैलाश गुरुङको निधन

  • Get News Alerts

बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा नेपाली सेनाको स्काइ ट्रक (जहाज) दुर्घटना हुँदा महासेनानी कैलाश गुरुङको निधन भएको छ।  उनी जहाजका पाइलट थिए। 
 
बिहान खाद्यान्न बोकेर सुर्खेतबाट हुम्लाका लागि उडेको स्काइ ट्रक  मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गर्न लागेको थियो। बाजुरा प्रहरीका अनुसार विमानस्थलको धावनमार्गबाट  जहाज खेतमा पुगेको थियो। त्यसपछि जहाजको इन्जिनमा आगलागी भएको थियो। 
 
प्रहरीका अनुसार दुर्घटनामा सेनानी अनिता आलेमगर गम्भीर घाइते भएकी छन् भने सुवेदार पूर्णबहादुर खड्का सामान्य घाइते भएका छन्। 
 
घाइते दुबै जनालाई उपचारका लागि सीता एयरको जहाजबाट नेपालगञ्ज पठाइएको छ।  
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रमुख आयुक्त यादवलाई भेटेर ओलीले भने-एमाले हार्न तयार छ भरतपुरमा पुनः मतगणना गर्नुस्

    प्रमुख आयुक्त यादवले आफूहरू यस बिषयमा गम्भीर रहेको जवाफ दिएको पनि नेम्वाङले बताए। एमाले अध्यक्ष ओली, संसदीय दलका उपनेता नेम्वाङ सहितको टोलीले आयोग पदाधिकारीलाई भेटेर आफै भरतपुर जान अाग्रह गरेको छ।

  • मिति सरे पनि माग पुरा नभई चुनावमा भाग लिन्नौंः राजपा

    मिति सरे पनि माग पुरा नभई चुनावमा भाग लिन्नौंः राजपा अाफूहरू निर्वाचनको पक्षमा रहेपनि सरकारले माग पूरा नगरेकाले अप्ठेरोमा परेको नेताहरूले बैठकमा बताएका थिए। संविधान संशोधन,स्थानीय तहको संख्यामा वृद्धि लगायतका माग पुरा नभएसम्म नयाँ बन्ने सरकारलाई समर्थन गर्न नसकिने राजपा नेता लक्ष्मणलाल कर्णले सेतोपाटीलाई बताए।

  • सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुपर्‍योः ओली

    सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुपर्‍योः ओली नेकपा एमालेले आफू र आफ्ना छिमेकीका आर्थिक समृद्धिका लागि चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा नेपालको हस्ताक्षर ऐतिहातिक र कोसेढुङ्गा रहेको जनाएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले सो अवधारणाको समझदारीपत्रमा गत वैशाख २९ गते हस्ताक्षर गरेका थिए। विशेष गरी सम्झौताले नेपाल र चीन सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

  • भारतीय राजदूत र राजपाका शीर्ष नेताबीच छलफल

    मंगलबार बिहान भारतीय दूतावास लैनचौरमा राजपा शीर्ष नेतालाई बोलाएर राजदूत पुरीले चुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् । छलफलमा राजपा अध्यक्ष मण्डलका राजकिशोर यादवबाहेक अन्य पाँच जना नेता सहभागी थिए।

  • मतपत्र च्यातिएको बारे बुझ्न एमाले महासचिव पोखरेलको टोली भरतपुरमा

    मतपत्र च्यातिएको बारे बुझ्न एमाले महासचिव पोखरेलको टोली भरतपुरमा हिजोसम्म घटनाबारे बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली नै भरतपुर जाने तयारी भए पनि कार्य व्यस्तताले अोली जान नपाउने भएपछि पोखरेल नेतृत्वको टोली भरतपुर गएको हो।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी