गभर्नरसँग हेभी इक्वीप्मेन्टमा कर्जा नदिइएको गुनासो गरे व्यवसायीले

  • Get News Alerts

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आइतबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललाई भेटेर हेभी इक्वीप्मेन्ट तथा निर्माण उपकरणमा बैंकहरुले कर्जा नदिएको गुनासो गरेका छन्। 
 
विलासिताका सवारी साधनमा कर्जा प्रवाहको सीमा घटाइए पनि हेभी इक्वीप्मेन्ट तथा निर्माण सामाग्रीमा सीमा घटाइएको छैन। तर हेभी इक्युप्मेन्टमा पनि बैंकहरुबाट ऋण लगानी नभएको भन्दै उनीहरुले निर्माण उद्योगलाई प्रभावित गरिएको आरोप लगाए। 
 
 कयौं ठूला उपकरणहरु व्यवसायीहरुले खरिद र आयात गर्न नसकिने भएकोले सानादेखि राष्ट्रिय गौरवका आयोजनासम्म 
 
पुँजीगत खर्चमा कमी हुन गई राज्यको आर्थिक क्रियाकलाप अवरुद्ध पुगेको व्यवसायीको भनाइ छ। आवश्यक बैंक ग्यारेन्टी लिँदा सम्बन्धित बैंकको प्राथामिक पुँजीको बढीमा २५ प्रतिशत सम्मको मात्र सिमा कायम भएकोले एउटै बैंकबाट ग्यारेन्टी नमिल्ने भई थप जटिलता सिर्जना भएकोले ग्यारेन्टीको हकमा प्राथमिक पुँजीको ५० प्रतिशत सम्मको सीमा र ऋण सुविधाको हकमा २५ प्रतिशत कायम गर्न महासंघले आग्रह गरेको छ।
 
हाल विभिन्न बैंकहरुले उपलब्ध गराउँदै आएको बैंक ग्यारेन्टीहरु विभिन्न वाहानावाजी गरी समयमा उपलब्ध नगराउने परिपाटीका कारण व्यवसायीहरु मारमा परेको महासंघले जनाएको छ।
 
 क्रेडिट लाईन पत्र तयारी गर्दा सबै बैंकहरुले एउटै तोकिएको न्युनतम दस्तुर मात्र लिन पाउने व्यवस्थाका लागि पहल गर्न महासंघले  अनुरोध गरेको छ।  
 
सो अवसरमा गभर्नर नेपालले कुनै पनि हालतमा निर्माण क्षेत्रलाई प्रभावित गर्नेगरी हेवी इक्वीप्मेन्टमा प्रवाह हुने कर्जालाई राष्ट्र बैंकले कडाई नगरेको स्पष्ट पारे। यस सम्वन्धमा आवश्यक अध्ययन गरी निर्देशन दिइने उनले बताए। 
 

प्रतिकृया दिनुहोस

थप समाचार

  • इँट्टा उद्योगसम्बन्धी रणनीतिक योजना

    इँट्टा उद्योगसम्बन्धी रणनीतिक योजना इँट्टा उद्योगको रुपान्तरणका लागि ऊर्जा दक्षता, वातावरणमैत्री र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ

  • उदयपुर सिमेन्ट उद्योगको उत्पादन दश वर्षयताकै उच्च

    उदयपुर सिमेन्ट उद्योगको उत्पादन दश वर्षयताकै उच्च उदयपुर सिमेन्ट उद्योग लिमिटेडले चालु आवमा १० वर्षयताकै बढी सिमेन्ट उत्पादन गरेको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग बेलाबेलामा राजनीतिक उतारचढावका कारण बन्द हुने गरेको भएपनि चालु आव २०७३/०७४ मा दशकयताकै बढी सिमेन्ट उत्पादन गर्न सफल भएको छ।

  • भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

    भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ ।

  • मुलुककै अग्ला पुल परिसरमा आधुनिक शौचालय निर्माण

    व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणका लागि सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो ।

  • जानकी नवमीको अवसरमा शिवम् सिमेन्टको सरसफाई कार्यक्रम

    जानकी नवमीको अवसरमा शिवम् सिमेन्टको सरसफाई कार्यक्रम नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले जानकी नवमीको अवसरमा जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरको सेरोफेरोमा सरसफाई अभियान सम्पन्न गरेको छ।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी