९७ लाख पर्ने कोबेल्कोको नयाँ एस्काभेटर नेपाल भित्रियो

  • Get News Alerts

कोबेल्को एस्काभेटरको आयातकर्ता पूजा कन्स्ट्रक्सन नेपालले २१ टन क्षमताको कोबेल्को एसके २२० एक्स डी मोडेलको नयाँ एस्काभेटर बजारमा ल्याएको छ।
 
नेपाली परिवेशलाई मध्यनजर गर्दै चुनौतिपूर्ण प्रयोगलाई ध्यानमा राखी यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ। यो उपकरण आफ्नो श्रेणीमा शक्तिशाली हुनुका साथै प्रतिस्पर्धीहरुमध्ये नविनतम पुस्ताको रहेको कम्पनीको दावी छ। 
 
एसके २२० एक्सडी एस्काभेटर जापानी प्रविधि अन्तर्गत भारतको श्री सहरमा तयार गरिन्छ। नेपालमा सडक काट्ने र चुनढुंगा खानीमा समेत प्रयोग हुने भएकाले एस्काभेटरमा ब्रेकर अपरेशन प्रक्रिया आवश्यक हुन्छ।
 
विगतमा विक्री गरिएकामध्ये ७० प्रतिशत उपकरण ब्रेकर अपरेशनमा प्रयोग भएको तथ्यलाई आधार बनाउँदा कोबेल्को मानिएको पूजा कन्स्ट्रक्सनका सिइओ बिबेक बिजुक्छेले बताए।
 
कम्पनीले एसके २२० एक्सडीको मूल्य ९७ लाख रुपैयाँ कायम गरेको  छ। खरीदकर्तालाई तयारी मौज्दात उपलव्ध रहेको र इच्छुक कम्पनीहरुलाई पनि एलसी खोली सिधै भारतबाट खरीद गर्न सकिने गरी वैकल्पिक सुविधा दिइएको उनले बताए। 
 
खरिद गरेपछि यस्ता उपकरणमा पार्टपूर्जामा विभिन्न सेवा उपलव्ध गराइने प्रत्याभूति कम्पनीले दिएको छ। उपकरणको मूल्य ९७ लाख रुपैयाँ परेता पनि दीर्घकालीन प्रयोगमा यसले इन्धनको खपतमा मितव्ययिता गरी वार्षिक १२ लाख रुपैया बचत गर्ने कम्पनीको दावी छ।
 
अन्य ब्रान्डका उपकरणले प्रति घन्टा १७–१८ लिटर डिजल खपत गर्ने गरेको सन्दर्भमा एसके २२० एक्सडीले प्रति घन्टा ११–१२ लिटर मात्र खपत गर्ने भएकाले आफ्नो वर्गमा यो इन्धनको बचतमा सर्वश्रेष्ठ रहेको कम्पनीले जनाएको छ।
 
जापानी प्रविधिमा आधारित नविनतम प्राविधिक विशेषताले गर्दा एसके २२० एक्सडी एस्काभेटर लामो समयसम्म टिकाउ हुने र सञ्चालनमा सहज, समस्यारहित बनाइएको कम्पनीको भनाइ छ। 
 
नेपालमा तीन वर्षको छोटो अवधिमा ३०० भन्दा बढी एस्काभेटर विक्री भएका छन्। उच्च उत्पादनशीलता तथा विश्वसनीयताका साथ बलियो छविमा कोबेल्कोकोलाई १० औं पुस्ताको एसके २२० एक्सडीले थप चम्किलो बनाउने कम्पनीको विश्वास छ।
 
यो उपकरणको नेपाल आगमनले ग्राहकलाई थप मूल्य प्रदान गर्ने कोबेल्को कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाका एमडी तथा सिइओ यातुका गोतोले बताए।
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • साना गाडी र मोटरसाइकलले अब कति कर तिर्नुपर्छ ?

    साना गाडी र मोटरसाइकलले अब कति कर तिर्नुपर्छ ? आर्थिक वर्ष २०७४ /७५ को बजेटमा सरकारले दुई पाङग्रेमा ८० र चार पाङग्रेमा २ सय ४० प्रतिशत कर लगाएको छ। सरकारले भन्सार शुल्क यथावत राख्दै सडक दस्तुर र सम्भार दस्तुर बढाएको हो। चार पाङग्रे सवारी साधन एक हजार सिसीले अब वार्षिक रुपमा १९ हजार रुपैयाँ तिर्नुपर्छ भने १ हजार १ देखि १५ सयसम्मको चार पाङग्रे सवारी साधनले २१ हजार तिर्नुपर्छ।

  • जमलमा युएम बाइकको एक्सचेन्ज क्याम्प

    जमलमा युएम बाइकको एक्सचेन्ज क्याम्प युएम बाइकले आजबाट जमलस्थित शो रुममा बाइक एक्सचेन्ज क्याम्प आयोजना गरेको छ। क्याम्पमा पुरानो बाइकको उत्कृष्ट मुल्याङ्कन र आकर्षक छुटको व्यबस्था गरिएको आईएमई अटोमोटिभ्सले जनाएको छ।

  • हुन्डाइले ल्याउँदैछ एसयुभी कोना

    हुन्डाइले ल्याउँदैछ एसयुभी कोना दक्षिण कोरियन कार मेकर कम्पनी हुन्डाइ मोटर्सले आफ्नो बजारमा आउन लागेको नयाँ गाडीको टिजर सार्वजनिक गरेको छ। एसयुभी कोना नामक नयाँ गाडी उसले बजारमा ल्याउन लागेको छ। हुन्डाइले न्युर्योकमा भएको अटो शोमा आफ्नो नयाँ गाडी पेश गरेको छ।

  • घाटा खाएर रात्रि सेवा दिँदै साझा यातायात

    घाटा खाएर रात्रि सेवा दिँदै साझा यातायात राजधानीमा साझा यातायात निकै लोकप्रिय छ। बस्नेलाई आरामदायी सिट, उभिएर यात्रा गर्नेको लागि खुला ठाउँ र ह्याङगरको व्यवस्था, उचित भाडा, चालक तथा सहचालकको राम्रो व्यवहार लगायतका कारणले पनि साझा यातायात लोकप्रिय बन्न पुगेको हो।

  • करिब ४० लाख पर्ने रेनोको कार नेपालमा

    करिब ४० लाख पर्ने रेनोको कार नेपालमा रेनो अटोमोटिभको आधिकारिक वितरक एडभान्स अटोमोबाइल प्रालिले लजी स्टेपवे संस्करणको नयाँ गाडी नेपालमा अनावरण गरेको छ। यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपनसहितको लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धन बचतको समिश्रणको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ। उत्कृष्ट एमपिभी प्रविधियुक्त गाडिको नेपाली बजारमा प्रारम्भिक मूल्य ३९ लाख ९५ हजार कायम गरिएको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी