दश हजार रुपैयाँमै जोड्न सकिन्छ सिसिटिभी

  • Get News Alerts

पछिल्लो समय घर, पसल, टोल, सडक, सार्वजनिक स्थल लगायतका स्थानमा सिसिटिभीको व्यापक प्रयोग भएको देखिन्छ। १० वर्ष अघिसम्म केही ठूला होटल, सुनपसल, बैंकहरुमा मात्र सीमित सिसिटिभीको प्रयोग पछिल्लो समय खुबै बढेर गएको छ। सामान्य जुस पसलमा पनि सिसिटिभी जडान भएको देख्न सकिन्छ।
 
सिसिटिभी पहिले भन्दा निकै सर्वसुलभ तथा सस्तो भएका कारण प्रयोग पनि निकै बढेको बताउँछन् विशाल बजारस्थित पर्पल आईका ललित जोधानी।जोधानीको भनाईमा केही वर्ष अघिसम्म पनि धेरैले थाहा नपाएको यो प्रविधिको प्रयोग पछिल्लो समय भने निकै बढेको छ।
 
‘सबैखाले पेसा, घर, व्यवसायमा समेत सिसिटिभीको आवश्यक्ता छ। यसको प्रयोगले चोरी, डकैती तथा अन्य अपराधिक घटनामा कमी ल्याई समाजमा सुरक्षाको व्यवस्था मजबुत बनाउन सहयोग गर्छ’ उनले भने। 
उनले पहिले जस्तो यो प्रविधि खर्चालू नभएको बताउँदै मोबाइल प्रविधिमार्फत दश हजारमै सिसिटिभी जडान गर्न सकिने बताए।
 
उनका अनुसार सामान्य पसल वा घरको गेटमा एउटा क्यामेराको प्रयोग गरी त्यहाँको घटनालाई कैद गर्न सकिन्छ जसका लागि केबल ८ देखि १० हजारमात्र खर्च लाग्छ।
 
नेपाली बजारमा भारत, चीन, कोरिया लगायातका देशहरुबमाट विभिन्न २५ भन्दा बढी ब्राण्डका सिसिटिभी भित्रने गर्छन्। यसको प्रयोग बढेकै कारण मासिक एक पसलबाट कम्तीमा पनि २०० पिस विक्री तथा जडान हुने गरेको उनले बताए। 
 
उनका अनुसार नेपालमा १५० को संख्यामा सिसिटिभी व्यवसायी छन्।
 
उनको सुझावमा सिसिटिभी किन्नु पूर्व क्यामेराको रेजोलुसन, गुणस्तर, प्रक्रिया लगायतका विषयमा ख्याल गर्नुपर्छ। आफूले कुन प्रयोजनका निम्ति जडान गर्न लागेको हो त्यहीअनुसारको क्षमता, प्रकृति र संख्यामा सिसिटिभी जडान गर्नुपर्छ।
 
उनले घरायसी प्रयोजन तथा सामान्य पसलमा १.३ देखि २ मेगापिक्सेलको तथा बैंक, बाटो, होटल, मल सार्वजनिकस्थानमा भने ५ देखि १२ मेगापिक्सेलका क्यामेरा भएको सिसिटिभी उपयुक्त हुने बताए।
 
यी नियम पुरा नगरी सिसिटिभी जोड्दा कार्वाहीमा परिएला नि !
 
सिसिटिभीकै कारण गम्भीर प्रकृतिका घटनामा अनुसन्धान प्रभावकारी हुने गरेको छ। यही प्रविधिका कारण ठूला घटनाहरु नियन्त्रणमा रहन सकेको पनि छ। व्यापारिक कम्प्लेक्सहरुमा यसको प्रयोगबाट चोरी नियन्त्रण हुने र घटना घटेमा त्यसको अनुसन्धानमा पनि सिसिटिभी महत्वपूर्ण हुनेमा कसैले नकार्न सक्दैन। तर यसको दुरुपयोग नहोस भन्ने उद्धेश्यले सरकारले केहि नियम बनाएको छ।
 
सरकारले अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा विद्युतीय उपकरणको प्रयोगलाई प्रभावकारी बनाउन सिसिटिभी प्रयोगलाई प्रोत्साहन र व्यवस्थित बनाउने उद्देश्यका साथ सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ ल्याई अनिवार्य रुपमा कार्यान्वन गराउन सम्पूर्ण जिल्ला प्रसासन कार्यालयलाई सुचित गराएको छ। 
 
कार्यविधिमा सिसिटिभी तथा क्यामेराको प्रयोगलाई सार्वजनिक क्षेत्र, व्यापारिक तथा निजी प्रयोजनका आधारमा वर्गीकरण गरी जडान गर्नुपूर्व प्रयोजन खुलाएर अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। 
त्यस्तै खिचेका तस्बीर तथा भिडियो गोप्य राख्नुपर्ने, कुनै पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा गोपनियताको हकमा असर पर्ने गरी जडान गर्न नपाइने तथा जडान भएको भवनमा सबैले देख्नेगरी सिसिटिभीको निगरानीमा रहेको सूचना टाँस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
 
 त्यस्तै क्यामेराले कैद गरेका फुटेज कुनै पनि किसिमबाट सार्वजनिक गर्न नपाइने, शौचालय, चेन्ज रुम, होटलका बेडरुममा राख्न नपाइने लगायातका प्रावधान रहेका छन्। जसविपरित सञ्चालन भएको पाइएमा विधुतीय कारोबार ऐन, २०६३ बमोजिम कारवाही हुने उल्लेख गरिए पनि जताततै जथाभाविरुपमा सिसिटिभीको प्रयोग भने बढ्दै गएको छ।
 
काठमाडौं प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी सिसिटिभीको प्रयोगले शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका रहेको बताउँछन्। तर सिसिटिभीको दुरुपयोग हुनेप्रतिपनि सचेत रहनुपर्नेमा उनको राय रहेको छ।
उनले भने, ‘सिसिटिभी अनाधिकृत प्रयोग गरी संभावित गोपनियता हनन्, ब्ल्याकमेलिङ,  सम्वन्धि अपराधहरु नियन्त्रण गर्न सघाउ पुग्दछ, भोलि हुन सक्ने संभावित घटनाहरु नियन्त्रणका लागि कायविधि जरुरी छ ।
 
तर कार्यविधिमा उल्लेख गरिएका व्यवस्थाहरु भने अधिकांश क्षेत्रमा लागू भएको छैन।
 
सचेतनाको अभावमा कार्यविधिका परिधिभन्दा बाहिर गएर धेरै स्थानमा मनपरी रुपमा सिसिटिभीको प्रयोग भइरहेको स्वयंम दवाडी नै स्वीकार गर्छन्।
 
अनुमति तथा अन्य प्रावधानको कार्यान्वन नगरी कुनै संघ, संस्था तथा व्यक्तिले सिसिटिभी सन्चालन एवम् जडान गरेको उजुरी परेमा ऐन अनुसार कारबाही हुने दावी पनि गर्छन्। तर यस सम्वन्धमा कसैले उजुरी नगरेको र उजुरी आए तत्काल कार्बाहीमा गर्ने उनले बताए।
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • ओप्पोको एफ थ्री स्मार्टफोनको 'रिभ्यु'

    ओप्पोको एफ थ्री  स्मार्टफोनको 'रिभ्यु' निकै आक्रामक रुपमा विश्व बजारमा आएको ओप्पो कम्पनीले नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा सम्मानजनक बजार हिस्सा ओगटेको दाबी गर्दे आएको छ। चिनियाँ फोन कम्पनी ओप्पोले केहि समय अगाडि सेल्फी एक्सर्टका रुपमा एफथ्री सार्वजनिक गरेको छ। यस फोनको बजार मूल्य ३४ हजार ४ सय ९० रुपैंयाँ रहेको छ। कस्तो छ त यो फोनको समग्र पक्ष ?

  • सामसङको नयाँ फोन ‘ग्यालेक्सी वाइड टु’ सार्वजनिक

    सामसङको नयाँ फोन ‘ग्यालेक्सी वाइड टु’ सार्वजनिक साउथ कोरियन मोबाइल अपरेटर एसके टेलिकमसँगको सहकार्यमा सामसुङले नयाँ फोन ग्यालेक्सी ‘वाइड टु’ सार्वजनिक गरेको छ। कोरियामा सार्वजनिक यस फोनको मोडल नम्बर SM-J727S राखिएको छ जसले गर्दा यस फोनलाई अन्य देशमा जेसेभन (२०१७) को नाममा उपलब्ध हुन सक्छ।

  • एक महिनामै भित्रिए ब्राण्डेड कम्पनीका यी स्मार्टफोन

    एक महिनामै भित्रिए ब्राण्डेड कम्पनीका यी स्मार्टफोन नेपालमा मोबाइल फोनको बजार निरन्तर विस्तार भइरहेको छ। हाल नेपालमा ४० भन्दा ज्यादा ब्राडका सबैखाले फोन पाइन्छन् भने एक पछि अर्को विदेशी ब्राण्डका फोनहरु नेपाली बजारमा प्रवेश गरिरहेका छन्। गत वैशाख महिना पनि बजारमा विभिन्न ब्राण्डेड स्मार्टफोनहरुले प्रवेश पाए।

  • आइपुग्यो नोकिया ३३१०, थ्री र फाइभ यसै महिनाभित्र आउने

    आइपुग्यो नोकिया ३३१०, थ्री र फाइभ यसै महिनाभित्र आउने विश्व बजारमा धमाकेदार पुनरागमन गरेको ‘नोकिया ३३१०’ अन्ततः नेपाली बजारमा पनि आइपुगेको छ। नेपालका लागि नोकियाको आधिकारिक वितरक प्यारामाउण्ट इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर राजकिरण शर्माले नोकिया ३३१० नेपाली बजार आइपुगेको र शुक्रबारबाट ग्राहकले किन्न सक्ने जानकारी दिए। शर्माका अनुसार नोकिया ३३१० को माग अत्यन्तै उच्च रहेपनि त्यसै अनुपातको आयात भने हुन सकेको छैन।

  • विद्युत प्राधिकरणले बेच्ने भनेको एलइडी बल्ब बजार मूल्यभन्दा ४ सय रुपैयाँ सस्तो

    विद्युत प्राधिकरणले बेच्ने भनेको एलइडी बल्ब बजार मूल्यभन्दा ४ सय रुपैयाँ सस्तो नेपाल विद्युत प्राधिकरणले बत्ती बालिने समयमा साधारण बल्बको प्रयोगले विद्युतको माग बढेको भन्दै भारतबाट २ करोड थान लिड बल्ब ल्याएर विद्युत माग घटाउने उद्देश्य लिएको छ प्राधिकरणले एक सय ४५ रुपैयाँ प्रति गोटामा बेच्ने बताएको बल्ब हालको बजार मूल्यभन्दा करिब चार सय रुपैयाँ सस्तो हुने दखिएको छ। प्राधिकरणले भारतीय सरकारी कम्पनी ईईएसएलमार्फत ओशराम र फिलिप्स कम्पनीका ९ वाटका बल्ब ल्याउने योजना बनाएको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी