गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान

  • Get News Alerts

कुन क्षेत्रमा कति विनियोजन
संघीय सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत गरेको छ। 
 
संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको बजेटमा नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बिनियोजन गरिएको छ। 
 
सरकारले आगामी वर्ष २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमा ८ खर्ब ३ अर्ब ५३ करोड चालु तर्फ बिनियोजन गरिएको छ। यो कूल बजेटको ६२ दशमलब ८ प्रतिशत हो। त्यस्तै विकास खर्चतर्फ ३ खर्ब ३५ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ। जुन कुल बजेटको २६ प्रतिशत हो। बाँकी रकम वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।  
 
बजेट संविधान कार्यान्वयन, संघियता कार्यान्वयन भूकम्पपीडितलाई राहत, रोजगार बृद्धि कृषि आधुनिकिकरण, जलविद्युतमा लगानी, सडक र पर्यटन विस्तार लगायतका विषयमा बजेट केन्द्रीत रहेको महराले बताए। 
 
त्यस्तै स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बिनियोजन गरिएको छ। बजेटमा गाउँपालिका, नगरपालिका र महानगरपालिकाले केन्द्रीय सरकारले अनुदान र श–सर्त अनुदान पाउने छन्। 
 
स्थानीय तह आफैँले खर्च गर्न पाउने गरी गाउँपालिकाले न्यूनतम १० अधिकतम ३९ करोडसम्म पाउने छन्। नगरपालिकाले न्यूनतम १५ करोड अधिकतम ४३ करोड रुपैयाँ पाउनेछन्। त्यस्तै उपमहानगरपालिकाले ४० देखि ६३ करोड रुपैयाँ पाउनेछन् भने महानगरपालिकाले न्यूनतम ५६ करोडदेखि अधिकतम १ अर्ब २४ करोड रुपैयाँ अनुदान पाउने छन्।  
 
त्यस्तै श–सर्त अनुदानस्वरुप गाउँपालिकाले न्यूनतम १ करोड २० लाख र अधिकतम १७ करोड २२ लाख पाउने छन्। नगरपालिकाले न्यूनतम ३० करोड ९५ लाख र अधिकतम ३१ करोड २७ लाख  रुपैयाँ पाउनेछन्। त्यस्तै उपमहानगरपालिकाले १४ करोड ८० लाखदेखि ३१ करोड रुपैयाँसम्म पाउनेछन् भने महानगरपालिकाले न्यूनतम २८ करोड १२ लाखदेखि अधिकतम ७८ करोड ३९ लाख रुपैयाँ अनुदान पाउने छन्।  
 
अर्थमन्त्री महराले संविधान आएपछि आएको पहिलो संघीय बजेट भएकोले यसले स्थानीय तहलाई शसक्त गराउने विश्वास व्यक्त गरे। 
विनियोजन गरेको बजेटमा स्रोतको रुपमा ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख ७० हजार रुपैयाँ राजश्व, १५ अर्ब साँवा फिर्ताबाट र वैदेशिक अनुदानबाट ७२ अर्ब १६ करोड जुटाइने छ। वैदेशिक ऋण २ खर्ब १४ अर्ब र आन्तरिक १ खर्ब ४५ अर्ब रुपैयाँ उठाउने सरकारी लक्ष्य छ। त्यस्तै चालु वर्षको बजेटबाट मौज्दात रहन गएको १ खर्ब २ अर्ब रुपैयाँबाट पुरा गर्ने सरकारी दाबी छ।
 
७.२ प्रतिशतको आर्थिक बृद्धिदर, ७ प्रतिशतको मूल्य बृद्धिः
चालु आर्थिक वर्षमा ६.९ प्रतिशतको आर्थिक बृद्धिदर रहने अनुमान गरेको सरकारले आगामी वर्ष त्यो बढेर ७.२ प्रतिशत कायम हुने अनुमान गरेको छ। आर्थिक गतिविधि बढेको, लगानीको वातावरण बनेको पूर्वाधार निर्माणमा तदारुकता पाएकोले आगामी वर्ष सहजै बृद्धिदरको लक्ष्य हासिल गरिने अर्थमन्त्री महराले जानकारी दिए। 
 
आज प्रस्तुत बजेटमा आगामी बर्ष मूल्य बृद्धिदर ७ प्रतिशतभन्दा माथि नजाने र त्यसको लागि मौद्रिक नीतिमार्फत नियन्त्रण गरिने सरकारी विश्वास छ। 
 
निर्वाचन आचारसंहिताको कारणले नयाँ कार्यक्रम नल्याइएको कर प्रशासन तथा समग्र प्रशासनमा सुधार नभएकोले सरकारले राखेको बृद्धिदरको लक्ष्य बढी महात्वकांक्षी हुने व्यवासयीहरुले बताएका छन्। 
 
पुरानै कार्यक्रम आएको नयाँ लगानी तथा आर्थिक ‘मुभमेन्ट’ सिर्जना गर्नेखालका कुनै पनि कार्यक्रम नआएकोले अहिलकै कार्यक्रमबाट बृद्धिदरको लक्ष्य हासिल हुनेमा आफूहरु विश्वस्त नभएको बताउँछिन् उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा। 
 
यद्यपी स्थानीय तहलाई विनियोजन गरिएको बजेटले आर्थतन्त्रलाई सकारात्मक उर्जा प्रदान गर्ने भएकोले बजेट समग्रमा सकारात्मक भएको उनको भनाइ छ। 
 
कुन क्षेत्रमा कति बजेट बिनियोजन-
 
निर्वाचन आचारसंहिता लागेको भन्दै नयाँ कार्यक्रम थप नगरी ल्याइएको बजेटमा पूर्वाधारतर्फ उत्साहजनक विनियोजन गरिएको छ। 
 
पुनर्निर्माणः               १ खर्ब ४६ अर्ब 
सडक पूर्वाधारः            ८९ अर्ब ५० करोड
शिक्षातर्फः                ६६ अर्ब १२ करोड 
उर्जातर्फ (जलविद्युत) ः      ६२ अर्ब ४७ करोड
सामाजिक सुरक्षाः             ३६ अर्ब 
स्वास्थ्यः                  ३१ अर्ब ७० करोड 
सहरी पूर्वाधारः              ३० अर्ब ४८ करोड 
सिँचाईः                    २७ अर्ब ४१ करोड 
पर्यटनः                      १६ अर्ब 
वन ः                                  १५ अर्ब ३४ करोड 
उद्योग, वाणिज्य तथा आपूर्तिः     १० अर्ब ९६ करोड 
वातावरणः                    ७ अर्ब ६५ करोड 
भुमिसुधारः                   ६ अर्ब ८० करोड 
सुचना प्रविधिः                 ४ अर्ब ९८ करोड
स्थानीय तथा ग्रामिण पूर्वाधारः       ३ अर्ब 
समाज कल्याणः                  २ अर्ब २३ करोड 
खेलकुदः                       २ अर्ब २४ करोड 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ

    नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ बैंक तथा वित्तीय संस्थाहरुमा हुने नोट गन्ने मेसिनहरुले नोटमात्र होइन नोटका बन्डलमा कागज राखेपछि त्योसँगै गन्छन्। त्यही कारणले गर्दा मौद्रिक कारोबार गर्ने संस्थाको गेटभित्र पनि नक्कली नोट छिर्न सक्छन्। तर पछिल्लो समय यस्तो मेसिन नेपाल भित्रिएको छ जसले नोटलाई आफै फिल्टर गरेर गन्न सक्छ।

  • सिद्धार्थ बैंकको हकप्रद बिक्री २५ गतेदेखि

    सिद्धार्थ बैंकको हकप्रद बिक्री २५ गतेदेखि सिद्धार्थ बैंकको हकप्रद सेयर जेठ २५ गतेदेखि बिक्री खुला हुने भएको छ। बैंकले एक सूचना जारी गर्दै १० बराबर ३ को अनुपातमा हकप्रद बिक्री खुला हुन लागेको जनाएको छ। जेठ १६ गतेभन्दा अगाडि दोस्रो बजारमा सेयर खरिद गर्नेहरुले हकप्रद दावी गर्न सक्नेछन्। असार २८ गते निश्कासन बन्द हुनेछ।

  • आयोगद्वारा आव २०७४/७५ को बजेट पारित

    आयोगद्वारा आव २०७४/७५ को बजेट पारित राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४-७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले

  • आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने

    आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने अब प्राथमिक सेयर निश्कासनमा आवेदन दिने सबै लगानीकर्ताले सेयर पाउने भएका छन्। हालसम्म निश्कासन भएको कुल संख्याको ४० प्रतिशत सेयर साना लगानीकर्ता र ६० प्रतिशत ठूला लगानीकर्ताको लागि वितरण गर्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ। पुँजी बजारमा संरचनात्मक सुधारका लागि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ लागू गर्दै धितोपत्र बोर्डले नयाँ व्यवस्था गरेको हो।

  • एक वर्षमा नेपालको प्रतिव्यक्ति आय १०५ डलरले वृद्धि

    एक वर्षमा नेपालको प्रतिव्यक्ति आय १०५ डलरले वृद्धि एक वर्षको अवधिमा नेपालको प्रतिव्यक्ति आय १ सय ५ डलरले वृद्धि भएको छ। संसदमा आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सो जानकारी दिएका हुन्। गत आर्थिक वर्ष प्रतिव्यक्ति आय ७ सय ५७ डलर रहेकोमा यो वर्ष बढेर ८ सय ६२ पुग्ने अनुमान गरिएको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी