विशेष

Search news by date range:

  • साझालाई सूर्यविनायकसम्म मात्रै अनुमति ! कहिलेबाट गुड्छन् बस ?

    साझालाई सूर्यविनायकसम्म मात्रै अनुमति ! कहिलेबाट गुड्छन् बस ? सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ७ - साझा यातायातले बस संचालनका लागि भक्तपुरको सूर्यविनायकसम्मका लागि मात्रै अनुमति पाएको छ। यातायात व्यवस्थापन समितिले सरोकारवाला पक्षहरुसित छलफल गर्दै साझालाई सूर्यविनायकसम्म रुट पर्मिट दिने निर्णय गरेको हो। यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले कलंकीबाट बानेश्वर हुँदै कोटेश्वर सम्म पुग्ने साझा बसलाई ठिमी हुँदै सूर्यविनायकसम्मका लागि अनुमति दिने निर्णय भएको जानकारी दिए।

  • आस्बा सेवा निशुल्क गर्ने प्रतिस्पर्धामा बैंकहरु

    आस्बा सेवा निशुल्क गर्ने प्रतिस्पर्धामा बैंकहरु सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ७ - सेयर भर्दा आस्बा प्रणाली अवलम्वन हुँदै जाँदा बैंकहरुबीच सेवा शुल्क निशुल्क गर्ने वा घटाउने प्रतिस्पर्धा बढेको छ। केही बैंकले त यो सेवालाई निशुल्क समेत गराएका छन्। एनआईसी एसिया, बैंक अफ काठमाण्डु, सानिमा, सिद्धार्थ, कुमारी बैंक र गरिमा विकासले आस्बा सेवालाई निशुल्क गराएका छन्। धितोपत्र बोर्डले आस्बा सेवा दिने बैंकले प्रतिफारम १ सय रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ।

  • भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

    भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै जाजरकोट, जेठ ७ - जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ ।

  • एक महिनामै भित्रिए ब्राण्डेड कम्पनीका यी स्मार्टफोन

    एक महिनामै भित्रिए ब्राण्डेड कम्पनीका यी स्मार्टफोन सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ६ - नेपालमा मोबाइल फोनको बजार निरन्तर विस्तार भइरहेको छ। हाल नेपालमा ४० भन्दा ज्यादा ब्राडका सबैखाले फोन पाइन्छन् भने एक पछि अर्को विदेशी ब्राण्डका फोनहरु नेपाली बजारमा प्रवेश गरिरहेका छन्। गत वैशाख महिना पनि बजारमा विभिन्न ब्राण्डेड स्मार्टफोनहरुले प्रवेश पाए।

  • होण्डाका बाइक र स्कुटर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य

    होण्डाका बाइक र स्कुटर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ५ - होण्डाका बाइकहरु नेपालमा निकै लोकप्रिय छ। विशेषत होण्डाका साइन, हर्नेट, युनिकन नेपालमा रुचाइएका बाइकमध्येमा पर्छन्। त्यस्तै होण्डाका स्कुटरमा डियो, एभियटर पनि सडकमा अक्सर देखिन्छन्। नेपालको कुल बाइकहरु मध्य होण्डाले ३३ प्रतिशत ओगटेको होण्डाका सेल्स म्यानेजर सोहन श्रेष्ठले जानकारी दिए।

  • राजधानीमा हुइँकिए नेपाल यातायातका ठूला बस

    राजधानीमा हुइँकिए नेपाल यातायातका ठूला बस सुधिर भण्डारी , काठमाडौं, जेठ ४ - राजधानीमा नेपाल यातायातका ठूला बस हुइँकिन थालेका छन्। नेपाल यातायातले पुरानालाई विस्थापित गर्दै चार वटा नयाँ बस संचालनमा ल्याएको हो। बीस वर्ष पुरानो गाडी हटाउने सरकारी निती तथा ग्राहकको कठिनाईलाई मध्यनजर नयाँ बस संचालनमा ल्याइएको नेपाल यातायात मिनिबस सेवा समितिका सचिव गोपालचन्द्र गुरुङले जानकारी दिए। टाटा कम्पनीको यो बस ३५ लाख रुपैयाँ मूल्यको हो।

  • दश कम्पनीलाई जीवन बिमा व्यवसायको लाइसेन्स स्वीकृत

    दश कम्पनीलाई जीवन बिमा व्यवसायको लाइसेन्स स्वीकृत सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ४ - अर्थ मन्त्रालयले दश नयाँ जीवन बिमा कम्पनीलाई संचालनका लागि स्वीकृति दिएको छ। स्वीकृतिको पत्र आजै बिमा समितिलाई पठाउने अर्थमन्त्रालयका एक उच्च अधिकारीले सेतोपाटीलाई जानकारी दिए। यसअघि एक दर्जन बिमा कम्पनीले व्यवसाय संचालनका लागि स्वीकृति माग्दै समितिमा आवेदन दिएका थिए। तर आवश्यक कागजात र प्रक्रिया नपुगेपछि समितिले १० कम्पनीका लागि मन्त्रालयसित लाइसेन्सको स्वीकृति मागेको थियो।

  • आइपुग्यो नोकिया ३३१०, थ्री र फाइभ यसै महिनाभित्र आउने

    आइपुग्यो नोकिया ३३१०, थ्री र फाइभ यसै महिनाभित्र आउने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ४ - विश्व बजारमा धमाकेदार पुनरागमन गरेको ‘नोकिया ३३१०’ अन्ततः नेपाली बजारमा पनि आइपुगेको छ। नेपालका लागि नोकियाको आधिकारिक वितरक प्यारामाउण्ट इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर राजकिरण शर्माले नोकिया ३३१० नेपाली बजार आइपुगेको र शुक्रबारबाट ग्राहकले किन्न सक्ने जानकारी दिए। शर्माका अनुसार नोकिया ३३१० को माग अत्यन्तै उच्च रहेपनि त्यसै अनुपातको आयात भने हुन सकेको छैन।

  • वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस्

    वैदेशिक रोजगारमा समस्या पर्‍यो ? अनलाइनबाटै समाधान गर्नुहोस् सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ३ - वैदेशिक रोजगारका क्रममा परेका समस्याहरु तपाईले अब अनलाइनबाटै सरकारलाई भन्न पाउनुहुने भएको छ। तपाईका समस्यालाई सरकारले जतिसक्दो चाँडो सम्वोधन गर्नेछ र तपाईको समस्या समाधानका लागि के भइरहेको छ भन्ने कुरा पनि अनलाइनबाटै थाहा पाउनुहुनेछ। विदेशमा रहेका आफन्तको खोजतलास तथा उद्धार गर्नुपरे, मृत्यु भएका आफन्तको शव झिकाउनु परे, कामदार तथा तिनमा परिवारले पाउनुपर्ने क्षतिपूर्तिको माग गर्नुपरे लगायतका वैदेशिक रोजगार सम्बन्धी समस्याका बारेमा नेपाल सरकारलाई अनलाइनबाट निवेदन दिन सकिन्छ।

  • एक सय वर्ष पुगेको अवसरमा टेलिकमले ल्यायो डाटा अफर

    एक सय वर्ष पुगेको अवसरमा टेलिकमले ल्यायो डाटा अफर सेतोपाटी संवाददाता , काठमाडौं, जेठ २ - एक सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको दिन पारेर नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ। कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत आगामी साउन २८ गतेसम्म कायम रहनेछ। यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फोरजी डाटा प्याकेज जिएसएम सेवाका ग्राहकलाई उपलब्ध गराइएको छ। अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकहरुलाई पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

  • धर्तीको स्वर्ग अछामको रामारोशन

    धर्तीको स्वर्ग अछामको रामारोशन पूर्णबहादुर खड्का, अछाम, जेठ २ - राज्यको आँखा पुग्न नसकेको अछामको रामारोशन क्षेत्र पर्यटकीय दृष्टिकोणले एक मनमोहक ठाउँ हो। सुन्दर पातलगाउँ र बीचमा बग्ने कैलाश खोलाले रामारोशनलाई थप सुन्दरता दिलाएको छ। आफ्नै गतिमा बगिरहने कैलाशखोलाको उत्पत्ति पनि रामारोशनमै भएको हो। सयौं जीव जनावरको ताती र जडिबुटीहरुको उत्पादन केन्द्रका रुपमा समेत कहलिएको यो ठाउँ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ भएको छ।

  • नेपालमा मेट्रो रेल तथा फ्लाई ब्रिजका लागि चीनले सहयोग गर्ने

    नेपालमा मेट्रो रेल तथा फ्लाई ब्रिजका लागि चीनले सहयोग गर्ने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १ - ओबिओआर सम्मेलनमा भाग लिन चीनको भ्रमणमा रहेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जनबादी गणतन्त्र चीनका यातायात मन्त्री हेली छाओ पिङसित भेटवार्ता गरेका छन्। भेटका अवसरमा मन्त्री लेखकले सडक र रेलद्वारा दुई देशलाई यातायात संजालमा जोड्ने र निकट भबिस्यमा नेपालले संचालन गर्ने सुरुङ्ग मार्ग, मेट्रो रेल, फ्लाई ब्रिजजस्ता महत्वपूर्ण परियोजनाहरुको दक्ष जनशक्ति उत्पादन तथा बिकास गर्न आबश्यक सहयोगका लागि प्रस्ताव गरेका थिए।

  • बैंकबाट दश लाखभन्दा बढी झिक्नुपरे कारण देखाउनुपर्ने

    बैंकबाट दश लाखभन्दा बढी झिक्नुपरे कारण देखाउनुपर्ने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १ - आगामी साउन महिनादेखि तपाईले बैंकबाट १० लाख वा सोभन्दा बढी रकम सजिलै झिक्न पाउनुहुन्न। १० लाखभन्दा बढीको नगद झिक्नुपर्ने भएमा स्पष्ट रुपमा कारण खुलाएर तोकिएको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ। तर निवेदन उचित नदेखिएमा भने रकम झिक्न पाइँदैन। हालसम्म ३० लाख वा सोभन्दा बढी रकम झिक्दा मात्रै यस्तो कारण खुलाउनुपर्ने वाध्यता थियो। नेपाल राष्ट्र बैंकले हालै सम्पूर्ण बैंकहरुलाई १० लाखभन्दा माथिको नगद कारोबार नगर्न भन्दै परिपत्र गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए।

  • दोब्बरले बढ्यो अर्ब कमाउने बैंकको संख्या

    दोब्बरले बढ्यो अर्ब कमाउने बैंकको संख्या सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख ३१ - एक वर्षको अवधिमै एक अर्बभन्दा बढी कमाउने बैंकहरुको संख्या दोब्बर भएको छ। बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नौ महिनाको अवधिमा १३ वटा बैंकहरुले अर्ब बढी नाफा कमाएका छन्। जवकि गत आवको यसै अवधिमा अर्बभन्दा बढी नाफा कमाउने बैंकको संख्या सात थियो। तेस्रो त्रैमासमै अर्बको नाफामा यो वर्ष थपिएका बैंकहरुमा नेपाल एसबिआई, स्टाण्डर्ड चार्टड, एनआइसी एसिया, एनएमबि, माछापुच्छ्रे र प्रभु बैंक छन्।

  • विश्व बैंकले भन्यो ‘नेपाल राष्ट्र बैंक सुस्त’

    विश्व बैंकले भन्यो ‘नेपाल राष्ट्र बैंक सुस्त’ सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख ३० - तरलता व्यवस्थापन गर्न नसकेको भन्दै विश्व बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकको आलोचना गरेको छ। हालै प्रकाशित एक प्रतिवेदनमा विश्व बैंकले मार्जिन लोन, घरजग्गा कर्जा जस्ता अनुत्पादक क्षेत्रमा ऋण थुप्रिएको राष्ट्र बैंकले बेलैमा देख्न नसकेको भन्दै आलोचना गरेको हो। नेपाल डेभलपमेन्ट अपडेट नामक उक्त प्रतिवेदनमा ‘अनुत्पादक क्षेत्रमा भएको तीब्र कर्जा प्रवाहलाई नियामकले बेलैमा देख्नुपथ्र्यो र समस्या चर्किनु अगावै नियन्त्रणमा लिनुपथ्र्यो’ भनिएको छ।

  • छोटो समयमै लोकप्रिय ‘डाटसन रेडी–गो’, यस्ता छन् विशेषता

    छोटो समयमै लोकप्रिय ‘डाटसन रेडी–गो’, यस्ता छन् विशेषता सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ३० - नेपालको पहिलो अर्बान क्रस कार डाटसन रेडी–गो नेपाली बजारमा भित्रिएको छोटो समयमै आक्रमक व्यापार गरिरहेको छ। नेपालका लागि डाटसन गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले ‘गो’ र ‘गो प्लस’को सफलतापछि ‘रेडी गो’ नेपाली बजारमा भित्र्याएको हो। गत वर्ष साउन ११ गते नेपाली बजारमा भित्र्याइको यो कार हालसम्म १ हजारभन्दा धेरै बिकिसकेकोे पायोनियर मोटोकर्प प्रालिकी माकेर्टिङ तथा कम्युनिकेसन अफिसर स्वेता सिलवालले जानकारी दिइन्।

  • विद्युत प्राधिकरणले बेच्ने भनेको एलइडी बल्ब बजार मूल्यभन्दा ४ सय रुपैयाँ सस्तो

    विद्युत प्राधिकरणले बेच्ने भनेको एलइडी बल्ब बजार मूल्यभन्दा ४ सय रुपैयाँ सस्तो बिनोद आचार्य , काठमाडौं, वैशाख २९ - नेपाल विद्युत प्राधिकरणले बत्ती बालिने समयमा साधारण बल्बको प्रयोगले विद्युतको माग बढेको भन्दै भारतबाट २ करोड थान लिड बल्ब ल्याएर विद्युत माग घटाउने उद्देश्य लिएको छ प्राधिकरणले एक सय ४५ रुपैयाँ प्रति गोटामा बेच्ने बताएको बल्ब हालको बजार मूल्यभन्दा करिब चार सय रुपैयाँ सस्तो हुने दखिएको छ। प्राधिकरणले भारतीय सरकारी कम्पनी ईईएसएलमार्फत ओशराम र फिलिप्स कम्पनीका ९ वाटका बल्ब ल्याउने योजना बनाएको छ।

  • साउनदेखि आस्बा प्रणाली अनिवार्य, २० दिनभित्रै सेयर बाँडफाँड

    साउनदेखि आस्बा प्रणाली अनिवार्य, २० दिनभित्रै सेयर बाँडफाँड सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख २८ - आगामी साउन महिनादेखि प्राथमिक सेयर निश्कासनमा आस्बा प्रणाली अनिवार्य गरिने भएको छ। गत माघदेखि ऐच्छिक रुपमा लागू गरिएको यो प्रणालीलाई नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्षदेखि अनिवार्य गर्न लागेको हो। यो प्रणाली अनिवार्य गरिएपछि आइपिओ तथा एफपिओ भर्दा जुन बैंकमा आफ्नो खाता छ, सोहीमार्फत भर्नुपर्दछ। खातामै रकम रोक्का गरेर बाँडफाँडपछि सेयर नपरेको रकम खातामै फुकुवा हुने प्रणाली नै आस्बा (एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट) प्रणाली हो।

  • सन्दुक रुईतको लेन्स उद्योगलाई सरकारले सहयोग गर्ने

    सन्दुक रुईतको लेन्स उद्योगलाई सरकारले सहयोग गर्ने सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २८ - उद्योग मन्त्रालयले नेपाल आँखा कार्यक्रम अन्तरगत तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगलाई प्रवद्र्धन गर्न सधाउने भएको छ । यस सम्बन्धमा प्रतिष्ठान र उद्योग मन्त्रालयबीचमा सैद्धान्तिक सहमति( एमाओयू) भएको छ।

  • नेपाली अटो बजारमा रेनो तेस्रो स्थानमा, ८ महिनामा डस्टर र क्विड एक हजार बिके

    नेपाली अटो बजारमा रेनो तेस्रो स्थानमा, ८ महिनामा डस्टर र क्विड एक हजार बिके सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २८ - रेनो कम्पनीको गाडी नेपालमा ८ महिनाअघि भित्रिएको हो। ८ महिनाको अवधिमा आफूहरुले नेपाली अटोबजार क्षेत्रमा तेस्रो स्थान ओगटेको रेनो गाडीको नेपालका लागि आधिकारिक विक्रेता एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले दाबी गरेको छ। एडभान्स अटोमोबाइल्सले अहिले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ।

  • बागमती किनारामा विरुवा होइन रुख रोपिने, मेसिन ल्याउँदै महानगर

    बागमती किनारामा विरुवा होइन रुख रोपिने, मेसिन ल्याउँदै महानगर रवीन्द्र शाही , काठमाठौं, वैशाख २८ - काठमाडौं उपत्यकाका नदी किनारा, पार्कजस्ता सार्वजनिक स्थानहरुमा विरुवा होइन अब रुख रोपिने भएको छ। काठमाडौं महानगरपालिकाले बागमती लगायतका नदी किनार तथा आवश्यक स्थानहरुमा रुख रोप्नको लागि मेसिन खरिद गर्ने काम अगाडि बढाएको छ। विरुवा रोप्दा हुर्काउन बढाउन झन्झट हुने भएकोले एकपटक जंगलबाट रुख ल्याएर रोप्ने ‘ट्रि ट्रान्सप्लान्टर’ ल्याउन लागिएको महानगरका प्रमुख कार्यकारी अधिकृत इश्वरीराज पौडेलले जानकारी दिए।

  • २१ लाख पर्ने नयाँ रेनो क्विड बजारमा

    २१ लाख पर्ने नयाँ रेनो क्विड बजारमा सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख २७ - बहुराष्ट्रिय कम्पनी रेनोको नेपालका लागि आधिकारिक विक्रेता एडभान्स अटो मोबाइल्स प्रालिले रेनो क्विड १.० लिटर कार नेपाली बजारमा ल्याएको छ। बुधबार राजधानीमा एक कार्यक्रमका बीच सो कार सार्वजनिक गरिएको हो। दुई संस्करण अर एक्स टि र अर एक्स टिओमा कार उपलब्ध छ। अर एक्स टिको मूल्य २० लाख ९८ हजार तोकिएको छ भने अर एक्स टिओको २१ लाख ४५ लाख ५ सय तोकिएको छ।

  • लिड बल्बले उपभोक्ता र राज्यलाई के फाइदा हुन्छ? यस्तो छ कुलमानको बिजुली गणित

    लिड बल्बले उपभोक्ता र राज्यलाई के फाइदा हुन्छ? यस्तो छ कुलमानको बिजुली गणित सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २७ - नेपाल विद्युत प्राधिकरणले २ करोड थान लिड बल्ब ल्याएर हालको सबैभन्दा बढी बिजुली खपत हुने समय(पिकआवर)मा बिजुलीको खपत घटाउने योजना अगाडि सारेको छ। भारतीय सरकारी कम्पनीबाट दुई किस्तामा गरी २ करोड थान बल्ब ल्याएर नेपालमा भइरहेको बिजुलीको खपतलाई घटाइने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन्। नेपालमा बिजुलीको माग र खपत बढ्नुको मुख्य कारण बत्ती बाल्ने समयमा थप ३ सय ८१ मेगावाट माग बढ्ने गरेको प्राधिरणले जनाएको छ।

  • किसान परिचय पत्र वितरण अलपत्र, तीन वर्षमा दस हजारले मात्रै पाए

    किसान परिचय पत्र वितरण अलपत्र, तीन वर्षमा दस हजारले मात्रै पाए बिनोद आचार्य, काठमाडौं, वैशाख २७ - सरकारले आर्थिक वर्ष ०७१/७२ बाट सुरु गरेको कृषक परिचयपत्र वितरण कार्यक्रम ३ वर्ष बितिसक्दा पनि १० जिल्लाका केवल १० हजार किसानले मात्र पाएका छन्। जिल्ला कृषि कार्यलयले दिने अनुदान अधिकांश नातेदार, पहुँचवाला तथा धेरै जग्गा भएकाहरुको हातमा मात्र पर्ने गुनासो आएसँगै अहिले यो कार्यक्रम नै अलपत्र परेको हो। कृषि विकास मन्त्रालयले सरकारी सेवा सुविधा प्रभावकारी रुपमा वितरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ‘किसान परिचयपत्र वितरण’ कार्यक्रम अन्तर्गत पहिलो र दोश्रो चरणमा ५–५ गरी १० जिल्लामा वितरण गरिएको थियो।

  • कुलमानले भनेः हामीले बल्ब ल्याउँदा व्यापारी तर्सिनुपर्दैन

    कुलमानले भनेः हामीले बल्ब ल्याउँदा व्यापारी तर्सिनुपर्दैन सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २६ - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले एलइडी बल्ब(लिड) खरिद गर्दा नेपालमा बल्ब बेचिरहेका व्यापारीहरुलाई कुनै पनि असर नगर्ने बताएका छन्। प्राधिकरणले ब्यापार गर्नको लागि नभई बजारबाट एकैपटक पुराना सिएफल बल्ब विस्थापित गर्न एकपटकको लागि हस्तक्षेपमात्र गर्ने भएकोले व्यावसायीहरुलाई आतंकित नहुन आग्रह गरेका छन्।

  • किस्तामा अाइफोन, हरेक महिना ७ हजार ५ सय ५० रुपैयाँ बुझाउनुपर्ने

    किस्तामा अाइफोन, हरेक महिना ७ हजार ५ सय ५० रुपैयाँ बुझाउनुपर्ने सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख २६ - आइफोन सेभेन तथा सेभेन प्लस किस्ताबन्दीमा किन्न हिमालयन, ग्लोबल आइएमई, नबिल, सिद्धार्थ वा एनआइसी एसिया बैंकमध्ये एउटाको क्रेडिट कार्ड हुनु आवश्यक छ। बैंकहरुले आ–आफ्नो प्रक्रियाअनुसार किस्ताबन्दीमा फोन उपलव्ध गराउने गरेका छन्। नबिल बैंकका निरञ्जन मानन्धरका अनुसार क्रेडिट कार्ड हुनेले कति मूल्यको फोन किस्तामार्फत किन्न खोजेको हो भन्ने कुरा उल्लेख गरेर आइफोन विक्रेताबाट आधिकारिक ‘कोटेसन’ ल्याएर बैंकलाई बुझाउनु पर्दछ।

  • चुनावमा झण्डा बनाउनै भ्याइ नभ्याइ, सानोको २० देखि ३० रुपैयाँ पर्ने

    चुनावमा झण्डा बनाउनै भ्याइ नभ्याइ, सानोको २० देखि ३० रुपैयाँ पर्ने सुधिर/बिनोद , काठमाडौं, वैशाख २६ - स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेद्वार र कार्यकर्तालाई मात्रै होइन प्रिन्टिङ तथा प्रेस व्यवसायीहरुलाई पनि भ्याइ­नभ्याइ भएको छ।उम्मेद्वार मनोनयन भए यता प्रिन्टिङ प्रेसमा झण्डा, टिसर्ट, ब्याच तथा अन्य प्रचार प्रसारका सामाग्री छपाउनेको भीड लाग्ने गरेको छ। सामान्य समयमा फाट्ट–फुट्ट मात्र मान्छे देखिने प्रिन्टिङ प्रेसमा अहिले खुट्टा टेक्ने ठाँउसम्म छैन। काठमाडौँका सबैजसो प्रिन्टिङ प्रेसमा राजनीतिक दलका प्रचार प्रसार सामाग्री बनाउन भ्याई नभ्याई रहेको व्यवसायीहरु बताउँछन्।

  • यसरी भयो स्ट्यान्डर्डकाे एफपिओ बाँडफाँड , कसलाई कति पर्याे ?

    यसरी भयो स्ट्यान्डर्डकाे एफपिओ बाँडफाँड , कसलाई  कति पर्याे ? सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २५ - स्टण्डर्ड चार्टड बैंकको एफपिओ बाँडफाँड भएको छ। गत चैत १ गते देखि ४ गतेसम्म बिक्री गरिएको एफपिओ सोमबार एक कार्यक्रमका बीच बाँडफाँड गरिएको हो। जस अनुसार १ सय ४० कित्ताको लागि आवेदन दिनेलाई गोला प्रथाबाट १० कित्ता शेयर दिइएको छ। १ सय ५० कित्ता वा सो भन्दा बढी मागगर्ने सबैलाई शेयर दिइएको छ।

  • उपत्यकामा थप चारवटा सहर बन्ने, कहाँ कहाँ बन्दैछन्?

    उपत्यकामा थप चारवटा सहर बन्ने, कहाँ कहाँ बन्दैछन्? रवीन्द्र शाही, काठमाडौं, वैशाख २५ - काठमाडौं उपत्यकाको कोर सिटीभित्रको बसोबासको चापलाई घटाउन सरकारले चारवटा नयाँ सहर निर्माण गर्ने भएको छ। व्यवस्थित बसोबासलाई सुनिश्चित गर्नभन्दै सहरी विकास मन्त्रालयले लिएको उक्त प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। काठमाडौंमा दुई, भक्तपुर र ललितपुरका एक÷एक स्थानमा सहर निर्माण गरिने उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए। उपत्यका विकास प्राधिकरणले तयार पारेको उक्त प्रस्ताव मन्त्रीपरिषदको भौतिक विकास समितिले आइतबार नै पास गरेको थियो।

  • विद्युत प्राधिकरणले किन्ने बल्बको मूल्य भारु एकसय भन्दा माथि!

    विद्युत प्राधिकरणले किन्ने बल्बको मूल्य  भारु एकसय भन्दा  माथि! सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २५ - करिब दुई सय मेगावाट विद्युत् जोगाउने महत्वाकाङ्क्षी लक्ष्यका साथ सरकारले एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको छ। आगामी हिउँदलाई मध्यनजर गर्दै ऊर्जाको मागलाई स्थिर राख्न र उपलब्ध विद्युत् बढीभन्दा बढी क्षेत्रमा पुर्याउने तथा विद्युत्भार कटौतीलाई पूर्णरुपमा अन्त्य गर्ने सरकारको तयारी छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी