बजेट कागजमा मात्र नहोस्, कार्यान्वयन पनि होस् - रोहन गुरुङ

  • Get News Alerts

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले सरकारले ल्याएको बजेट कागजमा मात्र केन्द्रीत नगर्न सुझाव दिएका छन्।  सेतोपाटीसँग बजेटबारे प्रतिक्रिया दिँदै उनले यसअघि कतिपय विषय बजेटमा समेटिए पनि कार्यान्वयनमा नआएको भन्दै आगामी वर्षको बजेट भने कार्यान्वयनमा ल्याउन सुझाव दिए।
 
वैदेशिक रोजगारीको क्षेत्रमा सरकारले छुट्टाएको स्वागत योग्य  भएको भन्दै उनले बजेटको सही सदुपयोग गर्नुपर्ने बताए।  वैदेशिक रोजगारमा छुट्टाएको बजेटले विदेश गएका कामदार कम्पनी छाडेर भाग्ने, अलपत्र पर्ने, कानुनी अड्चनका कारण बाध्य भएर विदेशमा नै बसिरहेकाहरुलाई पनि सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
 
ब्लड मनि पनि कम भइरहेको अवस्थामा सरकारको ध्यान त्यता पनि जानुपर्ने उनले बताए। कामदार विदेश जादाँ बैंक खाता खोल्नु पर्ने, रेमिट्यान्स सोही बैंकमा पठाउनु पर्ने र उनीहरुले पठाएको रेमिट्यान्स हाइड्रो लगायतका क्षेत्रमा लगाउने सरकारी निर्णय निकै सुन्दर भएको उनले बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको कति बढ्यो ?

    रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको  कति बढ्यो ? नयाँ बजेटले रक्सीको मूल्य बढाएको छ। रक्सीमा १० देखि १२ प्रतिशतसम्म बढेको व्यवसायीहरुले बताएका छन्। अन्त शुल्क कर, कच्चा पदार्थको मूल्य बढाएपछि स्वत रक्सीको मूल्य बढेको व्यवसायीहरुले बताए। अल्कोहलको मात्रा हेरेर केही वियरको मुल्य आजबाट बढेको छ।

  • अल्लो र ढाकाको कपडा जापान, बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका निकासी

    म्याग्दीका उद्यमीले तयार पारेको अल्लो र ढाकाको कपडा विदेश निकासी हुन थालेको छ । बेनीको हिमाली अल्लो र नमुना ढाका उद्यमी समूहले तयार पारेको कपडा जापान, बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका लगायतका देशमा रहेका नेपालीले खरिद गरेर विदेश लैजान थालेका नमुना ढाका कपडा उद्यमी समूहकी अध्यक्ष डिलु घतानेले बताए।

  • रमजानमा कतारबाट आइएमइ गर्दा घडी उपहार

    रमजानमा कतारबाट आइएमइ गर्दा घडी उपहार आइएमईमार्फत कतारबाट नेपाल पैसा पठाउनेले घडी उपहार पाउने भएका छन्। आइएमइका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाइ घडी उपहारको व्यवस्था गरेको आइएमइले जनाएको छ। योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त पाउनेछन्।

  • सार्वजनिक संस्थामा लगानी तीन खर्ब, प्रतिफल न्यून

    मुलुकका सार्वजनिक संस्थानमा दुई खर्ब ७४ अर्ब लगानी प्रवाह भए पनि अपेक्षित उपलब्धि भने हासिल हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ। सरकारले व्यवस्थापिका–संसद्मा आज पेस गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७४’ मा लगानीको तुलनामा अपेक्षित उपलब्धि हासिल हुन नसक्नु कमजोर वित्तीय एवम् व्यवस्थापकीय अवस्थालाई औँल्याइएको छ।

  • सहकारीको पहलमा चिया कारखाना स्थापना

    सहकारीको पहलमा चिया कारखाना स्थापना सामान्यतयाः दुई पात एक सुइरो भएको ६० देखि ८० प्रतिशतसम्म भएको चियालाई गुणस्तरीय चिया मानिन्छ। सिजनमा किसानले उक्त गुणस्तरको चियाको मूल्य अधिकतम ६ हजार प्रतिक्विन्टल पाएका थिए। तर इलामेली चिया कारखानाले प्रतिक्विन्टल १० हजारमा गुणस्तरीय चिया खरिद गरिरहेको अध्यक्ष सुवेदीले बताए।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी