हुलासको विद्युतीय कार १४ लाख ३० हजारमै आउने

  • Get News Alerts

एकपटकको पूरा चार्जमा १ सय ७० किमी कुद्ने
नेपालमा गाडी उत्पादन गर्ने एक मात्र कम्पनी हुलास मोटर्सले आफ्नो विद्युतीय कार आगामी महिना लन्च गर्ने भएको छ। 
 
‘हुलास इ-कार’ नामबाट लन्च गरिने यो कारको मूल्य १४ लाख ३० हजार रुपैयाँ पर्नेछ। 
 
निर्माणको घोषणा गर्दा करिब १७ लाख रुपैयाँ पर्ने भनिएको भए पनि हाल सरकारले विद्युतीय सवारीमा लाग्ने भन्सार कर घटाएसँगै आफ्नो कारको पनि मूल्य घटाएको हुलास मोटर्सका निर्देशक सुरेन्द्र गोल्छाले बताए। 
 
‘अब १५/२० दिनमै हुलास इ-कार लन्च गर्ने तयारी गरेका छौँ। पहिले १७ लाख भनिएपनि कर घटेपछि १४ लाख ३० हजार मूल्य तोकिएको हो,’ निर्देशक गोल्छाले भने। 
 
हुलास मोटर्सले गत चैत महिनामा विद्युतीय कार निर्माण गर्ने घोषणा गरेको थियो। 
 
बि.सं.२०५४ सालदेखि काम सुरु गरेको हुलास मोटर्सले सन् २०१५ मुस्ताङ म्याक्स गाडीको उत्पादन बन्द गरेको थियो भने हाल विद्युतीय रिक्सा उत्पादन गर्दै आएको छ। यूरो थ्री गुणस्तरको मापदण्ड पूरा नभएको मुस्ताङ म्याक्स अपग्रेड गर्न कम्पनीले मागेको आवश्यक समयका लागि सरकारले अनुमति नदिएपछि उत्पादन नै बन्द गरेको थियो। 
 
हाल आएर कम्पनीले फेरि हुलास मोटर्सको तर्फबाट विद्युतीय कार ल्याउन लागेको हो। नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्धन र विस्तार जरुरी भएका कारण कम्पनीले यसमा काम गरेको गोल्छाको भनाइ छ। 
 
विद्युतीय सवारीसाधनको मुख्य अंग यसको ब्याट्री नै मानिन्छ। गोल्छाकाअनुसार उक्त कारको ब्याट्री फुल चार्ज गर्न करिब ७ देखि ८ घण्टा समय लाग्नेछ। यो एकपटक चार्ज गरेपछि १ सय ७० किलोमिटरसम्म गुड्नेछ।
 
तर यो किलोमिटर निश्चित मापदण्डमा आधारित हुने उनले जानकारी दिए। उनले भने, ‘१ सय ७० किलामिटर हामी स्ट्याण्डर्ड टेस्ट कण्डिसनमा दिएको हो। यो फरक पर्न सक्छ।’
 
गोल्छाकाअनुसार यस विद्युतीय कारमा एसिड हाल्न नपर्ने ‘मेन्टिनेन्स फ्रि’ जेल ब्याट्री हुनेछ। हुलास इ-कारमा ५ केडब्लु, एसी मोटर हुनेछ।
 
सरकारले कर घटाएसँगै हाल नेपालमा उपलब्ध महिन्द्राको विद्युतीय कार ‘इ-टुओ’ को मूल्य पनि करिब ३ लाख रुपैयाँ घट्ने कम्पनीले बताएको छ। महिन्द्रा इ-टुओको नयाँ मूल्य २१ देखि २२ लाख हुने अनुमान गरिएको छ। 
 
इ-टुओको तुलनामा हुलास इ-कार झण्डै ७ लाख रुपैयाँ सस्तो पर्न आउँछ। 
 
१४ लाख ३० हजार रुपैयाँ पर्ने हुलास इ-कारमा पेट्रोल गाडीमा जस्तो धेरै फिचर भने नहुने गोल्छाले बताएका छन्। उनकाअनुसार यसमा नेपाली सडकमा अत्यावश्यक हुने र इन्ट्रिलेबल कारमा दिनसक्ने फिचर दिइनेछ। 
 
मूल्य कम होस् भनेर पनि यसमा सामान्य कारमा हुने जस्ता आवश्यक फिचर मात्र हुने कम्पनीको भनाइ छ। 
 
सधैँ वेवास्ता गरिएको विद्युतीय सवारीसाधनले नाकाबन्दीमा भने निकै चर्चा पाउनुका साथै उपभोक्तादेखि लिएर सरकारको समेत ध्यानाकर्षण गराएको थियो। सरकारले विद्युतीय सवारीलाई प्रवर्धन गर्न यसमा लाग्ने भन्सार कर पनि ४० प्रतिशतबाट घटाएर १० मात्र बनाएको छ। 
 
योसँगै विद्युतीय सवारीसाधनको व्यापार बढ्दो छ भने ग्राहक पनि यस तर्फ आकर्षित हुँदै गएका छन्। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • साना गाडी र मोटरसाइकलले अब कति कर तिर्नुपर्छ ?

    साना गाडी र मोटरसाइकलले अब कति कर तिर्नुपर्छ ? आर्थिक वर्ष २०७४ /७५ को बजेटमा सरकारले दुई पाङग्रेमा ८० र चार पाङग्रेमा २ सय ४० प्रतिशत कर लगाएको छ। सरकारले भन्सार शुल्क यथावत राख्दै सडक दस्तुर र सम्भार दस्तुर बढाएको हो। चार पाङग्रे सवारी साधन एक हजार सिसीले अब वार्षिक रुपमा १९ हजार रुपैयाँ तिर्नुपर्छ भने १ हजार १ देखि १५ सयसम्मको चार पाङग्रे सवारी साधनले २१ हजार तिर्नुपर्छ।

  • जमलमा युएम बाइकको एक्सचेन्ज क्याम्प

    जमलमा युएम बाइकको एक्सचेन्ज क्याम्प युएम बाइकले आजबाट जमलस्थित शो रुममा बाइक एक्सचेन्ज क्याम्प आयोजना गरेको छ। क्याम्पमा पुरानो बाइकको उत्कृष्ट मुल्याङ्कन र आकर्षक छुटको व्यबस्था गरिएको आईएमई अटोमोटिभ्सले जनाएको छ।

  • हुन्डाइले ल्याउँदैछ एसयुभी कोना

    हुन्डाइले ल्याउँदैछ एसयुभी कोना दक्षिण कोरियन कार मेकर कम्पनी हुन्डाइ मोटर्सले आफ्नो बजारमा आउन लागेको नयाँ गाडीको टिजर सार्वजनिक गरेको छ। एसयुभी कोना नामक नयाँ गाडी उसले बजारमा ल्याउन लागेको छ। हुन्डाइले न्युर्योकमा भएको अटो शोमा आफ्नो नयाँ गाडी पेश गरेको छ।

  • घाटा खाएर रात्रि सेवा दिँदै साझा यातायात

    घाटा खाएर रात्रि सेवा दिँदै साझा यातायात राजधानीमा साझा यातायात निकै लोकप्रिय छ। बस्नेलाई आरामदायी सिट, उभिएर यात्रा गर्नेको लागि खुला ठाउँ र ह्याङगरको व्यवस्था, उचित भाडा, चालक तथा सहचालकको राम्रो व्यवहार लगायतका कारणले पनि साझा यातायात लोकप्रिय बन्न पुगेको हो।

  • करिब ४० लाख पर्ने रेनोको कार नेपालमा

    करिब ४० लाख पर्ने रेनोको कार नेपालमा रेनो अटोमोटिभको आधिकारिक वितरक एडभान्स अटोमोबाइल प्रालिले लजी स्टेपवे संस्करणको नयाँ गाडी नेपालमा अनावरण गरेको छ। यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपनसहितको लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धन बचतको समिश्रणको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ। उत्कृष्ट एमपिभी प्रविधियुक्त गाडिको नेपाली बजारमा प्रारम्भिक मूल्य ३९ लाख ९५ हजार कायम गरिएको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी