वायुसेवा निगमको पुरानो बोइङ किन्न कोही आएन

  • Get News Alerts

नेपाल वायुसेवा निगमले बिक्रीमा राखेको बोइङ किन्ने प्रस्ताव कसैको नपरेपछि फेरि टेन्डर आब्हान गरिएको छ।  तीस वर्ष पुरानो बोइङ– ७५७ सिरिजको कर्णाली नेपाली नाम दिइएको उक्त विमान चलाउन भन्दा बिक्री गर्न फाइदा हुने भन्दै निगम संचालक समितिले बिक्री गर्ने निर्णय गरेको थियो। 
 
पहिलोपटक गएको अप्रिल १० मा टेन्डर आब्हान गरेपनि कसैको प्रस्ताव नपरेपछि फेरि आज विश्वव्यापी टेन्डर आब्हान गरिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।  यसअघि खुल्ला प्रतिस्पर्धाबाट छनौट भएको स्वीस कम्पनीले प्राविधिक मूल्यांकन गरेको थियो।
 
विमानको सबै प्राविधिक मूल्यांकन गरेपछि उक्त विमानको औसत बिक्री मूल्य १७ करोड १० लाख रुपैयाँ राखिएको थियो।  यही मूल्यलाई आधार मूल्य मानेर टेन्डर गरेपनि कसैको प्रस्ताव परेको थिएन। 

प्रतिकृया दिनुहोस

थप समाचार

  • चीन र रसिया मिलेर वाइड बडी विमान निर्माण गर्ने

    चीन र रसिया मिलेर वाइड बडी विमान निर्माण गर्ने भर्खरै न्यारो बडी विमान निर्माण गरेको चिनियाँ सरकारी कम्पनी दि कमर्सियल एयरक्राफ्ट अफ चाइना(कोम्याक) र रसिया युनाइटेड एयरक्राफ्ट कोअपरेशन(युएसी)को सयुक्त प्रयासमा वाइड बडी विमान निर्माण गर्ने घोषणा गरेका छन्।

  • विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा यो वर्ष पनि आरोहण भएन

    विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा यो वर्ष पनि आरोहण भएन विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा आरोहणका लागि यो वर्ष गएको १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको छ । आठ हजार ५८६ मिटर अग्लो यो हिमालमा आरोहणका लागि गएको टोली आठ हजार १७५ मिटर उचाइमा पुगेर फर्किएको हो । प्राविधिक समस्याका कारण सो टोली ४११ मिटर तलबाट फर्कन बाध्य भएको हो ।

  • सौराहाको पर्यटन विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता

    सौराहाको पर्यटन विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता सौराहा जेसिजको आयोजनामा शनिबार रत्ननगरको सौराहामा भएको नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरुले सौराहाको पर्यटनलाई विस्तार गरी नेपालकै दोस्रो पर्यटनको गन्तव्य बनाउनुपर्ने विचार व्यक्त गरेका हुन्।

  • यती एयरलाइन्सका बसमा ‘एसडीजी स्टिकर’

    यती एयरलाइन्सका बसमा ‘एसडीजी स्टिकर’ हवाई सेवा प्रदायक यती एयरलाइन्सका बसमा सयुक्त राष्ट्रसंघिय दिगो विकास लक्ष्य(एसडिजी)का स्टिकर राखिएको छ। एयरलाइन्सले अभियान अन्तर्गतका आफ्ना १७ लक्ष्य सहितका दूई नयाँ एयरपोर्ट शटल बसपनि सार्वजनिक गरेको छ । विमानस्थलमा टर्मिनल र विमान विचनको यात्रा गर्दा ह्याण्डि (सहज) एसडीजी फ्लायर्स र लिफलेट सहितका यी बसहरुले हवाई यात्रुहरुलाई दिर्घकालिन विकास योजना अन्तर्गतका आफ्ना लक्ष्यका बारेमा जानकारी दिनुका साथै, यसको प्राप्तिका लागि तिनले गर्न सक्ने सहयोग तथा कार्यका बारेमा सुसुचित गर्ने आशा गरिएको छ ।

  • धार्मिक पर्यटनमा सरकारको जोड

    धार्मिक पर्यटनमा सरकारको जोड सरकारले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने नीति लिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज व्यवस्थापिका–संसद्मा प्रस्तुत सरकारको आगामी आवको आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा जोड दिइएको छ । धार्मिक पर्यटनलाई बढावा दिने

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी