नेपाली बजारमा सामसङ एक्लैको ६० प्रतिशत हिस्सा-स्थापित

  • Get News Alerts

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार देशको जनसंख्याको १२७ प्रतिशत अर्थात ३ करोड १ लाख १९ हजार मोबाइल फोन प्रयोगकर्ता छन् भने कुल जनसंख्याको ५२.७० प्रतिशत अर्थात १ करोड ५९ लाख नेपाली इन्टरनेटको पहुँचमा रहेका छन् ।
 
नेपालमा विभिन्न स्मार्टफोन आयातकर्ता कम्पनीहरुको संख्या ४० भन्दा बढी रहेको छ भने सबैखाले फोनहरुको दाँजोमा स्मार्टफोनको हिस्सा ९५ प्रतिशत रहेको छ ।
 
विश्व स्मार्टफोन बजारमा अग्र पंक्तिमा रहेको सामसङ नेपालमा पनि सबैभन्दा रुचाइएको ब्राण्ड हो । पछिल्लो समय स्मार्टफोनप्रतिको प्रयोगकर्ताको एक पछि अर्को अर्थपूर्ण नविनता तथा डिजाइनमा भित्र्याउँदै आएको सामसङले हालै मात्र नेपाली बजारमा ग्यालेक्सी ‘एस एट’ र ‘एस एट प्लस’ सार्वजनिक गरेको छ ।
 
यसै सन्दर्भमा सामसङ आइएम बिजका नेपाल प्रमूख प्रणय रत्न स्थापितसँग सम्रग स्मार्टफोन बजार र हालै सार्वजनिक गरिएका दुई स्मार्ट फोनका बारेमा हामीले कुराकानी गरेका छौं ।
 
नेपालमा स्मार्टफोनको बजार अवस्था कस्तो  छ ?
 
नेपाली बजारलाई हेर्दा विगत २ वर्षबाट एक पछि अर्को गर्दै धेरै अन्तर्राष्ट्रिय ब्राण्डहरुले प्रवेश गरेका छन् भने केहि वर्ष पहिलेदेखि नै थुप्रै कम्पनीहरु यहाँको बजारमा स्थापित हुन प्रयासरत रहेका छन् । नेपाली बजार फैलदैँ गएको परिपेक्षलाई आत्मसाथ थुप्रै स्मार्टफोनहरु यहाँ भित्र्नुलाई हामीले स्वभाविक रुपमा लिएका छौँ ।
 
यो अवस्थामा हिजोको दिनमा पनि र आज पनि सामसङ पहिलो स्थानमा रहेको सबैलाई अवगत नै छ । तथ्यांकका आधारमा कुरा गर्ने हो भने पनि स्मार्टफोनको बजारमा सामसङ एक्लैको ६० प्रतिशत भन्दा धेरै हिस्सा रहेको छ ।
 
विभिन्न नयाँ कम्पनीहरु भित्र्दै गएको अवस्थामा सामसङले आफ्नो मूख्य प्रतिद्धन्दीको रुपमा कुन ब्राण्डलाई हेरेको छ ?
 
सामसङले अरु कम्पनीलाई हेरेर रणनिति बनाउने भन्दापनि उपभोक्ताको माग तथा रुचिमा रिसर्च गरेर त्यसै अनुरुपमको नयाँ चिज प्रदान गर्नुपर्छ भन्ने मान्यतामा विश्वास राख्ने गर्छ । त्यसैले प्रयोगकर्ताको बदलिदोँ टेस्ट अनुरुप आफूलाई रुपान्तरण गर्दै प्रोडक्ट डेभेलप गर्ने भएकाले हाम्रो लागि प्रतिद्धन्दी भन्दा पनि उपभोक्ताको माग र रुचिको विषय पहिलो प्राथमिकमा रहँदै आएको छ ।
 
नयाँ नयाँ ब्राण्डको प्रवेश तथा स्मार्टफोनको बजार फैलदैँ गएसगैँ नेपाली ग्राहकहरुले कस्ता खालका फोन मनपराएका छन् ?
 
विभिन्न सेगमेन्टको कुरा गर्नुपर्दा नेपालमा सबैभन्दा बढी विक्री हुनेमा १० हजार देखि २५ हजारसम्मका मूल्य भएका फोनहरु पर्छन् जसलाई हामी मिड रेन्ज सेगमन्ट भन्ने गछौँ ।
 
सामसङकै पनि मिड रेन्ज बजेट भएको ‘जे सिरिज’ सर्वाधिक रुचाइएको सेगमेन्ट रहेको छ भने यस अन्तर्गत पनि ‘जेटु’, ‘जेफाइभ’, ‘जेसेभेन’ लगायतका विभिन्न मोडलका फोन धेरै विक्री भएको पाएका र्छौँ ।
 
सामसङले सर्भिस सेन्टर तथा मोबाइल एक्सेसरिजको पर्याप्त उपलब्धताको विषयमा के गर्ने गरेको छ ?
 
हेर्नुस, कसैले पनि १० हजार भन्दा माथिको रकम लगानी गरेर कुनै वस्तु किन्छ भने उसले निश्चित रुपमा ‘आफ्टर सेल्स सर्भिस’ खोज्छ नै ।
 
त्यसो हुने हुँदा हामीले जतिपनि फोन नेपालका लागि मगाउने गर्छौँ, त्यो आउनुभन्दा पहिले नै तिनका लागि चाहिने पर्याप्त स्पेयर पार्टसहरु मगाएर पहिले नै स्टकमा राख्ने गर्छाै र देशैभरी रहेका हाम्रा सर्भिस सेन्टरहरुमा उपलब्ध गराउने गर्छौँ ।
 
यसले गर्दा ग्राहकहरुको सामसङको मोबाइल केहि भईहाले, केहि फेर्नुपरेपनि तत्काल बनाउन सकिन्छ भन्ने हामीप्रतिको जुन विश्वास रहेको छ त्यसलाई झन मजबुत बनाउन हामी सफल भएका छौँ ।
 
बजारको सम्रग पक्षलाई अध्ययन गर्ने हो भने स्मार्टफोन भन्दा ३ गुणा बढि प्रयोगकर्ताले बार फोन वा फिर्चस फोन बोक्ने गर्छन् ।
 
यसको अर्थ के हो भने भोलि गएर यी बारफोन प्रयोगकर्ताहरु स्मार्टफोनमा अपग्रेड हुने अवस्था प्रष्ट छ । सामसङले पनि यस अवस्थालाई ध्यानमा राख्दै साधारण  एन्ड्रोइड्मा ८ हजार ३ सय ९० रुपैंयाँको मूल्यमा पनि लन्च गरेका थियौँ ।
 
तर, हामीले के अनुभव गर्यौँ भने मानिसहरु इन्ट्री लेभेलको अर्थात ८­९ हजार रकम हालेर मोबाइल किन्न तयार हुँदा बरु एकदुई हजार बढी खर्च गरेर अझ बढि क्यामेरा, र्याम, स्टोरेज भएको किनौं भन्ने मानसिकता राख्छन् ।
 
फलस्वरुप, १० देखि २५ हजारको फोन सबैभन्दा धेरै विक्री हुने गर्छ । पछिल्लो समय हामीले मूल्यलाई पनि नेपाल सुहाउँदो बनाउँदै लगेका छौँ ।
 
महँगो मोबाइलमा पछिल्लो समय बढदै गएको ‘ग्रे मार्केट’ ले कस्तो खालको असर गरेको छ ?
 
आज भन्दा दुई वर्ष अगाडिसम्म पनि धेरै ‘ग्रे प्रोडक्टहरु’ नेपालमा जताततै  पाइने गथ्र्यो । ‘ग्रे प्रोडक्ट’ आउँदा त्यसबाट सिमित व्यक्तिलाई मात्र फाइदा हुने गथ्र्याे भने बेफाइदा भने ग्राहकदेखि सरकारसम्मलाई हुने गर्दथ्यो। 
ग्राहकले त्यस्तो प्रोडक्ट किन्दा बिग्रेको खण्डमा नेपालमै नबन्ने उच्च सम्भावना रहन्छ भने सरकारले ठूलो मात्राको राजस्य गुमाइरहेको हुन्थ्यो । ग्राहकले सामसङ फोन किन्दा नेपालका लागि सामसङको आधिकारिक वितरक आइएमएस र हिम इलेक्ट्रोनिक्सको होलोग्राम अंकित प्रोडक्ट किन्दा त्यसको आफ्टर सेल्स वारेन्टी तथा सर्भिसेसहरु पूर्णरुपमा पाउने गर्छन् ।
 
भर्खरै सार्वजनिक भएको ‘एसएट’ र ‘एसएट प्लस’ बाट तपाईँहरुले कस्तो अपेक्षा राख्नुभएको छ ? किस्ता बन्दीमा किन्न चाहनेहरुले कसरी किन्ने ?
 
डिस्प्ले, डिजाइन, क्यामेरा लगायतमा केहि बिल्कुलै नयाँ प्रविधि समावेश गरिएका यी दुई फोन कोरियामा पहिलो चोटि लन्च भएको केहि समयमै ‘ग्यालेक्सी सेभेन’ भन्दा सात गुणा धेरै प्रिबुकिङ भएको थियो ।
 
हामीले यी दुबै फोनको खरिदकर्ताहरुका लागि, टेलिकम पार्टनर एनसेलको सहकार्यमा ८ महिनाको लागि प्रत्येक महिना एक जीबीका दरले ८ जीबी डाटा, शिखर इन्सुरेन्सको साझेदारीमा ६ महिना ब्रेकेज इन्सुरेन्स र विभिन्न बैंकहरुको सहकार्यमा ६ महिने इएमआई पनि प्रदान गरेका छौँ ।
 
त्यसैलै स्वभाविक रुपमा, हामीले नेपालमा पनि त्यसै अनुरुपको अपेक्षा राखेका छौँ । किस्ता बन्दीमा किन्न चाहनेहरुका लागी हामीले मेगा, ग्लोबल आइएमइ, लक्ष्मी, नबिल र एनआइसी एसिया गरी पाँच बैंकहरुसँग साझेदारी गरेका छौँ ।
 
राष्ट्र बैंकको निर्देशन तथा बैंकहरुको आफ्नै इएमआई नितिका आधारमा ग्राहकले बैंकहरुबाट किस्तामार्फत ६ महिने इएमआइ अन्तर्गत स्मार्टफोन किन्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको कति बढ्यो ?

    रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको  कति बढ्यो ? नयाँ बजेटले रक्सीको मूल्य बढाएको छ। रक्सीमा १० देखि १२ प्रतिशतसम्म बढेको व्यवसायीहरुले बताएका छन्। अन्त शुल्क कर, कच्चा पदार्थको मूल्य बढाएपछि स्वत रक्सीको मूल्य बढेको व्यवसायीहरुले बताए। अल्कोहलको मात्रा हेरेर केही वियरको मुल्य आजबाट बढेको छ।

  • बजेट कागजमा मात्र नहोस्, कार्यान्वयन पनि होस् - रोहन गुरुङ

    बजेट कागजमा मात्र नहोस्, कार्यान्वयन पनि होस् - रोहन गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले सरकारले ल्याएको बजेट कागजमा मात्र केन्द्रीत नगर्न सुझाव दिएका छन्। सेतोपाटीसँग बजेटबारे प्रतिक्रिया दिँदै उनले यसअघि कतिपय विषय बजेटमा समेटिए पनि कार्यान्वयनमा नआएको भन्दै आगामी वर्षको बजेट भने कार्यान्वयनमा ल्याउन सुझाव दिए।

  • अल्लो र ढाकाको कपडा जापान, बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका निकासी

    म्याग्दीका उद्यमीले तयार पारेको अल्लो र ढाकाको कपडा विदेश निकासी हुन थालेको छ । बेनीको हिमाली अल्लो र नमुना ढाका उद्यमी समूहले तयार पारेको कपडा जापान, बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायतका देशमा रहेका नेपालीले खरिद गरेर विदेश लैजान थालेका नमुना ढाका कपडा उद्यमी समूहकी अध्यक्ष डिलु घतानेले बताए।

  • रमजानमा कतारबाट आइएमइ गर्दा घडी उपहार

    रमजानमा कतारबाट आइएमइ गर्दा घडी उपहार आइएमईमार्फत कतारबाट नेपाल पैसा पठाउनेले घडी उपहार पाउने भएका छन्। आइएमइका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाइ घडी उपहारको व्यवस्था गरेको आइएमइले जनाएको छ। योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त पाउनेछन्।

  • सार्वजनिक संस्थामा लगानी तीन खर्ब, प्रतिफल न्यून

    मुलुकका सार्वजनिक संस्थानमा दुई खर्ब ७४ अर्ब लगानी प्रवाह भए पनि अपेक्षित उपलब्धि भने हासिल हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ। सरकारले व्यवस्थापिका–संसद्मा आज पेस गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७४’ मा लगानीको तुलनामा अपेक्षित उपलब्धि हासिल हुन नसक्नु कमजोर वित्तीय एवम् व्यवस्थापकीय अवस्थालाई औँल्याइएको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी