गोरखा इको प्यानलले पायो आइएसओ चिन्ह

  • Get News Alerts

स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामाग्रीको उत्पादन गरिरहेको गोरखा इको प्यानलले अन्तर्राष्ट्रिय गुणस्तर (आईएसओ) चिन्ह प्राप्त गरेको छ। नेपालमै पहिलो पटक उत्पादित इको प्यानलको उत्पादनकर्ता इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिले आईएसओ ९००१स् २०१५ चिन्ह प्राप्त गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जानकारी दिए। 
 
इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिले बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडसँगको संयुक्त लगानीमा सन् २०१४ देखि गोरखा इको प्यानल उत्पादन गर्दै आएको छ । यसका उत्पादन अस्थायी निर्माणमा मात्रै नभई स्थायी आवासीय घर तथा मल्टिकम्प्लेक्समा पनि प्रयोग हुँंदै आएको  बताउँछन् इन्टरनेशल ग्रीन डेभलपर्स नेपालका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवाल। 
 
गोरखा इको प्यानल स्वदेशी प्रिफ्याव्रिकेटेट इको प्यानल हो । यसले कुनै पनि निर्माणमा आवश्यक पर्ने वाहिरी गाह्रो र भित्री गाह्रो उत्पादन गर्दै आएको छ । यो परम्परागत निर्माण सामाग्री भन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने खालको छ । वातावरण मैत्री, थर्मल इन्स्युलेसन, साउण्ड इन्स्युलेशन, वाटर प्रुफ तथा फायर प्रुफ रहेको दुवालको दाबी छ। 
 
सीईओ दुवालले इको प्यालन उत्पादन गर्दा वातावरणलाई प्रतिकुल हुने कुनै पनि प्रकारको उर्जाको प्रयोग हुँंदैन । उनका अनुसार यो अरु परम्परागत गाह्रो भन्दा १५ देखि २० प्रतिशतसम्म सस्तो पनि छ । भारतलगायत अन्य मुलुकबाट आयातित प्रिफ्याब भन्दा गोरखा इको प्यानल गुणस्तरयुक्त र मजबुद रहेको कम्पनीको दावी छ । 
 
सुरुमा ५० प्रतिशत बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्माण थालेको थियो । पछि कम्पनीले पुल्चोक इन्जिनियरिंग क्याम्पससँंगको  सहकार्यमा हाल १० प्रतिशतमात्रै आयातित कच्चा पदार्थ प्रयोग गरी इको प्यानल वनाउन सफल भएको दुवालले जानकारी दिए। 
 
‘प्रिफ्याव भन्नेवितिकै कमसल तथा अस्थायी संरचनामा मात्रै हो भन्ने आम मानिसको भ्रमलाई चिर्दै गोरखा इको प्यानलको प्रयोग देशको बिभिन्न भागमा आवासयी घर, व्यापारिक भबन, मल्टिकम्प्लेक्स, हस्पिटललगायतमा प्रयोग हुँंदै आएको छ’ दुवालले भने।  
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • इँट्टा उद्योगसम्बन्धी रणनीतिक योजना

    इँट्टा उद्योगसम्बन्धी रणनीतिक योजना इँट्टा उद्योगको रुपान्तरणका लागि ऊर्जा दक्षता, वातावरणमैत्री र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ

  • उदयपुर सिमेन्ट उद्योगको उत्पादन दश वर्षयताकै उच्च

    उदयपुर सिमेन्ट उद्योगको उत्पादन दश वर्षयताकै उच्च उदयपुर सिमेन्ट उद्योग लिमिटेडले चालु आवमा १० वर्षयताकै बढी सिमेन्ट उत्पादन गरेको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग बेलाबेलामा राजनीतिक उतारचढावका कारण बन्द हुने गरेको भएपनि चालु आव २०७३/०७४ मा दशकयताकै बढी सिमेन्ट उत्पादन गर्न सफल भएको छ।

  • भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

    भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ ।

  • मुलुककै अग्ला पुल परिसरमा आधुनिक शौचालय निर्माण

    व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणका लागि सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो ।

  • जानकी नवमीको अवसरमा शिवम् सिमेन्टको सरसफाई कार्यक्रम

    जानकी नवमीको अवसरमा शिवम् सिमेन्टको सरसफाई कार्यक्रम नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले जानकी नवमीको अवसरमा जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरको सेरोफेरोमा सरसफाई अभियान सम्पन्न गरेको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी