ओप्पोको एफ थ्री स्मार्टफोनको 'रिभ्यु'

  • Get News Alerts

निकै आक्रामक रुपमा विश्व बजारमा आएको ओप्पो कम्पनीले नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा सम्मानजनक बजार हिस्सा ओगटेको दाबी गर्दे आएको छ।  चिनियाँ फोन कम्पनी ओप्पोले केहि समय अगाडि सेल्फी एक्सर्टका रुपमा एफथ्री सार्वजनिक गरेको छ। 
 
यस फोनको बजार मूल्य ३४ हजार ४ सय ९० रुपैंयाँ रहेको छ। कस्तो छ त यो फोनको समग्र पक्ष ?
 
डिजाइन तथा बिल्ड क्वालिटी
 
यस फोन ओप्पो एफथ्री प्लस भन्दा केहि सानो रहेको छ। फोन ७.३ एमएम स्लिम रहेको छ भने १५३ ग्राम यसको वजन रहेको छ।  ५.५ इन्चको डिस्प्ले तथा दु्बै पट्टिको स्लिम बोर्डरले यस फोनलाई एक हातले प्रयोग गर्न सहज बनाएको छ। 
 
अत्याधुनिक सलिङ स्टेट फिंगर प्रिन्ट उपलब्ध रहेको फोनमा प्रयोगकर्ताले हल्का रुपमा औला हाल्दा फोन सहजै अनलक हुन्छ।  फोनमा प्रयोग गरिएको हाइड्रोफोविक मेम्ब्रेनले उपभोक्ताको औलामा आद्रता भएको अवस्थामासमेत फिंगर प्रिन्टको सफल पहिचान गर्न सघाउँछ।
 
फर्ममेन्स तथा ब्याट्री
 
यस स्मार्टफोनमा ६४ बिटका मिडिया टेक ओक्टाकोर प्रोसेसर दिइएको छ जसको स्पिड १.५ गिगाहर्ज छ। ४ जीबी र्‍याम सहित ६४ जीबीको इन्टरनल मेमोरी छ। त्यस्तै यस फोनमा मेमोरी कार्ड र सिमको लागि अलग स्लट समावेश छन्। मल्टिटास्किंङमा यस फोनले उत्कृष्ट नतिजा दिन्छ। 
 
एक साथ धेरै एप्स खोले तापनी यसले सहज रुपमा वेब ब्राउजिङको काम गर्छ। त्यस्तै, ४ जीबीको र्‍यामले फोनलाई फास्ट बनाएको छ भने फुल एचडी स्क्रीन भएको हुँदा राम्रो गाफ्रिक्स भएका गेमहरु खेल्न निकै मजाले यसले सर्पोट गर्छ।
 
यसमा ३२०० एमएएचको ब्याट्री समावेश छ जो यस रेन्जको फोनका लागि सान्र्दभिक छ। यद्यपी कम्पनीले यस फोनमा भिओओसी फास्ट चार्जको अप्सन दिएको हुन्थ्यो भने ब्याट्रीले अझ राम्रो नतिजा दिलाउन सक्थ्यो।
टिकाउको हिसाबले यसको ब्याट्रीले तँपाईलाई निराश बनाउने छैन्।
 
क्यामेरा
 
कम्पनीले यस फोन निमार्ण गर्दा सबैभन्दा धेरै प्राथमिक्ता क्यामेरालाई दिएको देखिन्छ। यसमा रहेका दुई सेल्फी क्यामेरा बजारका अन्य कम्पनीका सेल्फी क्यामेरा भन्दा केहि अलग समेत रहेको छ।  फ्रन्टमा रहेको दुई क्यामेरा मध्ये एउटा १६ मेगापिक्सेलको रहेको छ जसमा ७६.४ डिग्रीको वाइड एंगल लेन्स छ भने अर्को क्यामेरा भने ८ मेगापिक्सेलको छ जसमा १२० डिग्रीको वाइड एंगल लेन्स समावेश गरिएको छ।
 
सेल्फी क्यामेरा इन्टरफेसमा तपार्इँलाई ग्रुप सेल्फीको लागि दुई अप्सन रहेको छ। पहिलो अप्सनमा क्लिक गर्दा एउटा लेन्सले काम गर्छ र यसबाट सेल्फी लिन सकिन्छ भने अर्को अप्सनको क्ल्कि गरेमा वाइड एंगल लेन्समार्फत एक साथ दुरीमा रहेका धेरै व्यक्तिको ग्रुप सेल्फी लिन सकिन्छ। 
 
यसका साथै क्यामेरामा भएको व्युटिफिकेसनको अप्सन जसको मद्धतले सुन्दर सेल्फी खिच्न सकिन्छ। सेल्फी तथा ग्रुप सेल्फीका लागि यो फोन सर्वोत्कृष्ट रहेको छ। त्यस्तै, यस फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा छ जसले प्रकाश संबवेदनशिलतालाई बढावा दिदैँ रात्रीकालीन समयमा समेत उत्कृष्ट कार्य क्षमता प्रदशन गर्छ। यस फोनको रियर क्यामेरा कलर रिप्रोडक्सनमा उत्कृष्ट रहेको छ ।
 
सफ्टवेर तथा युजर इन्टरफेस
 
यस स्मार्टफोनमा एंड्रोइड् मार्र्समेलो ६.० मा आभारित कम्पनीको आफ्नै कलर ओएस ३.० इंटरफेस समावेश छ जुन केहि पुरानो भर्सन हो। अन्य कम्पनीले भने पछिल्लो समय प्राय स्मार्टफोनमा नोगाट भर्सनमा बजारमा ल्याउने गरेका छन्।
 
यसका साथै यस फोनको सेटिङ मेन्युमा अन्य थुप्रै नविन अप्सनसमेत रहेका छन्। सम्रग पक्षबाट यो फोनलाई उत्कृष्ट मान्न सकिन्छ। अझ सेल्फी मनपराउनेहरुका लागि त यो फोन सबैभन्दा अब्बल रहेको छ।
 
 
 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • सामसङको नयाँ फोन ‘ग्यालेक्सी वाइड टु’ सार्वजनिक

    सामसङको नयाँ फोन ‘ग्यालेक्सी वाइड टु’ सार्वजनिक साउथ कोरियन मोबाइल अपरेटर एसके टेलिकमसँगको सहकार्यमा सामसुङले नयाँ फोन ग्यालेक्सी ‘वाइड टु’ सार्वजनिक गरेको छ। कोरियामा सार्वजनिक यस फोनको मोडल नम्बर SM-J727S राखिएको छ जसले गर्दा यस फोनलाई अन्य देशमा जेसेभन (२०१७) को नाममा उपलब्ध हुन सक्छ।

  • दश हजार रुपैयाँमै जोड्न सकिन्छ सिसिटिभी

    दश हजार रुपैयाँमै जोड्न सकिन्छ सिसिटिभी पछिल्लो समय घर, पसल, टोल, सडक, सार्वजनिक स्थल लगायतका स्थानमा सिसिटिभीको व्यापक प्रयोग भएको देखिन्छ। १० वर्ष अघिसम्म केही ठूला होटल, सुनपसल, बैंकहरुमा मात्र सीमित सिसिटिभीको प्रयोग पछिल्लो समय खुबै बढेर गएको छ। सामान्य जुस पसलमा पनि सिसिटिभी जडान भएको देख्न सकिन्छ। सिसिटिभी पहिले भन्दा निकै सर्वसुलभ तथा सस्तो भएका कारण प्रयोग पनि निकै बढेको बताउँछन् विशाल बजारस्थित पर्पल आईका ललित जोधानी।जोधानीको भनाईमा केही वर्ष अघिसम्म पनि धेरैले थाहा नपाएको यो प्रविधिको प्रयोग पछिल्लो समय भने निकै बढेको छ।

  • एक महिनामै भित्रिए ब्राण्डेड कम्पनीका यी स्मार्टफोन

    एक महिनामै भित्रिए ब्राण्डेड कम्पनीका यी स्मार्टफोन नेपालमा मोबाइल फोनको बजार निरन्तर विस्तार भइरहेको छ। हाल नेपालमा ४० भन्दा ज्यादा ब्राडका सबैखाले फोन पाइन्छन् भने एक पछि अर्को विदेशी ब्राण्डका फोनहरु नेपाली बजारमा प्रवेश गरिरहेका छन्। गत वैशाख महिना पनि बजारमा विभिन्न ब्राण्डेड स्मार्टफोनहरुले प्रवेश पाए।

  • आइपुग्यो नोकिया ३३१०, थ्री र फाइभ यसै महिनाभित्र आउने

    आइपुग्यो नोकिया ३३१०, थ्री र फाइभ यसै महिनाभित्र आउने विश्व बजारमा धमाकेदार पुनरागमन गरेको ‘नोकिया ३३१०’ अन्ततः नेपाली बजारमा पनि आइपुगेको छ। नेपालका लागि नोकियाको आधिकारिक वितरक प्यारामाउण्ट इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर राजकिरण शर्माले नोकिया ३३१० नेपाली बजार आइपुगेको र शुक्रबारबाट ग्राहकले किन्न सक्ने जानकारी दिए। शर्माका अनुसार नोकिया ३३१० को माग अत्यन्तै उच्च रहेपनि त्यसै अनुपातको आयात भने हुन सकेको छैन।

  • विद्युत प्राधिकरणले बेच्ने भनेको एलइडी बल्ब बजार मूल्यभन्दा ४ सय रुपैयाँ सस्तो

    विद्युत प्राधिकरणले बेच्ने भनेको एलइडी बल्ब बजार मूल्यभन्दा ४ सय रुपैयाँ सस्तो नेपाल विद्युत प्राधिकरणले बत्ती बालिने समयमा साधारण बल्बको प्रयोगले विद्युतको माग बढेको भन्दै भारतबाट २ करोड थान लिड बल्ब ल्याएर विद्युत माग घटाउने उद्देश्य लिएको छ प्राधिकरणले एक सय ४५ रुपैयाँ प्रति गोटामा बेच्ने बताएको बल्ब हालको बजार मूल्यभन्दा करिब चार सय रुपैयाँ सस्तो हुने दखिएको छ। प्राधिकरणले भारतीय सरकारी कम्पनी ईईएसएलमार्फत ओशराम र फिलिप्स कम्पनीका ९ वाटका बल्ब ल्याउने योजना बनाएको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी