ईन्धन र बिजुली बिनै चल्यो पम्पसेट

  • Get News Alerts

बिना ईन्धन चल्ने वर्षा पम्प पूर्वाञ्चलमा पहिलो पटक प्रयोगमा ल्याईएको छ। लोडसेडिङ र विद्युत कटौतीले आयोजित बनेका पूर्वेली किसानका लागि यो पम्प बहुउपयोगी हुने किसान स्वयमले बताएका छन्।

झापाको शिवसताक्षी ८ जनजागरण कृषक समूहका जंगलु चौधरी र भीमप्रसाद कोइरालाले वर्षा पम्प प्रविधिबाट कनकाई नहरको पानी तानेर आकासे भरको उनीहरुको खेती सिँचाई गर्न थालेका छन। यो प्रबिधिबाट उनीहरुले ल्याएको वर्षा पम्लले कन्काई नहरको पानि तानेको देखेर स्थानीयबासी चकित समेत बनेका छन्।

नहरको पानीको बहाबले मेसीनको पंखा घुमाएको भरमा पम्पले पानी तान्ने गरेको हो। यसको प्रयोग कर्ता कोईरालाले ठूला खेतिलाई वर्षामा पम्पले थेग्न नसके पनि साना तिना धान खेति र तरकारी बालीलाई भने पर्याप्त सिचाई गर्न सक्ने बताए।

आधुनिक प्रविधिको रुपमा जडित पम्प पूर्वको झापामा पहिलो पटक भित्रीएपछि झपाली किसान हर्सीत भएका छन्। नदि नालाभन्दा उचाईमा रहेका र आकासे भरका खेति योग्य जमिनका किसानहरुका लागि यो प्रविधि उपयुक्त हुने बताइएको छ।

व्यवसायिक खेती गर्ने साना तथा मझौला किसानहरुका लागि लक्षित गरी सो पम्प युरोपमा विकास गरि पूर्वाञ्चालमा पहिलो पटक भिञ्याईएको सिचाई प्राविधिकले दावी गरेका छन्।

कुनै इन्धन वा विजुली नचाहिने, चालु खर्च नलाग्ने, वातावरण प्रदुषण नगर्ने, सजिलै मर्मत सम्भार, जडान गर्न सकिने भएकाले पनि यो प्रविधि किसानहरुका लागि बढी प्रभावकारी हुने सिचाई विभाग व्यवस्थापन महासंघका उपनिर्देशक बासुदेव लोहनीले बताए। उनले भने, ‘यो प्रविधि हालै मात्र नेदरल्याण्डबाट नेपालमा ल्याइएको हो, त्यसैले यसको लागत १ लाख ५० हजार देखि २ लाख सम्म पर्न जान्छ तर नेपाल मै जडान गर्ने हो भने  ५० देखि ६० हजार सम्ममा यो पम्प बनाउन सकिन्छ।

जस्ता ( पातलो टिन) प्रयोग गरेर यो पम्प बनाउन सकिने पनि उनले बताए। पानीको माथिल्लो सतहमा दुईतिर बाँधेर पम्पलाई राखिन्छ। पम्पमा जडित पंखालाई पानिको बहावले घुमाउने भएकाले मेसीनमा जोडिएको पोलेथिन पाईप बाट सोझै पानि बाहिर निस्कन्छ। लोहनीले भने सुन्दा अपत्यारिलो भएपनि देख्ने जो कोहिले यो प्रबिधि सस्तो र बहुउपयोगी भएको प्रतिकृया दिएका छन्।

पानीकै बहावबाट पम्प चल्ने र पम्पले तानेको पानीलाई रिजर्भवेसन ट्यांकीमा जम्मा गरेर त्यसबाट विभिन्न ठाउँमा पानी लगी तरकारी खेतीमा सिचाई गर्न सकिने स्थानीयबासीले बताए। पम्पको चौविसै घण्टा पानी तानिरहने क्षमता हुन्छ— ‘पूर्वाञ्चल सिँचाई डिभिजन कार्यलयका प्रमुख कुन्जन भक्त श्रेष्ठले भने, दैनिक ४० हजार लिटरसम्म पानी तान्ने यो मेसीनले पाईपको साहायतामा ६० फिट उचाई र दुई किलो मिटर दुरीसम्म पानी फ्याक्ने गर्छ,’ आकाशे पानीको भरमा परेका किसानहरुलाई यो मेसीन उपयोगी हुने श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाली बिमाबारे किसान अनविज्ञ

    बाली बिमाबारे किसान अनविज्ञ बाली बिमाबारे यहाँका किसान अनविज्ञ रहेका छन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बिमा गरेका छैनन् ।

  • किसानको पहलमा बाख्राको स्रोतकेन्द्र

    तार्केश्वर गाउँपालिकाको तारुका र बुधसिंहका किसानको पहलमा बाख्राको स्रोतकेन्द्र स्थापना गरिएको छ । जिल्ला पशुसेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा तार्केश्वर बाख्रापालक समिति निर्माण गरी स्रोतकेन्द्र सञ्चालनमा आएको हो । समितिमा आबद्ध ५० किसानले एक हजारभन्दा बढी बाख्रापालन गरेर

  • किसानलाई मोबाइल फोन वितरण

    जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ । यहाँका ६६ जना अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान

  • हिउँदे धानमा फौजी किराको प्रकोप

    हिउँदे धानमा फौजी किराको प्रकोप एक सातादेखि देखिएका किराले धानबालीको पात खाएर बोट नै मर्न थालेपछि किसान निराश भएका छन्। कृषि विकास कार्यालयले जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमा फौजी किरा फैलिएकाले सचेत हुन किसानलाई आग्रह गरेको छ।

  • पाल्पाका किसानलाई मोबाइल फोन वितरण

    पाल्पाका किसानलाई मोबाइल फोन वितरण जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी