जो अमेरिकाको जागिर छोडेर बाँसका घर बनाउँदै हिँड्छन्

  • Get News Alerts

कालो वर्णको अनुहार र  अलिक अग्लो कदका नृपल अधिकारी टिसर्ट ट्राउजर सहितको साधारण भेषमा कुमारी सिनेमा घर अघि देखा परे  ।

मलाई पछि लगाएर उनी सिनेमा घर कटेर पुतलीसडक  जानेबाटोमै पर्ने एउटा पिज्जा रेष्टुरेण्ट छिरे।

‘यो पनि हामीले नै थाल्यौँ नि,’ उनले रेष्टुरेण्ट खोलेको जानकारी गराए।

आवारी भन्ने कम्पनी खोलेर उनले बाँस र माटोका घरहरु बनाउँदै आएका छन्। रेष्टुरेण्ट रहेको पुरानो घरलाई आफ्नै स्टाइलमा ढालेछन्।

यही रेष्टुरेण्टमा बसेर सुनाउने छन्,कसरी भित्र्याउँदैछन् उनले कंक्रिटको जंगल बनेको शहरमा बाँस र माटोका घरहरु!

सिसाको ढोका तानेर भित्र पस्ने वित्तीकै हरियो बाँसका खुट्टा भएको टेवुल देखियो।कार्पेट जस्तो देखिने टेवुलका बुट्टा पनि बाँसकै रहेछन्!

बस्ने कुर्चीहरु पनि बाँसका भाटाले बनाइएका थिए। उनका ट्याबलेट, ल्यापटप र मोबाइल टेवुलमै थिए।

सेतो र हल्का रातो मिसिएको माटोले बनेको भित्ता छलेर हामी अर्को कोठा छिर्‍यौं।

दक्षिणपट्टीको भित्तामा पहेँलो माटो र पश्चिमपटि्ट रातोमाटो। पूर्वपट्टीको भित्ताको बीचबाट रातोमाटोले कोरिएको पानीको लहरजस्तो चित्र!

बाँसका आरामदायी सोफा अझ अर्को भित्ता नाघेर गएपछि बाँसैको पलङ।

‘यो पलङ चैँ किन नि?’

‘हामीहरुले यहाँ सो रुम बनाउन खोजेको' उनले भने।

‘हामी यहीँ बसेर कुरा गरौँ,' म उनको ल्यापटप भएको टेबुलमा फर्किएँ।

केही लामो घुङिरएको कपाल भएका नृपल बाटो तिर फर्केर बसे।

ढोकामा रातो टिर्सट र हाफ प्यान्टमा एक युवक मुस्कुराउँदै देखा परे। नृपलले आफ्ना साथीलाई चिनाए।

‘पिज्जा ल्याउ है,’ नृपलले उनलाई अह्राए।

हरियो किचन एप्रोन लगाएका उनी गइ हाले।

***

उनी पाँच ६ वर्षअघि अमेरिकाबाट नेपाल आएर  यस्तो काम थाल्दा कसैले पत्याएका थिएनन् बासको घर बनाउने व्यवसाय पनि हुन्छ?

बाँसका घरहरु बनाउन एनजीओबाट अर्डर आउँथ्यो।

उनलाई भने एनजीओ आइएनजीओसँग काम गर्न मन छैन।

‘समुदायले सर्वसाधारणले आत्मसात गरोस् भन्ने चाहना छ मेरो।’

मान्छेहरुको जीवनशैली बन्यो भने उनको व्यवसाय पनि त चल्छ।

‘आजसम्म त खासै कमाइ हुन्न। धेरै काम पनि छैन नेपालमा,’ उनले भने।

केही समयपछिलाई भने घर मात्रै होइन स्कुल र चारतारे होटल समेत बनाउने अर्डर आएको छ, उनलाई।

‘पाँच ६ वर्ष सम्झाउनै लाग्यो,अब त मलाई आश जागेको छ,'उनी गम्भीर छन्।

नृपलले दुवई, कतार, मलेसियातिर गएर बाँसका घरहरु बनाएका छन्, त्यहाँ उनको नाम छ।

त्यता जाँदा नृपलले देखेका थिए नेपाली दाजुभाईहरू साउदी, मलेसिया कतार गएर ठूलाठूला महलहरु मात्र बनाउछन्।

नृपलको मनमा कुरा खेलिरहन्छ-त्यत्रा त्यत्रा महलहरु बनाएको पैसा त मिल्छ, तर खै उनीहरुको नाम? नेपालीहरूको पहिचान? उनीहरुका पसिना समुन्द्रमा गएर हराउँछन्।

‘उनीहरु घर बनाउन त सक्दा रहेछन्,’ नृपलले भने, ‘उनीहरुलाई विदेशमा पाइने जति पैसा नेपालमै दिन पाए त हुन्थ्यो।’

नेपाली माटो र बाँसहरुबाट बनेका घरहरुको पहिचान बेग्लै हुन्थ्यो भन्ने लाग्छ उनलाई।

उनले सपना देखेका छन्, यस्तो दिन छिट्टै आउँछ।

‘दश वर्षअघि अर्ग्यानिक तरकारी खाने चलन कहाँ थियो र? अहिले हेर्नुस् त मान्छेहरु अर्ग्यानिक तिरै रुची राख्न थालेका छन्,’ उनी आशावादी देखिए,‘एकदिन हाम्रा घरहरुको पनि माग बढ्ने छ,’

बाँसका दुईतले घरहरु बनाउन उनको २५ जनाको टिमलाई जम्मा २२ दिन लाग्दो रहेछ।

माटो त घर बनाउने ठाँउमै मिल्छ बाँस भने उनीहरुले चितवनबाट ल्याउँदा रहेछन्।

यसपाली चितवनको माडीमा स्थानीय किसानसँग मिलेर उनीहरुले १० हजार बाँस रोपेछन्।

***

आइए पढेर नृपल अमेरिका गएका थिए। उनले अमेरिका गएर कम्युटर पढ्न थाले। कम्युटर पढे पनि मन शान्त थिएन। विस्तारै उनले डिजाइन सिके।

कलात्मक कुराले उनको ध्यान खिचिहाल्ने। अमेरिकामा नाटकघरहरु र थिएटरको डिजाइन गरे। त्यहाँ उनको राम्रा राम्रा आर्किटेक्ट, डिजाइनर र इन्जिनियरसँग संगत भयो।

उनीहरुकै संगतले उनी माटोका घरहरु बनाउने ठाउँसम्म पुगे। त्यही सिके उनले बाँस र माटोका घर बनाउन।

रातोमाटोका अर्ग्यानिक घर बनाउँदा बनाउँदै त हो उनलाई आफ्नो देशको माटोको याद आएको।

उनी खै कस्तो सन्तुष्टि खोज्दै हिँडेका थिए। माटोको रंगमा आफ्नो मन रमाउन थालेको  पनि चाल पाइरहेका थिए।

अमेरिका बसेर देशको माटो सम्झेपनि उनको दिमागमा संसारका अरु देशमा माटोको रंग कस्तो होला भन्ने विचार आइरहेको थियो।

उनी इजिप्ट गए त्यहाँ पनि उनको माटोको घर बनाइरहेका आर्किटेक्टहरुसँग चिनजान भयो। केही समय काम गरे फर्किए।

इजिप्ट मात्रै होइन, मंगोलिया, यूरोप जस्ता धेरै ठाँउमा उनी पुगे अर्ग्यानिक घर बनाउन।

उनले विदेशमा काम पाइरहेका थिए। तर उनमा नेपाल फर्किने चाहना छँदै थियो।

आफ्नो मनको कुरा सुन्ने स्वभाव र कलामा रस भएका नृपललाई ठूलाठूला अवसर पनि लत्याउन गाह्रो लागेन।

उनी नेपाल आएर बाँस र माटोका घरहरु बनाउने  योजना बनाए। खासै ठूलो योजना बानाएर आएनन्। बस आफ्नो देश फर्के।

‘देशविदेश घुमेर काम त सिकेँ, तर मलाई आफ्नो ‘हिस्ट्री’ हुनुपर्छ जस्तो लागिरहेको थियो। त्यसका लागि इन्टिच्यूसन हुनुपर्‍यो।’ उनले आफ्ना हात चपक्क बाँध्दै भने। त्यसपछि मैले आवारी भन्ने संस्था खोलेँ।’

पिज्जा आइसकेको थियो। म खाँदै थिएँ उनले भने, ‘पिज्जा खाने चिज हो खानुस् भनिरहनुपर्छ र?'

मैले त खाइरहेकै थिएँ, उनका कुराको भेउ पाइन। पिज्जा टोक्दै उनलाई हेरेँ, सिरियस थिए। झ्याप्प हाँसिहाल्ने स्वभावका रहेनछन्।

‘पिज्जा पसल खोल्यो मान्छे आइहाल्छन्, खान्छन्, व्यापार पनि भैहाल्छ।’

‘अनि?'

‘तर घरको कुरा वेग्लै छ।त्यो पनि बाँस र माटोका घरहरु,’ बल्ल मेसो आयो।

‘यी घर पनि घरै हुन् है भनेर मानिसहरुलाई बुझाउनै मुस्कील,’ उनले अघिदेखि बुझाउन खोजेको यही थियो।

हो त नि, एकबारको जुनीमा घर बनाउँदा पक्की घरै बनाउँ भन्ने त सबैलाई भइहाल्छ। उनले बनाएका घर वर्षौँ खप्लान त?

‘किन नखप्नु?' उनको तर्क छ, ‘सिमेन्टभन्दा माटो बलियो चिज हो। सिमेन्ट जति नै त नटिक्ला तर यो कम्तिमा ३० वर्ष टिक्छ।'

उनले माटोको पक्षमा अघि भने, ‘सिमेन्टमा केमीकल हुन्छ, माटोमा हुन्न। माटो त यताको उता सार्न मिल्छ कहिलै कुहिन्न।’भत्काएर फेरि पनि प्रयोगमा ल्याउन सकिन्छ।

***

नृपलको टिमले भारतको विहारमा गएर हजारवटा बाँसका घर बनाए। भुटानमा पनि गएर स्कुलहरु बनाइदिए।

उनी नेपालबाट विदेशमा गएर घरहरु बनाउथे। नेपालमा भने बजार थिएन।  उनी देशभित्रै भने कहाँ कस्ता घरहरु बन्छन् भनेर खोज्न निस्कीन्थे।

विदेशमै राम्रो काम पाउँदा पाउँदै नेपाल फर्केका नृपलको काममा कसैलाई विश्वास थिएन। बाबुआमा पनि पीर मात्रै मान्थे। उनलाई त्यो बेला गाउँतिर जान मन लाग्थ्यो। त्यही बेला थाहा पाए उनले देशभरी कहाँ कस्तो हुन्छ माटोको माटोको रंग!

‘माटो खोज्नु त मेरो हवी (रुचि) हो’ उनी यसपाली भने मुस्कुराए।

काठमाडौ मै चारपाँचथरी माटो भएको उनलाई थाहा छ। ति सबै माटोलाई आफूले बनाउने घरको रंगको रुपमा प्रयोग गर्न पाए भन्ने लाग्छ उनलाई।

‘बजारमा अनेक थरि केमिकल रंगहरु पाइन्छन् हामीले बनाउने घरमा त्यस्ता रंग प्रयोग हुन्नन्,'उनले भने,‘हामी प्रकृतिमै पाइने विभिन्न रंगको माटो खोज्छौँ।' उनीहरु बाँसकै पनि कलात्मक बुट्टा बनाउँछन्।

त्यही रेष्टुरेण्टको सिलिङतिर पनि विजुलीको झुमर बनाएको थियो। बाँसबाट के बनाउन सकिदैँन? भने झैँ उनी मुस्काए।

‘हामीले गर्न अझै धेरै बाँकी छ,’उनले भने।

माटोको घरमा बस्न सिमेन्टको घरमा भन्दा बढी आनन्द आउँछ रे। बाहिर ३० डिग्री तापक्रम छ भने माटोको घर भित्र २२ डिग्री हुन्छ।

‘माटोले सास फेर्छ क्या’ उनले सम्झाए,‘धेरै ताप छ भने सोस्छ।’

आधुनिक घरमा ‘टक्सीक’ हुन्छ त्यस्तो घरमा बस्न स्वास्थ्य र आनन्दका हिसाबले पनि मज्जा हुन्न रे।

उनी देशविदेश घुम्दा अनेकौँ प्रकारका परम्परागत घरहरु देखे।

उनलाई लाग्छ-पहिलेका मानिसहरुमा पनि आइडिया थियो। अनुभवले उनीहरुलाई सिकाउँथ्यो कसरी घरहरु बनाउने भनेर।

हामीकहाँ पुर्खाले बनाएका पुरानापुराना घरहरुको अब नामो निसान मेटिदै गएको छ। पश्चिमाहरु कमसेकम जोगाउँछन् आफ्ना परम्परागत चिजहरुलाई।

‘हामीकहाँ अरूको सिको गर्ने चलन छ आफ्नो जोगाउनुपर्छ अथवा यसलाई नयाँ तरिकाले प्रयोग गर्नुपर्छ भन्ने नै छैन,’ उनले भने।

सबैले विर्सेको काम फेरि गर्न त्यति सजिलो थिएन। उनी गाँउगाँउ घुम्थे र त्यहाँको प्रयोग हेर्थे। ‘त्यसरी हेर्दा डिजाइनका नयाँनयाँ आइडिया आउँछन्' उनले भने।

बाँसको काम गर्ने भन्ने सुरसार उनले कसे। तर, धेरै समस्या थियो।

‘सुरुसुरुमा बाँस कसरी जोगाउने भन्ने पीर थियो। बाँसमा किरा लागिहाल्छ।’ उनले भने,‘ पछि मलाई बाँसभित्र किरा नलाग्ने गरि ट्रिटमेन्ट गर्ने आइडिया आयो।'

अहिले उनी बाँसका घरहरु धेरै टिक्नेमा ढुक्क छन्।

तर, मानिसहरुलाई पुराना घरमा फर्काउन त्यति सजिलो छैन।

बजारमा चलेको चिजमात्रै मान्छेहरुले विश्वास गर्ने भइसके। माटोको व्यापार हुन्न त्यसैले पनि सजिलै मान्छेहरुले यसको मूल्य थाहा पाउँदैनन् भन्ने सोच्दा रहेछन नृपल।

हिड्ने बेला उनले भने, ‘पैसा कमाएपछि त आफ्नो वरिपरिका मान्छेले यो राम्रो काम गरेछ भन्ने हुन्। अरुले पनि क्रमशः बुझ्दै जालान्।’

प्रतिकृया दिनुहोस

थप समाचार

  • इँट्टा उद्योगसम्बन्धी रणनीतिक योजना

    इँट्टा उद्योगसम्बन्धी रणनीतिक योजना इँट्टा उद्योगको रुपान्तरणका लागि ऊर्जा दक्षता, वातावरणमैत्री र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ

  • उदयपुर सिमेन्ट उद्योगको उत्पादन दश वर्षयताकै उच्च

    उदयपुर सिमेन्ट उद्योगको उत्पादन दश वर्षयताकै उच्च उदयपुर सिमेन्ट उद्योग लिमिटेडले चालु आवमा १० वर्षयताकै बढी सिमेन्ट उत्पादन गरेको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग बेलाबेलामा राजनीतिक उतारचढावका कारण बन्द हुने गरेको भएपनि चालु आव २०७३/०७४ मा दशकयताकै बढी सिमेन्ट उत्पादन गर्न सफल भएको छ।

  • भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

    भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ ।

  • मुलुककै अग्ला पुल परिसरमा आधुनिक शौचालय निर्माण

    व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणका लागि सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो ।

  • जानकी नवमीको अवसरमा शिवम् सिमेन्टको सरसफाई कार्यक्रम

    जानकी नवमीको अवसरमा शिवम् सिमेन्टको सरसफाई कार्यक्रम नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले जानकी नवमीको अवसरमा जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरको सेरोफेरोमा सरसफाई अभियान सम्पन्न गरेको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी