विशेष

Search news by date range:

  • यस्तो स्थानमा बन्दैछ हेटौंडामा नयाँ औद्योगिक क्षेत्र

    यस्तो स्थानमा बन्दैछ हेटौंडामा नयाँ औद्योगिक क्षेत्र सेतोपाटी संवाददाता, हेटौंडा, वैशाख २५ - हेटौंडाको मयुरधापमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारी निर्णयसँगै अहिले सो स्थानमा डिपीआरको काम भइरहेको छ। ४९ करोडको लागतमा अहिले डिपीआरको काम भइरहेको हो। डिपीआरको काम सकेपछि थप काम अघि बढाइने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। आगामी २ वर्षभित्रमा औद्योगिक क्षेत्र संचालनमा ल्याइसक्ने सरकारको तयारी छ।

  • सरकारी औषधी कम्पनीको ७ वर्षपछि कमब्याक, जिवनजल उत्पादन सुरु

    सरकारी औषधी कम्पनीको ७ वर्षपछि कमब्याक, जिवनजल उत्पादन सुरु सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २४ - नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेडले जीवन जल उत्पादन सुरु गरेको छ । लामो समयदेखि बन्द रहेको औषधी लिमिटेडले आईतबार एक समारोहका बीच जीवनजल उत्पादन सुरु गरेको हो । जीवनजल उत्पादन कार्यको उद्योग मन्त्री नवीन्द्रराज जोशीले एक कार्यक्रमकावीच शुभारम्भ गरेका थिए। सो क्रममा मन्त्री जोशीले आम जनतालाई सस्तो, सुलभ र गुणस्तरिय औषधी प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने उद्धेश्यका साथ नेपाल औषधी लिमिटेडलाई पुनर्जिवन दिईएकोे बताए।

  • घरदेखि कारखानासम्म सोलार राख्नुहोस, बिजुली प्राधिकरणले किन्छ

    घरदेखि कारखानासम्म सोलार राख्नुहोस, बिजुली प्राधिकरणले किन्छ रवीन्द्र शाही, काठमाडौं, वैशाख २४ - हालसम्म व्यक्तिगत तथा केही संस्थागतरुपमामात्र प्रचलनमा रहेको सौर्य विद्युत अव राष्ट्रिय ग्रिडमा जोडिने भएको छ। घरघरमा उत्पादन भएको बिजुली नेपाल विद्युत प्राधिकरणले किन्ने व्यवस्था गर्न लागिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

  • २७ करोडको लगानीमा खुल्यो ‘शुभ होटल’

    २७ करोडको लगानीमा खुल्यो ‘शुभ होटल’ सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २४ - रारा र फोक्सुन्डो ताल पर्यटकको रोजाईमा पर्ने गरे पनि पूर्वाधार र व्यवस्थापन नभएर ओझेलमा परेको गुनासो आइरहेको समयमा कर्णालीका पर्यटकीय गन्तव्यका यात्रुहरुलाई सेवा दिने भन्दै सुर्खेतमा सुविधा सम्पन्न होटल संचालनमा आएको छ। मध्यपश्चिमको केन्द्र र कर्णालीको प्रवेशद्वारको रुपमा रहेको सुर्खेतमा शुभ होटल संचालनमा आएको हो। २७ करोड रुपैयाँको लगानीमा होटल संचालनमा ल्याइएको संचालक पदम शाहीले जानकारी दिए।

  • हकप्रद र बोनसपछि यसरी गरिन्छ मूल्य समायोजन

    हकप्रद र बोनसपछि यसरी गरिन्छ मूल्य समायोजन सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख २४ - कुनै कम्पनीले बोनस वा हकप्रदको घोषणा गर्नेवित्तिकै सो कम्पनीको सेयर किन्न लगानीकर्ताहरु आकर्षित हुने गरेका छन्। बोनस र हकप्रदका लागि लगानीकर्ता मरिहत्ते गरे पनि प्रत्येक कम्पनीको हकप्रद र बोनसपछि बजारमा सेयरको मूल्य समायोजन हुन्छ र समायोजनपछि मूल्य घट्न र बढ्न सक्ने संभावना बराबरी हुन्छ। बढेको सेयर संख्याका आधारमा मूल्य घटाइन्छ। कम्पनीले तोकेको बुक क्लोजको मितिका दिन मूल्य समायोजन भई नयाँ मूल्यबाट कारोबार हुन थाल्छ। यद्यपी कतिपय लगानीकर्तालाई मूल्य समायोजनबारे जानकारी नै नहुँदा पनि अल्मलमा परेको पाइन्छ।

  • सदावहार ‘हुन्डाइ ग्राण्ड आइटेन’, के छन् विशेषता ?

    सदावहार ‘हुन्डाइ ग्राण्ड आइटेन’, के छन् विशेषता ? सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २३ - नेपाली बजारमा हुन्डाई ‘ग्राण्ड आइटेन’ गाडीको पछिल्लो संस्करण गत महिना मात्र सार्वजनिक भएको हो। बजारमा आएको एक महिनामै यो कारले धेरैको मन जित्न सफल भएको छ। हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राण्ड आइटेन फेस लिफ्ट भित्र्याएको हो। ग्राण्ड आइटेनले यसअघि नै आफ्नो सेगमेन्टमा राम्रो प्रभाव पारिसकेको र नेपालमा आएपछि यो सिरीजका ५ हजारभन्दा धेरै गाडी बिक्री भएको कम्पनीले जनाएको छ।

  • ओप्पोले नेपालमा ल्यायो पावरफुल स्मार्टफोन एफ थ्री

    ओप्पोले नेपालमा ल्यायो पावरफुल स्मार्टफोन एफ थ्री सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २२ - ओप्पोले मिड रेन्ज बजारलाई लक्षित गरेर सेल्फी एक्स्पर्ट एफ थ्री मोबाइल सार्वजनिक गरेको । काठमाडौं एक होटलमा भब्य कार्यक्रम गरेर उसले नयाँ एफ थ्री मोबाइल सार्वजनिक गरेको हो। ग्रुप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने उद्धेश्यका साथ एफ थ्री मोबाइल नेपाली बजारमा भित्र्याइएको ओप्पोको नेपालका लागि कार्यकारी अधिकृत जोनी जीले बताए।

  • सार्क स्याटेलाइटको प्रक्षेपन, नेपालले पनि निशुल्क पाउने

    सार्क स्याटेलाइटको प्रक्षेपन, नेपालले पनि निशुल्क पाउने सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २२ - शुक्रवार भारतले प्रक्षेपन गरको सार्क स्याटेलाइट नेपाल लगाएतका अन्य दक्षिण एसियाली मुलुकहरुले निशुल्क उपभोग गर्न पाउने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवका साथ सवका विकास कार्यक्रम अन्तर्गत आएको यो आयोजनाबाट छिमेकी मुलुकहरुलाई उपहारको रुपमा सहभागी गराइने बताइएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले साढे चार सय करोड भारुको लागतमा तयार पारेको संचार उपग्रह आज भारतीय अन्तरिक्ष उडानस्थलबाट प्रक्षेपन गरिएको थियो।

  • विकास समितिको निर्देशनपछि एनसेलले पायो फोरजी अनुमति

    विकास समितिको निर्देशनपछि एनसेलले पायो फोरजी अनुमति सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २२ - व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले फोरजी सेवा संचालनको अनुमति नदिन दिएको निर्देशनपछि रोकिएको अनुमति संसदकै विकास समितिको निर्देशनपछि एनसेलले पाएको छ। स्वामित्व परिवर्तनको क्रममा कर सम्बन्धीको विवादले गत भदौमै फोरजी संचालन अनुमतिको लागि एनसेलले नेपाल दुरसंचार प्राधिकरणमा आवेदन दिए पनि रोकिएको थियो।

  • यी हुन् बजारमा पाइने २० हजार मुनिका पाँच उत्कृष्ट फोन

    यी हुन् बजारमा पाइने २० हजार मुनिका पाँच उत्कृष्ट फोन बिनोद आचार्य , काठमाडौं, वैशाख २२ - नेपाली बजारमा ४० भन्दा बढी कम्पनीका फोनहरु उपलब्ध छन्। वर्षेनि नयाँ कम्पनी थपिने क्रम जारी छ। बजारमा हाल बार फोनदेखि स्मार्टफोनमा पनि हाइरेन्जसम्मका सेटहरु पाइन्छन्। व्यवसायीहरुका अनुसार जुनै ब्राण्डको भए पनि १० हजारदेखि २० हजारसम्म मूल्य भएका फोनहरुको विक्री सबैभन्दा धेरै हुने गर्छ। ताम्राकार कम्प्लेक्सकी मोबाइल विक्रेता प्रतिमा संग्रौलाका अनुसार अन्यको तुलनामा यो बजेटमा स्मार्टफोन किन्नेको संख्या धेरै रहेको छ।

  • दुई करोड एलइडी बल्ब किन्न प्राधिकरणले पायो अनुमति,दुई सय मेगावाट बिजुली बचत हुने

    दुई करोड  एलइडी बल्ब किन्न प्राधिकरणले पायो अनुमति,दुई सय मेगावाट बिजुली बचत हुने काठमाडौं, वैशाख २० - सरकारले दुई करोड थान एलइडी बल्ब खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले करिब २०० मेगावाट विद्युत् बचत गर्ने लक्ष्यका साथ एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको हो । देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ । त्यसका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार ऊर्जा मन्त्रालयले भारतीय सरकारी कम्पनीबाट दुई करोड थान एलइडी बल्ब किन्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।

  • चार जिल्लामा द्रुत गतिको इन्टरनेट, दुई वर्षसम्म निशुल्क हुने

    चार जिल्लामा द्रुत गतिको इन्टरनेट, दुई वर्षसम्म निशुल्क हुने सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख २१ - भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। सो सम्बन्धमा टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच आज एक सम्झौता भएको छ। सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्राधिकरणका तर्फबाट अध्यक्ष दिगम्बर झाले हस्ताक्षर गरे।

  • चुनावको तातोले छोएन सेयर बजार

    चुनावको तातोले छोएन सेयर बजार सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख २१ - स्थानीय तहको चुनावले राजधानीसहित देशका विभिन्न ठाउँहरु तातेका बेला सेयर बजारमा भने चिसो पसेको छ। बाजागाजाका साथ देशका विभिन्न भागमा उमेद्वारहरु भोट माग्न व्यस्त छन्। चुनावी सरगर्मी बढ्दै जाँदा सेयर बजार पनि बढ्नुपर्ने धारणाको विकास भएको पाइन्छ। त्यसमाथि २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले बजार तात्नुपर्ने भए पनि उल्टो गति देखिएको छ। साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से ९ अंकले ओर्लियो।

  • साउदीमा अवैध बसेकालाई बर्हिगमन भिसा, असार १४ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने

    साउदीमा अवैध बसेकालाई बर्हिगमन भिसा, असार १४ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २१ - वैदेशिक रोजगारका क्रममा साउदी अरब गएर अवैध रुपमा बस्दै आएका नेपाली कामदार आगामी असार १४ गतेभित्र स्वदेश फर्किसक्नु पर्ने भएको छ। साउदी सरकारले आममाफी दिएको समय असार १४ गते सकिन्छ। साउदी सरकारले गत चैत १६ गतेदेखि आममाफी लागू गर्दै त्यसको ९० दिनभित्र साउदी छाड्न चेतावनी दिएको थियो।

  • नेपालको आफ्नै स्याटेलाइट राख्न ५० अर्ब लाग्ने

    नेपालको आफ्नै स्याटेलाइट राख्न ५० अर्ब लाग्ने रवीन्द्र शाही , काठमाडौं, वैशाख २१ - लामो समयदेखि चर्चाको विषय बनेको नेपालको आफ्नै स्याटेलाइट (भू–उपग्रह) लन्च गर्नको लागि करिब ५० अर्ब रुपैयाँ लागत लाग्ने भएको छ। स्याटेलाइट लन्च, सञ्चालन, मर्मतसम्भार र बजारीकरणसम्मको कार्य गर्नका लागि सुझाव दिन परामर्शदाता माग गर्दैै नेपाल दूरसंचार प्राधिकरणले गत असोजमा विश्वब्यापी टेन्डर आव्हान गरेको थियो। प्रस्ताव गरेका कम्पनीहरुका अनुसार करिब पचास अर्ब लागत लाग्ने देखिएको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन्।

  • त्रिभुवन विमानस्थलमा हेलिकप्टरको छुट्टै टर्मिनल हुने

    त्रिभुवन विमानस्थलमा हेलिकप्टरको छुट्टै टर्मिनल हुने रवीन्द्र शाही , काठमाडौं, वैशाख २० - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलीकप्टरको लागि छुट्टै टर्मिनल भवन बन्ने भएको छ। हाल आन्तरिक टर्मिनल भवनबाटै हेलीप्याडमा पुगिने व्यवस्था रहेकोमा त्यसलाई छुट्याएर हेलीकप्टरको लागि अलग्गै भवन बनाउने नागरिक उड्डयन प्राधिकरणले बताएको छ। आन्तरिक उडानको चाप बढेकोले हाल विमानहरुलाई पार्किङ र मर्मतसम्भार गर्ने ठाउँसमेत नपुगेपछि विमानस्थल प्रशासनले अलग्गै हेलीकप्टर टर्मिनल र हेलीप्याड बनाउने प्रस्ताव अगाडि बढाएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

  • ग्राहकको मन जित्दै महिन्द्रा केयूभी–१००, के छन् विषेशता ?

    ग्राहकको मन जित्दै महिन्द्रा केयूभी–१००, के छन् विषेशता ? सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख २० - महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले आफ्नो ‘केयूभी–१००’ नेपाली बजारमा भित्र्याएको एक बर्षको अवधिमा राम्रो बजार लिएको छ। आकर्षक डिजाइन र थोरै मूल्यमा धेरै फिचर भएकाले नै धेरैको मन जित्न सफल भएको कम्पनीको भनाइ छ। महिन्द्रा केयूभी–१०० पेट्रोल र डिजेल दुवै संस्करणमा उपलब्ध छ। पेट्रोल संस्करणको मूल्य २६ लाख ९५ हजारदेखि ३१ लाख ९५ हजार रुपैयाँ र डिजेलको ३१ लाख ४५ हजार देखि ३६ लाख ४५ हजार रुपैयाँसम्म पर्छ।

  • डिभीको नतिजा आयो, कसरी हेर्ने

    डिभीको नतिजा आयो, कसरी हेर्ने सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १९ - डिभी २०१८ को नतिजा आज मंगलबार प्रकाशन भएको छ। मंगलबार पौने ९ बजे राती डिभी २०१८ को नतिजा प्रकाशन भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। dvlottery.state.gov मा गएर नतिजा हेर्न सकिने दूतावासले जनाएको छ। दुतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी,शुल्क बुझाउन भन्दै कुनै पनि इमेल र अनुरोध नगर्ने पनि दूतावासले जनाएको छ।

  • सात जना पाइलट माग्दा एक जनाको मात्र आवेदन!

    सात जना पाइलट माग्दा एक जनाको मात्र आवेदन! रवीन्द्र शाही , काठमाडौं, वैशाख १९ - राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पाइलटको चरम अभाव खेपिरहेको छ। यतिसम्म कि गएको केही महिना अगाडिमात्र आएका दुईवटा चिनियाँ विमान पर्याप्त पाइलट नहुँदा त्यत्तिकै थन्किएका छन्। थन्किएका विमानलाई निरन्तर उडाउने भन्दै एयरलाइन्सले केही समय अगाडि पाइलट माग गर्दै प्रकाशित गरेको विज्ञापनबाट पनि मागेजति पाइलट पाएन। सातजना क्याप्टेन माग गरेको एयरलाइन्सले एकजनामात्र पाएको छ। अर्थात क्याप्टेनको लागि एकजनामात्र छनौट भएका छन्।

  • इन्टरनेट जोड्दै हुनुहुन्छ,भायनेटले ल्यायो नयाँ अफर

    इन्टरनेट जोड्दै हुनुहुन्छ,भायनेटले ल्यायो नयाँ अफर सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १९ - भायनेटले अनलिमिटेड इन्टरनेट सेवा ल्याएको छ। ग्राहकहरुको खुसीका लागि नेपालकै पहिलो र बिशाल फाइबर छु द होम इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले ग्राहकवर्गहरु माझ अनलिमिटेड इन्टरनेटको सुविधा ल्याएको हो ।

  • बचतमा व्याजदर बढ्दै, यी हुन् धेरै दिने बैंक

    बचतमा व्याजदर बढ्दै, यी हुन् धेरै दिने बैंक सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख १९ - पछिल्ला दिनमा बचत खातामा धेरै व्याजदरको घोषणा गर्दै बैंकहरुले ग्राहकलाई आफूतिर तान्ने होडबाजी गर्न थालेका छन्। दैनिकजसो कतिपय बैंकले व्याजदर बढेको सूचनाहरु निकाल्दै आएका छन्।मुख्यतः बजारमा हुने तरलता प्रवाहले व्याजदरको निर्धारण गर्ने गर्दछ। तरलता प्रवाह बढ्दा व्याजदर घट्ने र तरलता संकुचन हुँदा व्याजदर बढ्ने गर्दछ। हाल तरलताको अवस्था सामान्य रहेकाले व्याजदर बढ्नुमा तरलता नै प्रमुख कारण नभएको बताउँछन् नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल।

  • असारसम्म कोटेश्वर–एकान्तकुना सडक कालोपत्रे हुने

    असारसम्म कोटेश्वर–एकान्तकुना सडक कालोपत्रे हुने सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १९ - तीव्रता पाएको चक्रथप विस्तारको कामले यही गति पाएमा चालु आर्थिक वर्षको लागि तोकिएको लक्ष्य सहजै भेटिने आयोजनामा संलग्न अधिकारीहरुले बताएका छन्। कोटेश्वरदेखि कलंकीसम्मको उक्त आयोजनामा चालु आर्थिक वर्षमा कोटेश्वरदेखि एकान्तकुनासम्मको पाँच किलोमिटर भाग कालोपत्रे गर्ने आयोजनाको लक्ष्य छ। हाल कामले तीव्रता पाएको र वर्षाले प्रभावित नभएमा चालु वर्षको अन्त्यसम्म उक्त लक्ष्य सहजै पुरा हुने आयोजनाका इन्जिनियर रमेश दृष्टिले जानकारी दिए।

  • तीनवटा जेट विमानबाट आन्तरिक उडान गर्दै श्री एयरलाइन्स

    तीनवटा जेट विमानबाट आन्तरिक उडान गर्दै श्री एयरलाइन्स रवीन्द्र शाही , काठमाडौं, वैशाख १८ - हेलिकोप्टर सेवाबाट स्थापित श्री एयरलाइन्सले एकैपटक तीनवटा जेट विमानबाट आन्तरिक उडान सेवा सुरु गर्ने भएको छ। नेपालदेखि अफ्रिकासम्म हेलिकोप्टर सेवा दिइरहेको श्री एयरलाइन्सले फिक्स्ड वींङको अनुमति गएको साउनमै पाइसकेको थियो। हाल दुईवटा सिआरजे–२०० सिरिजका विमान नेपाल ल्याइसकेको श्रीले अबको १५ दिनभित्र अर्को सिआरजे–७०० ल्याइपु¥याउने बताएको छ।

  • उद्घाटन भएको एक वर्षमा पनि सुरु भएन पोखरा विमानस्थलकाे निर्माण

    उद्घाटन भएको एक वर्षमा पनि सुरु भएन पोखरा विमानस्थलकाे निर्माण रवीन्द्र शाही , काठमाडौं, वैशाख १७ - पोखरामा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुन ढिलाई भएको छ। राष्ट्रिय गौरवको यो आयोजना चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट अहिलेसम्म एक रुपैयाँ पनि खर्च नभएर थन्किएको छ। चालु वर्षमा यो आयोजनालाई पाँच अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। चिनियाँ बैंकको सहुलियत ऋणमा निर्माण हुने भनिएको यो विमानस्थलका लागि आवस्यक हुने ऋण सम्झौता सक्रिय नहुँदा निर्माण कार्यमा ढिलाई भइरहेको सरकारी पक्षले जानकारी दिएको छ।

  • एनसेलले ल्यायो सापटीमा नयाँ योजना,३० रुपैयाँ सापटी पाइने

    एनसेलले ल्यायो सापटीमा नयाँ योजना,३० रुपैयाँ सापटी पाइने सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १७ - एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजना अन्तर्गत बिना कुनै सेवा शुल्क एनसेल सापटी लिन सक्नेछन् । एनसेलले सापटीमा नयाँ योजना ल्याएको छ जस अन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधा मार्फत अब बिना कुनै सेवा शुल्क अझै बढि रकम सापटी स्वरुप लिन सक्नेछन् ।

  • नेपाल भित्रियो ‘कम्पोजिट ग्यास सिलिन्डर’, कहाँ पाइन्छ ?

    नेपाल भित्रियो ‘कम्पोजिट ग्यास सिलिन्डर’, कहाँ पाइन्छ ? सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १७ - क्लासिक ट्रेड इन्टरनेसनल प्रालिले नेपाली बजारमा पहिलो पटक कम्पोजिट सिलिन्डर भित्र्याएको छ। बजारमा ल्याइएको १४ दशमलव २ केजी ग्यास क्षमताको यस सिलिन्डरको वजन केबल ७.२ केजी छ भने यो कार्बन कम्पोजिट फाइबरले बनेको छ। हाल प्रयोग गरिँदै आएको सिलिन्डर भने फलामबाट बनेको हुन्छ। क्लासिक ट्रेड इन्टरनेसनल प्रालिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठका अनुसार फलामको सिलिण्डरमा लगभग १०० प्रेसर भार बराबरको क्षमता रहँदा कम्पोजिट एलपिजी सिलिण्डरले १३५ देखि १४० भार प्रेसर थेग्ने क्षमता रहन्छ।

  • बजारमा कस्ता ल्यापटप कति मूल्यमा पाइन्छ ?

    बजारमा कस्ता ल्यापटप कति मूल्यमा पाइन्छ ? बिनोद आचार्य , काठमाडौँ, वैशाख १७ - कार्यालय प्रयोजनका लागि नभइ नहुने इलेक्ट्रोनिक्स साधन हो ल्यापटप। बजारमा विभिन्न कम्पनीका फरक फिचर्स तथा मूल्यका ल्यापटपहरु उपलब्ध छन्। ल्यापटप तथा कम्प्युटर किन्नुभन्दा पहिले त्यसमा समावेश गरिएका सिपियु प्रोसेसर, स्टोरेज क्षमता, विन्डोज तथा ब्याट्री ब्याकपमा विशेष ध्यान दिनुपर्ने सम्वन्धित व्यापारीहरु सुझाउँछन्। विक्रेता सागर पोखरेल ल्यापटप किन्दा चाहिएको स्कृन साइज, हार्ड डिस्क, र्यामजस्ता कुराहरु निकै महत्वपूर्ण रहने बताए। आफूले कुन प्रयोजनका निम्ति किन्न लागेको हो? त्योबारेमा विक्रेतालाई स्पष्ट जानकारी गराएर उनीहरुको सुझावमा मात्रै ल्यापटप किन्नुपर्नेमा उनले जोड दिए।

  • स्टान्डर्डको एफपिओ यसै साता बाँडफाँड हुने

    स्टान्डर्डको एफपिओ यसै साता बाँडफाँड हुने सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख १७ - गत चैतको पहिलो चार दिन खुलेको स्टान्डर्ड चार्टड बैंकको एफपिओ शुक्रबारसम्म बाँडफाँड हुने भएको छ। नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको सीमाभित्रै स्टान्डर्डको एफपिओ बाँडफाँड गर्ने बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ। चैत १ देखि ४ गतेसम्म २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओको बिक्री खुलाइएको थियो। निश्कासन बिक्री बन्द भएको ५० दिनभित्रै वैशाख २५ भित्र बाँडफाँड गर्न बोर्डले आग्रह गरेको थियो।

  • टेलिभिजन फड्कोः सिआरटीदेखि फोरकेसम्म

    टेलिभिजन फड्कोः सिआरटीदेखि फोरकेसम्म एजेन्सी, वैशाख १६ - बीसौँ शताब्दीको महानतम मध्येको एक आविस्कारका रुपमा टिभीलाई परिभाषित गर्दा सायदै कसैको आपत्ती रहला। तर टिभी कहिले र कसले आविस्कार गर्यो भनेर सोधिने प्रश्नको उत्तरमा कुनै एक व्यक्ति वा समयको नाम मात्र लिन मिल्दैन। टिभीको समग्र विकासका लागि १९ औँ तथा २० औँ शताव्दीको विभिन्न कालखण्डमा पल गटलिएब निप्को, फिलो फन्सवर्थ, भ्लादिमिर ज्वरीकन, चाल्र्स जेनकिन्स र जोन बाइर्डको महत्वपूर्णको योगदानले नै व्यसवसायिक टिभीको परिकल्पनाले मुर्त रुप लिएको हो।

  • बाहिरी चक्रपथको निर्माण कार्य तत्काल सुरु हुने

    बाहिरी चक्रपथको  निर्माण कार्य तत्काल सुरु हुने रवीन्द्र शाही, काठमाडौं, वैशाख १५ - लामो समयदेखि चर्चाको विषय बन्दै आएको काठमाडौं उपत्यका तीन जिल्ला समेट्ने बाहिरी चक्रपथको निर्माण कार्य यही वर्षबाट सुरु हुने भएको छ। चक्रपथ निर्माणको लागि उपत्यका विकास प्राधिकरणले बनाएको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) स्वीकृत भएसँगै निर्माण कार्य सुरु हुने पक्का भएको उपत्यका विकास प्राधिकरणका

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी