विशेष

Search news by date range:

  • प्रमुख आयुक्त यादवलाई भेटेर ओलीले भने-एमाले हार्न तयार छ भरतपुरमा पुनः मतगणना गर्नुस्

    काठमाडौँ, जेठ १६ (सेतोपाटी) - प्रमुख आयुक्त यादवले आफूहरू यस बिषयमा गम्भीर रहेको जवाफ दिएको पनि नेम्वाङले बताए। एमाले अध्यक्ष ओली, संसदीय दलका उपनेता नेम्वाङ सहितको टोलीले आयोग पदाधिकारीलाई भेटेर आफै भरतपुर जान अाग्रह गरेको छ।

  • रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको कति बढ्यो ?

    रक्सी १० देखि १२ प्रतिशतले महँगियो, कुन रक्सीको  कति बढ्यो ? सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - नयाँ बजेटले रक्सीको मूल्य बढाएको छ। रक्सीमा १० देखि १२ प्रतिशतसम्म बढेको व्यवसायीहरुले बताएका छन्। अन्त शुल्क कर, कच्चा पदार्थको मूल्य बढाएपछि स्वत रक्सीको मूल्य बढेको व्यवसायीहरुले बताए। अल्कोहलको मात्रा हेरेर केही वियरको मुल्य आजबाट बढेको छ।

  • वायुसेवा निगमको पुरानो बोइङ किन्न कोही आएन

    वायुसेवा निगमको पुरानो बोइङ किन्न कोही आएन सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - नेपाल वायुसेवा निगमले बिक्रीमा राखेको बोइङ किन्ने प्रस्ताव कसैको नपरेपछि फेरि टेन्डर आब्हान गरिएको छ। तीस वर्ष पुरानो बोइङ– ७५७ सिरिजको कर्णाली नेपाली नाम दिइएको उक्त विमान चलाउन भन्दा बिक्री गर्न फाइदा हुने भन्दै निगम संचालक समितिले बिक्री गर्ने निर्णय गरेको थियो।

  • नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ

    नोट गन्ने यस्तो मेसिन जसले नक्कली नोट तुरुन्तै पत्ता लगाउँछ सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ - बैंक तथा वित्तीय संस्थाहरुमा हुने नोट गन्ने मेसिनहरुले नोटमात्र होइन नोटका बन्डलमा कागज राखेपछि त्योसँगै गन्छन्। त्यही कारणले गर्दा मौद्रिक कारोबार गर्ने संस्थाको गेटभित्र पनि नक्कली नोट छिर्न सक्छन्। तर पछिल्लो समय यस्तो मेसिन नेपाल भित्रिएको छ जसले नोटलाई आफै फिल्टर गरेर गन्न सक्छ।

  • बाजुरामा नेपाली सेनाको स्काइ ट्रक(जहाज) दुर्घटनामा

    बाजुरामा नेपाली सेनाको स्काइ ट्रक(जहाज) दुर्घटनामा बाजुरा, जेठ १६ (सेतोपाटी) - बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार सुर्खेतबाट खाद्यान्न बोकेर हुम्ला जान लागेको सो स्काइ ट्रक मौसम खराब भएपछि बाजुराको कोल्टीमा डाइभर्ट भएको थियो। कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज चिप्लिएर खेतमा पुगेको थियो।

  • साना गाडी र मोटरसाइकलले अब कति कर तिर्नुपर्छ ?

    साना गाडी र मोटरसाइकलले अब कति कर तिर्नुपर्छ ? सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - आर्थिक वर्ष २०७४ /७५ को बजेटमा सरकारले दुई पाङग्रेमा ८० र चार पाङग्रेमा २ सय ४० प्रतिशत कर लगाएको छ। सरकारले भन्सार शुल्क यथावत राख्दै सडक दस्तुर र सम्भार दस्तुर बढाएको हो। चार पाङग्रे सवारी साधन एक हजार सिसीले अब वार्षिक रुपमा १९ हजार रुपैयाँ तिर्नुपर्छ भने १ हजार १ देखि १५ सयसम्मको चार पाङग्रे सवारी साधनले २१ हजार तिर्नुपर्छ।

  • गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान

    गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म अनुदान सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ - संघीय सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को आयव्ययको विवरण (बजेट) संघीय संसदमा प्रस्तुत गरेको छ। संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको बजेटमा नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बिनियोजन गरिएको छ।

  • बजेट कागजमा मात्र नहोस्, कार्यान्वयन पनि होस् - रोहन गुरुङ

    बजेट कागजमा मात्र नहोस्, कार्यान्वयन पनि होस् - रोहन गुरुङ सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १५ - वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले सरकारले ल्याएको बजेट कागजमा मात्र केन्द्रीत नगर्न सुझाव दिएका छन्। सेतोपाटीसँग बजेटबारे प्रतिक्रिया दिँदै उनले यसअघि कतिपय विषय बजेटमा समेटिए पनि कार्यान्वयनमा नआएको भन्दै आगामी वर्षको बजेट भने कार्यान्वयनमा ल्याउन सुझाव दिए।

  • निर्वाचन आचारसंहिता लागेका बेला आएको बजेटको भवानी राणाले गरिन् प्रशंसा

    निर्वाचन आचारसंहिता लागेका बेला आएको बजेटको भवानी राणाले गरिन् प्रशंसा सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १५ - नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले ल्याएको बजेटको प्रशंसा गरेकी छिन्। सेतोपाटीसँग बजेटबारे प्रतिक्रिया दिदैँ उनले निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा सरकारले ल्याएको बजेट समग्रमा राम्रो भएको बताइन।

  • आयोगद्वारा आव २०७४/७५ को बजेट पारित

    आयोगद्वारा आव २०७४/७५ को बजेट पारित काठमाडौँ, जेठ १५ - राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४-७५ को आयव्यय विवरण (बजेट) पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले

  • ओप्पोको एफ थ्री स्मार्टफोनको 'रिभ्यु'

    ओप्पोको एफ थ्री  स्मार्टफोनको 'रिभ्यु' काठमाडौं, जेठ १५ (सेतोपाटी) - निकै आक्रामक रुपमा विश्व बजारमा आएको ओप्पो कम्पनीले नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा सम्मानजनक बजार हिस्सा ओगटेको दाबी गर्दे आएको छ। चिनियाँ फोन कम्पनी ओप्पोले केहि समय अगाडि सेल्फी एक्सर्टका रुपमा एफथ्री सार्वजनिक गरेको छ। यस फोनको बजार मूल्य ३४ हजार ४ सय ९० रुपैंयाँ रहेको छ। कस्तो छ त यो फोनको समग्र पक्ष ?

  • काठमाडौंमा सेवा विस्तार नगर्दै स्मार्टलाई फोरजी अनुमति!

    काठमाडौंमा सेवा विस्तार नगर्दै स्मार्टलाई फोरजी अनुमति! रवीन्द्र शाही , काठमाडौं, जेठ १५ - नेपाल दुरसंचार प्राधिकरणले निजी क्षेत्रको दुरसंचार सेवाप्रदायक स्मार्ट टेलिकमलाई फोरजी सेवा संचालनको अनुमति दिएको छ। यसअघि नेपाल टेलिकम र एनसेलसँगै फोरजीको लागि आवेदन दिएको स्मार्ट पहिलोचरणमा अयोग्य ठहरिएको थियो।

  • आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने

    आइपिओ अब सबैलाई, निश्कासनको २ महिनामै कारोबार हुने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १४ - अब प्राथमिक सेयर निश्कासनमा आवेदन दिने सबै लगानीकर्ताले सेयर पाउने भएका छन्। हालसम्म निश्कासन भएको कुल संख्याको ४० प्रतिशत सेयर साना लगानीकर्ता र ६० प्रतिशत ठूला लगानीकर्ताको लागि वितरण गर्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ। पुँजी बजारमा संरचनात्मक सुधारका लागि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ लागू गर्दै धितोपत्र बोर्डले नयाँ व्यवस्था गरेको हो।

  • घाटा खाएर रात्रि सेवा दिँदै साझा यातायात

    घाटा खाएर रात्रि सेवा दिँदै साझा यातायात सुधिर भण्डारी, , काठमाडौं, जेठ १४ - राजधानीमा साझा यातायात निकै लोकप्रिय छ। बस्नेलाई आरामदायी सिट, उभिएर यात्रा गर्नेको लागि खुला ठाउँ र ह्याङगरको व्यवस्था, उचित भाडा, चालक तथा सहचालकको राम्रो व्यवहार लगायतका कारणले पनि साझा यातायात लोकप्रिय बन्न पुगेको हो।

  • वाणिज्य बैंकहरुले कसरी पुर्‍याउँदैछन् चुक्ता पुँजी ?

    वाणिज्य बैंकहरुले कसरी पुर्‍याउँदैछन् चुक्ता पुँजी ? कमल नेपाल , काठमाडौं, जेठ १२ - चालु आर्थिक वर्षको नाफाबाट दिइने बोनस सेयरलाई समेत जोडेर यसै आर्थिक वर्षभित्र वाणिज्य बैंकहरुलाई ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने समयसीमा छ। अर्थात यस आर्थिक वर्षभित्रै ८ अर्ब पुर्याउनेगरी प्रक्रिया पुरा भएको हुनुपर्ने मौद्रिक नीतिमा उल्लेख छ। केहीले चुक्ता पुँजी ८ अर्ब पुर्याइसकेका छन् भने अधिकांश चालु आवको नाफाबाट बोनस दिएपछि पुर्याउने योजनामा छन्। केही बैंकहरु हकप्रद तथा मर्जको प्रक्रियामा छन्।

  • उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै

    उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै गाईघाट (उदयपुर), जेठ १२ - नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ । उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्न लागिएका कारण अब उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण हुने र उद्योग प्रदूषणरहित हुन लागेको कुरा बताएको छ ।

  • करिब ४० लाख पर्ने रेनोको कार नेपालमा

    करिब ४० लाख पर्ने रेनोको कार नेपालमा सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ११ - रेनो अटोमोटिभको आधिकारिक वितरक एडभान्स अटोमोबाइल प्रालिले लजी स्टेपवे संस्करणको नयाँ गाडी नेपालमा अनावरण गरेको छ। यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपनसहितको लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धन बचतको समिश्रणको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ। उत्कृष्ट एमपिभी प्रविधियुक्त गाडिको नेपाली बजारमा प्रारम्भिक मूल्य ३९ लाख ९५ हजार कायम गरिएको छ।

  • विजुली, व्यवस्थापन र नेतृत्वले जागेका सरकारी सिमेन्ट उद्योग

    विजुली, व्यवस्थापन र नेतृत्वले जागेका सरकारी सिमेन्ट उद्योग रवीन्द्र शाही , हेटौंडा, जेठ ११ - चालु आर्थिक वर्षमा स्थापनाको इतिहासमै पहिलोपटक उदयपुर सिमेन्ट उद्योगले नाफा आर्जन गर्यो। पूर्ण सरकारी स्वामित्वको यो उद्योगले स्थापना भएदेखि पहिलोपटक नाफा कमाउन सफल भयो। यस्तो सुखद संयोग यतिबेला जुर्यो जब सरकारी उद्योग चल्न सक्दैनन् भन्ने मानसिकता बनिसकेको थियो। ठीक यही वर्ष अर्को सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पनि नाफा तथा उत्पादन बढाएर क्षमता विस्तारको बाटोमा अगाडि बढेको छ। के यी सबै केबल संयोगमात्र हुन् ?

  • भ्याटको लफडाले रोकियो खानेपानी संस्थानको जार पानी बेच्ने योजना

    भ्याटको लफडाले रोकियो खानेपानी संस्थानको जार पानी बेच्ने योजना बिनोद आचार्य , काठमाडौं, जेठ ११ - नेपाल खानेपानी संस्थानले गत फागुनमै २० लिटरका खानेपानी जार दुई हप्ताभित्र बजारमा ल्याउने भने पनि दुई महिना बितिसक्दा पनि ल्याउन सकेको छैन। संस्थानले काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन तथा प्रशोधन गरेर बनेपा तथा काठमाडौँ उपत्यकामा खानेपानी बितरण गर्ने योजना बनाएको थियो। संस्थानको बोर्ड बैठकले नै निर्णय गरेर ५२ रुपैयाँ प्रति जार मिनरल वाटर बेच्ने योजना बनाएको भएपनि हालसम्म वितरण सुरु भएको छैन।

  • ‘अब सधै साझा बसमा सरर गइन्छ’

    ‘अब सधै साझा बसमा सरर गइन्छ’ भक्तपुर, जेठ १० - भक्तपुर र काठमाडौँको सिमानामा पर्ने मनोहरा पुलमा भक्तपुरका बासिन्दाको विहानैदेखि निकै तामझाम थियो । उपभोक्ताका नाममा ब्यानर बोकेका भक्तपुरका बासिन्दाले हातमा अबिर, र फूलमाला लिएर बसेका थिए । जब प्रहरीको भ्यानको स्कटिङसहित छवटा साझा बस लाइनले भक्तपुरको नाकामा प्रवेश ग¥यो, तब भक्तपुरका बासिन्दाले गडगडाहट ताली बजाए । कसैले साझा बसमा अबिर र फूल छरेर पूजा गरे भने कसैले चालकलाई टिका र माला लगाईदिएर स्वागत गरे ।

  • सगरमाथामा दलाई लामाको झन्डा फहराएकै हो त? छानविन गर्दै पर्यटन विभाग

    सगरमाथामा दलाई लामाको झन्डा फहराएकै हो त? छानविन गर्दै पर्यटन विभाग सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १० - सगमाथामा निर्वासित धर्मगुरु तथा तीब्बतका पूर्व शासक दलाई लामाको झन्ड फहराएको बारे पर्यटन विभागले छानविन अगाडि बढाएको छ। गएको आइतबार सगरमाथा आरोहण गरेका एक आरोहीले दलाईलामाको झन्डा सगरमाथामा फहराएर आएको भन्ने सुचना आएपछि विभागले छानविन अगाडि बढाएको हो।

  • दश हजार रुपैयाँमै जोड्न सकिन्छ सिसिटिभी

    दश हजार रुपैयाँमै जोड्न सकिन्छ सिसिटिभी विनोद आचार्य , काठमाडौं, जेठ १० - पछिल्लो समय घर, पसल, टोल, सडक, सार्वजनिक स्थल लगायतका स्थानमा सिसिटिभीको व्यापक प्रयोग भएको देखिन्छ। १० वर्ष अघिसम्म केही ठूला होटल, सुनपसल, बैंकहरुमा मात्र सीमित सिसिटिभीको प्रयोग पछिल्लो समय खुबै बढेर गएको छ। सामान्य जुस पसलमा पनि सिसिटिभी जडान भएको देख्न सकिन्छ। सिसिटिभी पहिले भन्दा निकै सर्वसुलभ तथा सस्तो भएका कारण प्रयोग पनि निकै बढेको बताउँछन् विशाल बजारस्थित पर्पल आईका ललित जोधानी।जोधानीको भनाईमा केही वर्ष अघिसम्म पनि धेरैले थाहा नपाएको यो प्रविधिको प्रयोग पछिल्लो समय भने निकै बढेको छ।

  • ९७ लाख पर्ने कोबेल्कोको नयाँ एस्काभेटर नेपाल भित्रियो

    ९७ लाख पर्ने कोबेल्कोको नयाँ एस्काभेटर नेपाल भित्रियो सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ९ - कोबेल्को एस्काभेटरको आयातकर्ता पूजा कन्स्ट्रक्सन नेपालले २१ टन क्षमताको कोबेल्को एसके २२० एक्स डी मोडेलको नयाँ एस्काभेटर बजारमा ल्याएको छ। नेपाली परिवेशलाई मध्यनजर गर्दै चुनौतिपूर्ण प्रयोगलाई ध्यानमा राखी यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ। यो उपकरण आफ्नो श्रेणीमा शक्तिशाली हुनुका साथै प्रतिस्पर्धीहरुमध्ये नविनतम पुस्ताको रहेको कम्पनीको दावी छ।

  • बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

    बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ९ - जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा अन्तः चिनियाँ कम्पनीलाई दिइने भएको छ। चीन सरकारको स्वामित्वमा रहेको गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीलाई दिने सम्वन्धमा मन्त्रिपरिषद बैठकले सहमति जुटाएको छ। आयोजनाको विस्तृत डिजाइन, निर्माण र लगानी समेत गर्नेगरी इपिसिएफ मोडलमा आयोजना बनाउनेगरी सम्पूर्ण जिम्मा अर्थमन्त्रालयलाई दिइएको सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।

  • कुन बैंकको प्रतिसेयर आम्दानी कति ?

    कुन बैंकको प्रतिसेयर आम्दानी कति ? सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ८ - जुनसुकै कम्पनीमा लगानी गर्नेको प्रमुख उद्देश्य नै उच्च प्रतिफल लिनु हो। उच्च प्रतिफल दिनका लागि कम्पनीहरुको प्रतिसेयर आम्दानी पनि उच्च हुनुपर्दछ। त्यसकारण लगानी गर्नुअघि तपाईले जान्नैपर्ने एक सूचक हो कम्पनीहरुको प्रतिसेयर आम्दानी। प्रतिसेयर आम्दानीकै हिसावले कम्पनीहरुले तपाईलाई प्रतिफल दिन सक्ने क्षमता राख्दछन्। प्रत्येक त्रैमासिक अवधिमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा प्रतिसेयर आम्दानी लेखिएको हुन्छ।

  • उत्कृष्ट टाटा सेडान जेस्ट

    उत्कृष्ट टाटा सेडान जेस्ट सुधिर भण्डारी, काठमाडौं, जेठ ९ - नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा सेडान ‘जेस्ट’ २०७१ माघमा नेपाली बजारमा भित्र्याएको हो। ‘जेस्ट’ भित्र्याएको करिब अढाई बर्षमा सेडान सेग्मेन्टका कारमा अग्र पंक्तिमा पुग्न सफल भएको छ। सेडान सेग्मेन्टका कारमा जेस्टले नेपालमा करिव ३० प्रतिशत र सम्पुर्ण कारमा करिव १० प्रतिशत बजार हिस्सा लिएको सिप्रदीका डेपुटी प्रोडक्ट म्यानेजर कैलाश बाबु गेलाल बताउँछन्।

  • बुधबारदेखि भक्तपुरमा २० वटा साझा बस गुड्ने

    बुधबारदेखि  भक्तपुरमा २० वटा साझा बस गुड्ने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ८ - बुधबारदेखि भक्तपुरमा बीस वटा साझा बस गुड्ने भएका छन्। योसँगै उपत्यकाका तीनै जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरमा साझा बसहरु संचालनमा आउने भएका हुन्। हालसम्म भक्तपुरमा बसहरु संचालन हुन सकेको थिएन। रुट पर्मिटको औपचारिक पत्र प्राप्त भइसकेकाले पर्सिदेखि साझा बसहरु भक्तपुरको सूर्यविनायकसम्म संचालन हुने भएको साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

  • यात्रु नपाएपछि हिमालय एयरलाइन्सले कोलम्बो उडान रोक्यो

    यात्रु नपाएपछि हिमालय एयरलाइन्सले कोलम्बो उडान रोक्यो सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ८ - हिमालय एयरलाइन्सले श्रीलंका उडान बन्द गरेको छ। यात्रुहरु नपाएपछि कोलम्बो उडान बन्द गर्नु परेको हिमालय एयरलाइन्सले जनाएको छ। उडान सुरु गरेको केही महिनामा नै हिमालयले कोलम्बो उडान बन्द गरेको हो। उसले गत असोज २५ गते कोलम्बोमा हवाइ उडान थालेको थियो।

  • इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस्

    इजरालयल जानका लागि क–कसको निस्कियो नाम ? हेर्नुहोस् सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ८ - केयर गिभरमा इजरायल जानका लागि ६० जना युवाहरु छनौट भएका छन्। इजरायलको पपुलेसन एण्ड इमिग्रेसन अथ्योरिटी (पिआइबिए)ले १ सय जनाको नाम छनौट गरी पठाएकोमा पुनः भाषा परीक्षा लिई १८ पुरुष र ४२ जना महिला छनौट भएको वैदेशिक रोजगार विभागले जनाएको छ। कामका लागि आउने युवामा ८० प्रतिशत महिला हुनुपर्ने पिआईबिएको शर्तअनुसार २० प्रतिशत पुरुषले मात्रै यो अवसर पाउने छन्।

  • साउनदेखि विदेशी च्यानलमा विज्ञापन हेर्न नपर्ने

    साउनदेखि विदेशी च्यानलमा विज्ञापन हेर्न नपर्ने विनोद आचार्य , काठमाडौं, जेठ ८ - आउँदो साउन १ गतेबाट अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुमा विज्ञापन हेर्नु नपर्ने भएको छ। सरकारले साउन १ गतेदेखि ‘क्लिन फिड’ नीति कार्यन्यवनमा ल्याउने भएपछि टिभी हेर्दा विदेशी विज्ञापन हेर्नु नपर्ने भएको हो। गत वर्षको साउनमा नै क्लिन फिड नीति पारित भएको हो। यद्यपी कानुनी तथा प्राविधिक व्यवस्था पुरा गर्न एक वर्ष लाग्ने भएपछि यही साउन १ बाट कार्यान्वयनमा ल्याउन लागिएको हो।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी