ओरालो लाग्दै वैदेशिक रोजगार, बंगलादेशी कामदार नेपाली कामदारका लागि चुनौती

  • Get News Alerts

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा कमि आएको छ। आर्थिक वर्ष ०७१-०७२ मा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ५ लाख १२ हजार रहेकोमा २०७२ असार २१ गते फ्री भिसा र फ्री टिकट लागु गरे पछि आर्थिक वर्ष ०७२-०७३ मा विदेश जाने कामदार संख्या घटेको छ।
 
आर्थिक वर्ष ०७२-०७३ मा ४ लाख १६ हजारमा सिमित भइ ९६ हजारले कमी भएको थियो। विभागको यस आर्थिक वर्ष ०७३-०७४ को  चैत्र ९ महिनाको डाटा अनुसार महिला र पुरुष गरी जम्मा २ लाख ४५ हजार कामदार वैदेशिक रोजगारीमा गएको देखिएको छ।
 
यस आर्थिक वर्षको बाँकी करिव ३ महिनाको बीचमा मुस्लिम पर्ब रमज़ानको कारण खासै कामदार आपूर्ति नहुने हुदाँ अब यो आर्थिक वर्षमा करिब ५५ हजार कामदारले मात्रा रोजगारीको अवसर पाउने अवस्था रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले बताए।
 
'जसले गर्दा यो आर्थिक वर्ष करिब ३ लाख को हराहारीमा मात्रा बैदेशिक रोजगारी मा जाने छन.' उनले भने 'यो करिब ४५% घट्ने देखिन्छ।' देशको अर्थतन्त्रमा करिव ३३% हिस्सा योगदान पुर्याएको वैदेशिक रोजगार दिनानुदिन धरासायी बन्दै जानूको कारण विदेशी मुद्रा संचितिमा ठुलो समस्या आई विदेशी सामान आयात गरेको भुक्तानि रकम तिर्न समस्या हुने स्थिति उत्पन्न हुने भनी राष्ट्र बैंकले चिन्ता ब्यक्त गरी सकेको छ । यसमा विश्व बैंकले समेत चासो देखाई सकेको छ।
   
महासचिव गुरुङका अनुसार अर्को आर्थिक वर्ष ०७४- ०७५ मा कामदार संख्या अझ घटनेछ।  किन भने ०७२ असार २१ गते फ्री भिसा फ्री टिकटको निर्णय अगाबै पूर्ब स्वीकृति लिएका मागपत्रको म्याद ३ वर्षको रहन्छ। 'जसमा रोजगार दाता कम्पनीले फ्री टिकट अनिबार्य दिनु पर्दैन र पूर्ब स्वीकृति लिएका करिब २ लाख कोटा भिसाबाट हाल कामदार आफैँ टिकट काटेर गई रहेका छन, उनले भने 'ति फाइल हरुको म्याद ०७५ असार २२ मा समाप्त हुन्छ।'
     
छिमेकी मुलुक भारत, पाकिस्तान, श्रीलंका ,बंगलादेशबाट आफैँ टिकट काटेर रोजगारीमा जाने कामदार पाउँदा पाउँदै नेपाली कामदार लाई निशुल्क टिकट दिदाँ कम्पनीलाई खर्चिलो हुने हुदाँ नेपालमा आउने माग पत्र घटने  गुरुङ बताउँछन्।
 
८ वर्षदेखि बन्द रहेको बंगलादेश खुला गरेको मलेसियाको रोजगारी नेपाली कामदारको निम्ति अर्को चुनौती बनेको छ।  मलेसिया सरकारका प्रतिनिधिले नेपाल सरकारसँग गर्न लागिएको श्रम संझौताको मस्यौदामा नेपाली कामदार लाइ स्वदेश फर्कने एक तर्फको मात्रा टिकट दिन सक्ने भनेको अबस्था रहेको बुझिएको छ जसले गर्दा श्रम मन्त्रालय को फ्री टिकट अनिबार्य हुनु पर्ने निर्णय समस्यामा पर्ने देखिएको छ।
       
वैदेशिक रोजगार बिभागले चैत्र १ गते ७ दिन भित्र फ्री टिकटमा बिगत २१ महिनामा कामदार पठाएको टिकट नम्बर बिभागमा बुझाउन म्यानपावार ब्यवसायीलाई निर्देशन गरेको छ । रोजगारदाता कम्पनीले फ्री टिकट नदिएता पनि दिएको भनी टिकट काटेर कामदार पठाउने म्यानपावरहरुले अब कामदार पठाउन बन्द गर्ने देखिएको गुरुङले बताए। यसले बैदेशिक रोजगारमा जाने कामदारको संख्या अझ घटने ब्यवसायीहरु बताउँछन।
 

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको कति बढ्यो ?

    रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको  कति बढ्यो ? नयाँ बजेटले रक्सीको मूल्य बढाएको छ। रक्सीमा १० देखि १२ प्रतिशतसम्म बढेको व्यवसायीहरुले बताएका छन्। अन्त शुल्क कर, कच्चा पदार्थको मूल्य बढाएपछि स्वत रक्सीको मूल्य बढेको व्यवसायीहरुले बताए। अल्कोहलको मात्रा हेरेर केही वियरको मुल्य आजबाट बढेको छ।

  • बजेट कागजमा मात्र नहोस्, कार्यान्वयन पनि होस् - रोहन गुरुङ

    बजेट कागजमा मात्र नहोस्, कार्यान्वयन पनि होस् - रोहन गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले सरकारले ल्याएको बजेट कागजमा मात्र केन्द्रीत नगर्न सुझाव दिएका छन्। सेतोपाटीसँग बजेटबारे प्रतिक्रिया दिँदै उनले यसअघि कतिपय विषय बजेटमा समेटिए पनि कार्यान्वयनमा नआएको भन्दै आगामी वर्षको बजेट भने कार्यान्वयनमा ल्याउन सुझाव दिए।

  • अल्लो र ढाकाको कपडा जापान, बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका निकासी

    म्याग्दीका उद्यमीले तयार पारेको अल्लो र ढाकाको कपडा विदेश निकासी हुन थालेको छ । बेनीको हिमाली अल्लो र नमुना ढाका उद्यमी समूहले तयार पारेको कपडा जापान, बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायतका देशमा रहेका नेपालीले खरिद गरेर विदेश लैजान थालेका नमुना ढाका कपडा उद्यमी समूहकी अध्यक्ष डिलु घतानेले बताए।

  • रमजानमा कतारबाट आइएमइ गर्दा घडी उपहार

    रमजानमा कतारबाट आइएमइ गर्दा घडी उपहार आइएमईमार्फत कतारबाट नेपाल पैसा पठाउनेले घडी उपहार पाउने भएका छन्। आइएमइका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाइ घडी उपहारको व्यवस्था गरेको आइएमइले जनाएको छ। योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त पाउनेछन्।

  • सार्वजनिक संस्थामा लगानी तीन खर्ब, प्रतिफल न्यून

    मुलुकका सार्वजनिक संस्थानमा दुई खर्ब ७४ अर्ब लगानी प्रवाह भए पनि अपेक्षित उपलब्धि भने हासिल हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ। सरकारले व्यवस्थापिका–संसद्मा आज पेस गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७४’ मा लगानीको तुलनामा अपेक्षित उपलब्धि हासिल हुन नसक्नु कमजोर वित्तीय एवम् व्यवस्थापकीय अवस्थालाई औँल्याइएको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी