मुद्दतिमा ब्याजदर बढाउने होडबाजी, हेर्नुहोस् कसले कति दिन्छ ?

  • Get News Alerts

पछिल्लो समय बैंकहरुबीच विभिन्न मुद्दती योजना बनाई धेरै ब्याजदर दिएर ग्राहक तान्ने होडबाजी बढेको छ।
 
बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम कम भएपछि बैंकहरुले निश्चित अवधि र न्यूनतम रकम तोकेर धेरै व्याजदर दिनेगरी मुद्दति योजनाहरु बनाएका छन्। न्युनतम ८० दिनदेखि चाहेअनुसारको अवधिसम्म विभिन्न योजनामार्फत मुद्दतीमा बैंकहरुले निक्षेप लिने गरेका छन्। बैंकहरुले आफ्ना मुद्दती योजनामा  ११. १ प्रतिशतसम्म ब्याजदर दिन थालेका छन्। 
 
मुद्दती खातामा ब्याजदर बढाउने होडबाजी चलिरहँदा बचत खातामा भने ग्राहकले पुरानै दर पाइरहेका छन्। ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीका अनुसार प्रमुखतः तरलता अभावकै कारण बैंकहरुले उच्च ब्याजदर दिइरहेका हुन्।
 
बचतमा धेरै रकम नभित्रिने हुँदा मुद्दतीमा बैंकहरुले न्यूनतम मौज्दात तोकेर धेरै व्याजदर दिएको उनी स्वीकार गर्छन्। यद्यपी केही बैंकले भने मुद्दतिमा पनि ठूलो अन्तरले ब्याजदर बढाएका छैनन्। क्यास रिजर्भ रेसियो (सिआरआर) लाई व्यवस्थापन गर्नका लागि बैंकहरुलाई चुनौति रहेकाले पनि निक्षेप आकर्षित गर्न बैंकहरु लागिपरेको बैंकर्स बताउँछन्। 
 
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पुस मसान्तमा ठूलो रकम राजश्वमा जाने भएकाले पनि त्यसले तरलतालाई केही अभाव भएको उल्लेख गरे।  अहिले देखिएको तरलता अभाव केही सातामै अन्त्य हुने शेरचनले स्पष्ट पारे। जसले गर्दा बचत खातामा बैंकहरुले ब्याजदर नबढाएको उनले बताए। 
 
सबै बैंकमा लगानीयोग्य रकमको अभाव भने नभएको बैंकर्स स्वीकार्छन्। व्याजलाई आम्दानीको स्रोत बनाउनेहरुलाई भने यस्ता मुद्दति योजना अझ महत्वपूर्ण हुने गर्दछ। यस्तो लगानीमा न्यून जोखिम हुने र प्रक्रिया सहज पनि हुन्छ। 
 
मुद्दतीमा कतिपयले न्यूनतम मौज्दात तोकेका हुन्छन्, भने कतिपयले नतोकिकन दिने गरेका छन्। न्यूनतम मौज्दात नतोकी मुद्दती खाता खोलिदिने बैंकमा थोरै रकम पनि राख्न सकिन्छ।
 
तपाईले आफ्नो रकम लगानीबाट धेरै प्रतिफल चाहनुहुन्छ भने, उच्च व्याजदर दिने बैंकहरु छान्नुहोस्। तर तपाईले आफूसँग भएको न्यूनतम रकम र बैंकमा राख्ने अवधि भने ख्याल गर्नुपर्ने हुन्छ। 
 
हेर्नुहोस् मुद्दतीका योजनामा हाल कुन बाणिज्य बैंकले कति व्याजदर दिन्छन्? 
 

बैंक

न्यूनतम मौज्दात

अवधि

ब्याजदर

जनता बैंक

 

१०० दिन

१०

माछापुच्छ्रे बैंक

 

१५० दिन

८. २५

कृषि विकास बैंक

९ लाख

१८० दिन

८. ५

ग्लोबल आइएमइ बैंक

१० लाख

३६५ दिन

८.५

हिमालयन बैंक

१० हजार

१८० दिन

४.५

एभरेष्ट बैंक

१० लाख

२ वर्ष माथि

७.२५

सिभिल बैंक

५ लाख

१११ दिन

११. १

लक्ष्मी बैंक

 

१२० दिन

८.५

नबिल बैंक

 

२ वर्ष

प्रभु बैंक

 

५ वर्ष

८.५

मेगा बैंक

१० लाख

३६५ दिन

१०

कुमारी बैंक

 

९९ दिन

एनआइबिएल बैंक

५ लाख

१८० दिन

६.५

प्राइम बैंक

 

२ वर्ष

एनएमबी बैंक

 

२७० दिन

८.२५

नेपाल बङग्लादेश बैंक

 

३ वर्ष

एनसीसी बैंक

 

१ वर्ष

सेन्चुरी कर्मसियल बैंक

२० लाख

१०० दिन

सिद्धार्थ बैंक

 

३६५ दिन

८.२५

सनराइज बैंक

 

१५ महिना

७.७५

एनआइसी एसिया बैंक

 

३ वर्ष

८.५

नेपाल एसबिआई बैंक

 

१ वर्ष

५.५

सिटिजन्स बैंक

 

१२० दिन

सानिमा बैंक

२५ लाख

१८० दिन

स्टाण्डर्ड चार्टड बैंक

१ लाख

३६५ दिन

बैंक अफ काठमाण्डु लुम्विनी

१ लाख

३६५ दिन

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ

    नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ बैंक तथा वित्तीय संस्थाहरुमा हुने नोट गन्ने मेसिनहरुले नोटमात्र होइन नोटका बन्डलमा कागज राखेपछि त्योसँगै गन्छन्। त्यही कारणले गर्दा मौद्रिक कारोबार गर्ने संस्थाको गेटभित्र पनि नक्कली नोट छिर्न सक्छन्। तर पछिल्लो समय यस्तो मेसिन नेपाल भित्रिएको छ जसले नोटलाई आफै फिल्टर गरेर गन्न सक्छ।

  • सिद्धार्थ बैंकको हकप्रद बिक्री २५ गतेदेखि

    सिद्धार्थ बैंकको हकप्रद बिक्री २५ गतेदेखि सिद्धार्थ बैंकको हकप्रद सेयर जेठ २५ गतेदेखि बिक्री खुला हुने भएको छ। बैंकले एक सूचना जारी गर्दै १० बराबर ३ को अनुपातमा हकप्रद बिक्री खुला हुन लागेको जनाएको छ। जेठ १६ गतेभन्दा अगाडि दोस्रो बजारमा सेयर खरिद गर्नेहरुले हकप्रद दावी गर्न सक्नेछन्। असार २८ गते निश्कासन बन्द हुनेछ।

  • गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान

    गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान संघीय सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत गरेको छ। संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको बजेटमा नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बिनियोजन गरिएको छ।

  • आयोगद्वारा आव २०७४/७५ को बजेट पारित

    आयोगद्वारा आव २०७४/७५ को बजेट पारित राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४-७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले

  • आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने

    आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने अब प्राथमिक सेयर निश्कासनमा आवेदन दिने सबै लगानीकर्ताले सेयर पाउने भएका छन्। हालसम्म निश्कासन भएको कुल संख्याको ४० प्रतिशत सेयर साना लगानीकर्ता र ६० प्रतिशत ठूला लगानीकर्ताको लागि वितरण गर्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ। पुँजी बजारमा संरचनात्मक सुधारका लागि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ लागू गर्दै धितोपत्र बोर्डले नयाँ व्यवस्था गरेको हो।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी