विशेष

Search news by date range:

  • कमजोर पूर्वाधारले आक्रान्त नेपालका भन्सार कार्यालयहरुकाे नालीबेली

    कमजोर पूर्वाधारले आक्रान्त नेपालका भन्सार कार्यालयहरुकाे नालीबेली हरि लामिछाने, काठमाडौँ, चैत २१ - भन्सार व्यवस्थापनलाई समयसापेक्ष सुधार गर्न नसक्दा देशको आर्थिक तथा सामाजिक समुन्नतिका लागि राजस्व सङ्कलन गर्ने निर्दिष्ट लक्ष्य प्राप्त गर्न सकिएको छैन । राजस्व सङ्कलनार्थ स्थापित ठूला व्यापारिक नाका भन्सारको भौतिक, मानव संसाधन, प्राविधिक एवम् अन्य व्यवस्थापकीय पूर्वाधारमा पर्याप्त ध्यान नपुग्दा यो अवस्था आएको हो ।

  • साताको नेप्सेमा दुई अङ्कको गिरावट

    साताको नेप्सेमा दुई अङ्कको गिरावट काठमाडौँ, चैत २१ - गत दुई साता ओरालो लागेको नेप्से यो साता पनि पहिलो दिनको तुलनामा २.२१ अङ्कले घटेर अन्तिम दिन ९४०.०९ अङ्कमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीको पाँच हजार ७३२ कारोबारबाट रु ६७ करोड १५ लाख ५१ हजारबराबरका १९ लाख नौ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३६.१४ प्रतिशत कम हो ।

  • सुन आयात स्वाट्टै घट्यो

    सुन आयात स्वाट्टै घट्यो गत आर्थिक वर्षको सुरुको ७ महिनामा १४ अर्ब ९७ करोड रुपैयाँको सुन आयात गरिएको थियो । राष्ट्र बैंकका अनुसार यसपालि त्यही अवधिमा १ अर्ब ८४ करोडको मात्र भित्रिएको ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो काठमाडौ चैत १९ (सेतोपाटी) - नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य घटाएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटेको छ। आयल निगम व्यवस्थापनले इण्डियन आगल निगमले पठाएको नयाँ मूल्य सूचि अनुरुप पेट्रोलियम पदार्थको नयाँ मूल्य समायोजन गरेको बताएको छ।

  • इन्धन उपभोक्तामाथि वार्षिक १३ अर्ब रुपैयाँ बराबरको ठगी

    इन्धन उपभोक्तामाथि वार्षिक १३ अर्ब रुपैयाँ बराबरको ठगी अमित ढकाल - आइजिपी उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पमा मूल्यभन्दा थोरै परिणामको तेल बेचेको सन्दर्भमा छानबिन गर्न ‘इन्क्वायरी बोर्ड’ गठन गेरका छन्। एसएसपी सर्वेन्द्र खनालको संयोजकत्वमा गठित बोर्डले सात दिनभित्रमा प्रतिवेदन बुझाउने छ। मंगलबार वाणिज्य र गुणस्तर विभागको टोलीले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मुख्यालयमा रहेका पेट्रोल पम्पमा अनुगमन गर्दा लिएको मूल्यभन्दा थोरै परिणामको तेल बेचेको फेला पारेको थियो।

  • मेलम्चीको पानी आएपछि न्यूनतम महसुल बढ्ने

    मेलम्चीको पानी आएपछि न्यूनतम महसुल बढ्ने काठमाडौँ, चैत १८ - काठमाडौँ उपत्यकाका काकाकुल जनताका लागि डेढ दुई वर्षपछि मेलम्चीको पानी आउने निश्चित भए पनि सामान्य मानिसका लागि पानीको महसुल तिर्न मुस्किल हुने देखिएको छ । उपत्यकामा पानी आउने समय पटक–पटक सर्दा मेलम्ची खानेपानी आयोजनाको लागत बढ्न गई सामान्य उपभोक्ताले उपभोग गर्न गाह्रो हुने देखिएको हो ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो काठमाडौँ,फागुन २२ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य समायोजन गरिएको हो । निगमकाअनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु एक÷एक बढेको छ । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार समायोजित मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११० पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रु ८७.५० पुगेको छ ।

  • घटेको भाडादर कार्यान्वयन गराउन ‘खुद्रा पैसा’ बाधकः यातायात विभाग

    घटेको भाडादर कार्यान्वयन गराउन ‘खुद्रा पैसा’ बाधकः यातायात विभाग काठमाडौँ, फागुन २२ - “खुद्रा पैसाका कारण पनि यो भाडादर कार्यान्वयन गर्न अप्ठ्यारो देखिएको छ । अनुगमनका क्रममा खुद्रा पैसाको समस्या हामीले नै अनुभव गर्‍यौ,” विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले भने, “स्वयम्भूदेखि महाराजगन्जसम्म कान्तिपुर यातायातमा अनुगमनका लागि यात्रा गर्दा बसका सहायकले रु १ फिर्ता नदिएपछि पटकपटक किचकिच गर्दा एक यात्रुले सुट लगाएको मानिस एक रुपैयाँका लागि कति किचकिच गर्छ भनी उल्टै गाली गरे, चालकले चाहिँ खुद्रा पैसा नभएर फिर्ता नदिएकोे र उहाँलाई रु ५ नै फिर्ता दिन सहायकलाई भने, अन्तिममा म विभागको महानिर्देशक भनी परिचय दिएर हिँडें ।”

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी