आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने

  • Get News Alerts

कम्पनीलाई प्रिमियम थपेर आइपिओ जारी गर्न बाटो खुल्यो
अब प्राथमिक सेयर निश्कासनमा आवेदन दिने सबै लगानीकर्ताले सेयर पाउने भएका छन्। हालसम्म निश्कासन भएको कुल संख्याको ४० प्रतिशत सेयर साना लगानीकर्ता र ६० प्रतिशत ठूला लगानीकर्ताको लागि वितरण गर्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ।
 
पुँजी बजारमा संरचनात्मक सुधारका लागि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ लागू गर्दै धितोपत्र बोर्डले नयाँ व्यवस्था गरेको हो। जसले धितोपत्रको बाँडफाँड व्यवहारिक रुपमा वितरण हुन नसकेको अवस्थालाई मूल्याङ्कन गर्दै आस्वा प्रणाली लागू भए पश्चात सबै आवेदकलाई कम्तिमा दस कित्ता वा दसको गुणनमा धितोपत्र बाँडफाँड गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।  
 
आइपिओ मार्फत जारी भएको सेयर खरिदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिन सक्ने नयाँ व्यवस्था कायम गरिएको छ। अब अन्य व्यवसायिक संस्थाले आइपिओमा दरखास्त दिन पाउने छैनन्। 
 
यद्यपी बिक्री नभएमा भने अन्यले पनि दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ। जसले गर्दा प्राथमिक निष्काशनमा लगानीकर्ताको सहभागिता बढ्न गई धितोपत्रको दोस्रो बजार समेत व्यापक हुने बोर्डका डेपुटी डाइरेक्टर निरञ्जय घिमिरेले जानकारी दिए। 
 
प्राथमिक सेयर निश्कासनको दुई महिनामै कारोबार हुने 
प्राथमिक सेयर निश्कासन भएको दुई महिनामै दोस्रो बजार (नेप्से)मा कारोबार हुने व्यवस्था गरिएको छ। आस्बा पूर्ण रुपमा लागू भएपछि आइपिओ निश्कासनदेखि कारोबार हुँदासम्म हाल लाग्दै आएको ६ महिनाको समयावधि २ महिनामा झर्ने घिमिरेले बताए। 
 
स्मरण रहोस्ः बोर्डले आगामी साउनदेखि सेयर आवेदनमा आस्बा प्रणाली अनिवार्य गर्नेगरी सम्वद्ध सबै पक्षलाई पत्राचार गरिसकेको छ।  बोर्डबाट सम्पूर्ण विवरण, पुस्तिका, प्रस्ताव स्वीकृत भएको बढीमा ७ दिनभित्रै सूचीकरणका लागि नेप्सेमा र अभौतिकीकरणका लागि सिडिएससी (केन्द्रीय निक्षेप कम्पनी)मा निवेदन दिनुपर्ने नयाँ व्यवस्था गरिएको छ।  
 
अब प्रिमियममा पनि आइपिओ, कसरी गरिन्छ मूल्य निर्धारण ?
रियल सेक्टरलाई पनि पुँजी बजारमा भित्र्याउने लक्ष्यका साथ बोर्डले नयाँ निर्देशिकामार्फत प्रिमियम रकम थपेर आइपिओ निश्कासन गर्ने बाटो खोलेको छ। हालसम्म अंकित मूल्य अर्थात एक सय रुपैयाँमै आइपिओ जारी गर्नु पर्ने वाध्यता रहेकोमा यो हटेको छ। अर्थात कम्पनीहरुले अंकित मूल्य एक सयमा थप प्रिमियम रकम जोड्न सक्नेछन्। 
 
आइपिओ प्रतिकित्ता १ सयमै जारी गर्नुपर्ने वाध्यताले वास्तविक मूल्य नपाइने भन्दै रियल सेक्टर पव्लिकमा जान अनिच्छुक देखिँदै आएका थिए। नयाँ व्यवस्थाले रियल सेक्टरलाई पव्लिक कम्पनीका रुपमा स्थापित हुन सहयोग पुग्ने बोर्डको विज्ञप्तिमा उल्लेख छ। 
 
प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने सङ्गठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविश्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) तथा अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार प्रति शेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्ने व्यवस्था गरिएको छ। 
 
धितोपत्रको थप सार्वजनिक निष्काशन गरेको मितिले पाँच वर्ष पुरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न नसक्ने व्यवस्था गरिएको छ। पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति, प्रति शेयर अङ्कित मूल्य भन्दा कम भएमा, सबै भन्दा न्यून रेटिङ्ग प्राप्त गरेमा वा अङ्कित मूल्य भन्दा बढी मूल्यमा वा प्रिमियम थप गरी निष्काशन गर्ने भएमा सम्पूर्ण धितोपत्रको प्रत्याभूत बोर्डलाई गराउनु पर्ने व्यवस्था गरिएको छ। 
 
ब्रोकर कम्पनीलाई पनि कडाई, पुस मसान्तभित्र चुक्ता पुँजी दुई करोड पुर्याउनुपर्ने 
धितोपत्र व्यवसायी नियमावली २०६४ लाई संशोधन गर्दै ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी २ करोड पुर्याइएको छ। हालसम्म २० लाख रुपैयाँ पुँजीकै भरमा संचालन हुन पाउने व्यवस्थालाई १० गुणा वृद्धि गरिएको हो। २०७४ पुस मसान्तभित्र ब्रोकर कम्पनीले २ करोड पुर्याइसक्नुपर्नेछ।  
 
त्यस्तै शाखा कार्यालयको पूर्वाधार, शाखा खोल्न बोर्डको स्वीकृति लिनु पर्ने व्यवस्था समेत तोकिएको छ। मुख्य कार्यालय तथा शाखा कार्यालयको क्षेत्रफल कम्तीमा एक हजार वर्गफिट हुनुपर्ने, कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख र परिपालन (कम्प्लायन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तीमा पाँच जना कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ।  
 
शाखा कार्यालयबाट हुने कारोबार यथासम्भव चाँडो मुख्य कार्यालयमार्फत हुने व्यवस्था गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ। ब्रोकर कम्पनीको शाखा कार्यालयको हकमा कम्तीमा तीन थान कम्प्यूटर र त्यसका लागि पावर ब्याकअप भएको हुनुपर्ने, कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टाछुट्टै हुनुपर्ने, टेलिफोन, फ्याक्स, इमेल, इन्टरनेट, तथा सिसीटिभि जस्ता पूर्वाधाहरुको व्यवस्था भएको हुनुपर्ने, कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीहरुको यथोचित व्यवस्था भएको हुनुपर्ने, कारोबार गर्ने कम्प्यूटर कम्तीमा पाँच मेगाबिट्सको हुनुपर्ने र अपरेटिङ सिस्टम विन्डोज सेभेनत वा त्योभन्दा आधुनिक हुनुपर्ने व्यवस्था गरिएको छ। नेटवर्कका लागि हबको प्रयोग गर्न नपाउने अर्थात म्यानजेवल नेटवर्क स्वीचको प्रयोग हुनुपर्ने व्यवस्था तोकिएको छ। 
 
हकप्रदलाई व्यवस्थित गर्ने प्रयास 
कम्पनीको साधारण सभाबाट हकप्रद शेयरको निष्काशन गर्ने निर्णय भएमा सो निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नु पर्ने व्यवस्था गरिएको छ।  हकप्रद शेयर बिक्री नभएमा सोको लिलाम बढाबढबाट बिक्री गर्ने प्रकृयाको व्यवस्था छँदैछ।
 
साथै हकप्रद वा वोनस शेयर वापतको शेयर खण्डित हुने भएमा पूर्ण कित्ताको रूपमा नपुग रकम समेत लिई दरखास्त पनि लिने व्यवस्था गरिएको छ। हकप्रद निष्काशन गर्दा उपत्यकाबाहिरका सेयरहोल्डरको संख्यालाई समेत मध्यनजर गर्दै ति क्षेत्रमा पायक पर्नेगरी संकलन केन्द्र तोक्नु पर्ने व्यवस्था गरिएको छ। 
 
बैंक वित्तीय संस्था तथा बीमा कम्पनी बाहेकका प्रत्यक्ष नियमन निकाय नभएका संगठित संस्थाको हकप्रद तथा थप धितोपत्र निष्काशन सम्बन्धमा पनि स्पष्ट व्यवस्था गरिएको बोर्डले जनाएको छ। 
 
साधारण सभाबाट हकप्रद निष्काशन गर्ने निर्णय भएको चार महिना भित्र बोर्डमा निवेदन दिनुपर्ने व्यवस्थालाई दुई महिना कायम गरिएको छ। बोनस शेयर दर्ताको लागि तीस दिनभित्र बोर्डमा निवेदन दिनु पर्ने व्यवस्था गरी बोनस दर्ता अवधि घटाइएको छ।
 
एकआपसमा गाभिने कार्य सम्पन्न भए पश्चात एकिकृत कारोबार सुरु भएसँगै सेयरको कारोबार समेत सुरु हुने व्यवस्था गर्नुपर्ने र यदी विशेष कारण कारोबार हुन नसकेमा एकिकृत कारोबार सुरु भएको बढीमा पन्ध्र दिनभित्र सेयरको कारोबार सुरु गर्नु पर्ने व्यवस्था गरिएको छ। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ

    नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ बैंक तथा वित्तीय संस्थाहरुमा हुने नोट गन्ने मेसिनहरुले नोटमात्र होइन नोटका बन्डलमा कागज राखेपछि त्योसँगै गन्छन्। त्यही कारणले गर्दा मौद्रिक कारोबार गर्ने संस्थाको गेटभित्र पनि नक्कली नोट छिर्न सक्छन्। तर पछिल्लो समय यस्तो मेसिन नेपाल भित्रिएको छ जसले नोटलाई आफै फिल्टर गरेर गन्न सक्छ।

  • सिद्धार्थ बैंकको हकप्रद बिक्री २५ गतेदेखि

    सिद्धार्थ बैंकको हकप्रद बिक्री २५ गतेदेखि सिद्धार्थ बैंकको हकप्रद सेयर जेठ २५ गतेदेखि बिक्री खुला हुने भएको छ। बैंकले एक सूचना जारी गर्दै १० बराबर ३ को अनुपातमा हकप्रद बिक्री खुला हुन लागेको जनाएको छ। जेठ १६ गतेभन्दा अगाडि दोस्रो बजारमा सेयर खरिद गर्नेहरुले हकप्रद दावी गर्न सक्नेछन्। असार २८ गते निश्कासन बन्द हुनेछ।

  • गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान

    गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान संघीय सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत गरेको छ। संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको बजेटमा नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बिनियोजन गरिएको छ।

  • आयोगद्वारा आव २०७४/७५ को बजेट पारित

    आयोगद्वारा आव २०७४/७५ को बजेट पारित राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४-७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले

  • एक वर्षमा नेपालको प्रतिव्यक्ति आय १०५ डलरले वृद्धि

    एक वर्षमा नेपालको प्रतिव्यक्ति आय १०५ डलरले वृद्धि एक वर्षको अवधिमा नेपालको प्रतिव्यक्ति आय १ सय ५ डलरले वृद्धि भएको छ। संसदमा आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सो जानकारी दिएका हुन्। गत आर्थिक वर्ष प्रतिव्यक्ति आय ७ सय ५७ डलर रहेकोमा यो वर्ष बढेर ८ सय ६२ पुग्ने अनुमान गरिएको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी