अटोमेटिक धारापछि रोबर्ट बनाउने तयारीमा नेपाली विद्यार्थी

  • Get News Alerts

विभिन्न प्रविधिको विकास गर्दै अघि बढेको एक युवा जमातको कम्पनी हो ‘पाइला टेक्नोलोजी’।
 
नविनतम प्रविधिको विकासमा तल्लीन रहने उद्देश्यसहित छ जना युवाहरुको समूहले ‘पाइला टेक्नोलोजी’ कम्पनी खोलेर प्रविधिको क्षेत्रलाई विकास गर्ने योजना बनाएका छन्। 
 
पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स कम्युनिकेसनमा ग्रयाजुएसन सकाएका ५ जना युवाहरु चितवनका दिपकमल भुसाल, गोर्खाका सागर श्रेष्ठ, भैरहवाका वसिम अक्रम खान, काठमाडौंका निरज बस्नेत, रबिन गिरी र लण्डनबाट एमबीए अध्ययन सकेर स्वदेश फर्केका विनय राउत  मिलेर यो कम्पनी खोलेका हुन्। 
 
उनीहरुले एक प्रविधिमार्फत ‘अटोमेटिक धारा’को विकास गरेका छन्। जसले ट्याङकी खाली हुँदा मोटर आफैँ चलाउने तथा पानी भरिएपछि मोटर स्वतः बन्द गरिदिने गर्दछ। सोही प्रविधिको  उनीहरुले हालै भृकुटीमण्डपमा सम्पन्न प्रदर्शनीमा पनि प्रस्तुत गरेका थिए। 
 
समूहका दिपकमल भुसालले प्रविधिको विकास गरेर घरेलु जीवनका दैनिक कामलाई सहज बनाउने उद्देश्यले करिब साढे दुई वर्ष अघिदेखिको निरन्तरको खोजको परिणाम नै ‘अटोमेटिक धारा वा अटोमेटिक वाटर लेभल कन्ट्रोलर’ रहेको बताए। 
 
उनले भने, ‘पानी ओभरफ्लो हुने, टयाङ्की खाली भए पनि भर्न बिर्सने लगायतका समस्याबाट कसरी समाधान खोज्ने, घरी घरी पानी भरीरहनुपर्ने र भरुन्जेल कुरेर बसिरहनुपर्ने झन्झटबाट मुक्त गराउने पहिलो पाइलाकारुपमा अटोमेटिक धारा तयार पारिएको हो।’
 
यस प्रविधि अन्तर्गत जडान गरिएको सिस्टमबाट बोरिङ, रिजर्भ तथा छतमा भएको ट्याङकीमा पानी चढाउँदा उक्त सिस्टमको सेन्सरले तलको पानी खाली हुन लागेको वा माथि भरिन लागेको अवस्थाको अध्ययन गर्छ र मोटरसम्म सुचना पुर्याइ स्वत अन/अफ गर्ने गर्छ।
 
यस अन्तर्गत टयाङकी र मोटरमा एक-एक वटा सेन्सर जोडिएको हुन्छ, जसले उक्त सुचना आदानप्रदान गर्छ। आवासीय घरहरुमा तारसहित तथा ठूला होटल, रेष्टुरेन्ट, अपार्टमेन्टहरुमा ताररहित प्रविधि सुहाउँदो हुने भएकाले या अत्यन्त जरुरी भैसकेको भुसाल बताउँछन्। 
 
तारसहितको प्रविधिको जडान गर्दा ६५ देखि ८५ सय तथा ताररहित प्रविधि जडान गर्दा १४ देखि १८ हजार खर्च लाग्ने गर्छ। यसमा निशुल्क तार तथा जडान, एक वर्षको वारेन्टी समेत दिइएको उनले बताए। 
 
गत मंसिरबाट यसको विक्री वितरण सुरु गरिएकोमा सकारात्मक फिडब्याक पाइरहेको उनले बताए। त्यस्तै उनीहरुले बनाएको अर्को प्रविधि हो ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी)’, जसले सबै प्रकारका उद्योगले प्रयोग गर्ने मोटरहरुको स्पिड नियन्त्रण गर्छ।
 
विभिन्न साना तथा ठूला उद्योगमा प्रयोग भएका मोटरहरुले एउटा निश्चित साइजमा कच्चा पदार्थलाई काट्नु पर्ने, प्वाल पार्नु पर्ने, ड्रिल गर्नुपर्ने  लगायतका काम गर्नुपर्ने हुँदा त्यसको स्पिड नियन्त्रण तथा नियमन गर्नुपर्ने हुन्छ, जसका लागि प्रयोग गरिएको सिस्टमलाई भिएफडी भनिन्छ।
 
भिएफडी नेपलामा नबन्ने हुँदा भारत र चीनबाट आयात गरिन्छ। बिग्रेको वा सामान्य मर्मत गर्नुपरेको खण्डमा पनि दक्ष जनशक्ती तथा आफ्टर सेल्स सर्भिसको अभावमा त्यसै थन्काउनु पर्ने र नयाँ खरिद गर्नुपर्ने अवस्था रहेकाले यसको विकासमा जुट्न आत्मबल पाएको उनले बताए। 
 
‘हामीले आयातमा ठूलो रकम बाहिरिएको देखेपछि, जे पर्छ, पर्छ भनेर यसमा पनि केही गर्ने अठोट लियौँ’ भुसालले भने ‘फलस्वरुप इट्टा भट्टा तथा अन्य उद्योगमा पुगेर प्रतिक्रिया लियौँ, सकारात्मक प्रतिक्रियापछि यो प्रविधि बनाएरै छाड्यौँ।’
 
विदेशी भिएफडी प्रविधि जडान गर्दा एक लाख भन्दा बढी शूल्क लाग्ने गरेकोमा उनीहरुले बनाएको प्रविधि जोड्दा भने केबल ७० हजार खर्च लाग्ने रहेछ। यसमा जडान निशुल्क, वारेन्टी, सर्भिसिङको सुविधासमेत दिइएको उनले बताए।
 
हरेक उद्योगमा यो अनिवार्य चाहिने तथा समस्या हुन्छ भन्ने जान्दा जान्दै पनि विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा स्वदेशी उत्पादन पश्चात यसले सम्रग उद्योग क्षेत्रमा समारात्मक प्रभाव पर्ने उनको विश्वास छ। 
भाबी योजना रोबर्ट बनाउने
भाबी योजनाका रुपमा उनीहरुले रोबर्ट बनाउने बताएका छन्। विश्वले रोबर्टको विकासमा छलाङ मारिसक्दा पनि हामी जहाँको त्यही रहेको भन्दै उनीहरुले आफूले सिकेको ज्ञान रोबर्टको निमार्णमा प्रयोग गर्ने योजनासँगै हाल रिर्सच एण्ड डेभेलपमेन्टको फेजमा एउटा टिम लागिपरेको समेत उल्लेख गरे।
 
सो टोलीका सदस्य भुसालले क्याम्पसमा विभिन्न समयमा आयोजना भएका प्रदर्शनीहरुमा पनि सफ्टवेयरहरु, म्याप रिड गर्ने ह्विल चेयर, वस्तु चिन्न सक्ने तथा मान्छेको भाषा छुट्याउन सक्ने रोबर्ट बनाइसकेको अनुभव रहेको बताए।
 
साउथ एसियन प्यासिफिक क्षेत्रभित्र पर्ने राष्ट्रहरुका इन्जिनरिङ विधार्थीहरुबीचको रोबोटिक्स प्रतिस्पर्धामा भाग लिएर केही अवार्ड समेत जितेकाले आफूहरुलाई रोबटको क्षेत्रमा काम गर्न थप हौसला मिलेको विद्यार्थीहरु बताउँछन्। 
 
भुसालका अनुसार हालै मात्र एक संस्थासँग ग्राहकलाई स्वागत गर्ने रोबर्ट बनाउने सम्झौता भएको छ र त्यसको लागि तयारीमा उनको टोली लागिपरेको छ।
 
आफूहरुले नेपालमा टेक्नोलोजी बेच्ने मात्रै नभई नेपालमै बनाउन खोजिरहेको भुसालले बताए। यसका लागि आफूहरुले स्पर्नसिप पाएको बताउँदै उनले अधिकांश प्रतिभा भएकाले बजेटको अभावमै विदेश पलायन भइरहेको अवस्थाप्रति निराशा लाग्ने गरेको उनले अनुभव सुनाए। विभिन्न निकायलाई यसतर्फ समयमै ध्यान दिन उनको आग्रह छ।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • फेसबुक एपमा परिवर्तन, के भयो

    फेसबुक एपमा परिवर्तन, के भयो फेसबुकको म्यासेन्जर एपमा परिवर्तन भएको छ। फेसबुकले यसलाई पुन डिजाइन गरेको हो। अहिले फेसबुक एपको प्रतिमहिना १ सय १० करोड युजर्स रहेका छन्। यो सुविधा एन्ड्रोइट र आइओएसमा मात्र रहेको छ। अपडेटपछि म्यासेन्जरको होम स्क्रिनमा परिवर्तन भएको छ।

  • अब फेसबुकबाटै खानेकुरा मगाउन सकिने

    अब फेसबुकबाटै खानेकुरा मगाउन सकिने फेसबुकबाट अब खानेकुरा मगाउन सकिने भएको छ। त्यसका लागि फेसबुकले तयारी गरिरहेको छ। फेसबुकले फुड डेलिभर अप्सन राखेर त्यहाँ क्लिक गर्नासाथ खानेकुरा मगाउन सकिने व्यवस्था गर्न लागेको छ।

  • सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी फिल’ सार्वजनिक

    सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी फिल’ सार्वजनिक सामसङले नयाँ फोन ‘ग्यालेक्सी फिल्’ सार्वजनिक गरेको छ। जापानमा लन्च गरिएको यस फोनको प्रि बुकिङ सुरु भइसकेको छ। यस फोन ४.७ इन्च एचडी डिस्प्ले, ३ जीबी र्‍याम र ३२ जीबी इन्टरनल मेमोरी तथा १.६ गिगाहर्ज ओक्टाकोर प्रोसेसरका साथै एन्ड्रोइड नोगाट भर्सनमा उपलब्ध छ।

  • जिओनीले ल्यायो ४ वटा क्यामरा भएको स्मार्टफोन

    जिओनीले ल्यायो ४ वटा क्यामरा भएको स्मार्टफोन जिओनीले चार वटा क्यामरा भएको स्मार्टफोन बजारमा ल्याएको छ। एस टेन नाम दिइएको सो स्मार्टफोन चिनियाँ बजारमा सार्वजनिक गरिएको छ। यस स्मार्टफोनको मुख्य विशेषता भनेको अगाडि र पछाडि डुअल क्यामरा राखिएको छ।

  • काठमाडौंमा सेवा विस्तार नगर्दै स्मार्टलाई फोरजी अनुमति!

    काठमाडौंमा सेवा विस्तार नगर्दै स्मार्टलाई फोरजी अनुमति! नेपाल दुरसंचार प्राधिकरणले निजी क्षेत्रको दुरसंचार सेवाप्रदायक स्मार्ट टेलिकमलाई फोरजी सेवा संचालनको अनुमति दिएको छ। यसअघि नेपाल टेलिकम र एनसेलसँगै फोरजीको लागि आवेदन दिएको स्मार्ट पहिलोचरणमा अयोग्य ठहरिएको थियो।

किनमेल अनुभव

  • mahindra
  • पुस्तकको अभावले व्यापार नै डामाडोल भयो पुस्तकको अभावले व्यापार नै डामाडोल भयो

    हामी पुस्तक पसलेहरुले सिजनका बेला पुस्तक पाउन सकेका छैनौँ। नयाँ शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि पुस्तकको अभाव छ। कतिपय कितावहरु त अहिलेसम्म आएकै छैन। चर्को भाडा तिरेर व्यापार गरेका हामी व्यापारीले यो समय केही राहत पाउने बेला हो। तर सिजनमा पुस्तकहरु नपाएपछि पुस्तक पसलेले के बेच्ने ?

    विष्णुप्रसाद खनाल, पाल्पा

  • worldlink
  • सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै सस्तो चस्माको फाइदाभन्दा बेफाइदा धेरै

    झम्सिखेलमा मेरो क्रिष्टल अप्टिकल नामक चस्माको पसल छ। मैले दैनिक धेरै थरिका ग्राहकहरुसँग कारोबार गर्नुपर्ने हुन्छ। चस्माको व्यापारमा ग्राहकहरुलाई बुझाउन निकै गाह्रो हुन्छ तर चस्माको बारेमा बुझेकाले भने गुणस्तरको मात्र ख्याल गर्छन्।

    सरोज गोपाली, झम्सिखेल

  • tata
  • सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ सैलुनबाटै मनग्य आम्दानी गर्न सफल भएँ

    मैले विगत ५ वर्षदेखि सैलुन खोलेर बसेकी छु । काठमाडौँ मलको तेश्र्रो तलामा ‘ब्युटि मार्क स्किन केयर एण्ड हेयर सैलुन’ खोलेदेखि पैसा कमाउन विदेश जानै पर्छ भन्ने मेरो सानैदेखिको सोच गलत साबित भएको छ। आफूले केही सिप सिकेर यही केही गर्न चाहने र लगनशिल भएर लाग्ने हो भने लासाको सुन यही कमाउन सकिने रहेछ भन्ने कुराको दरिलो उदाहरण बनेको छ मेरो मिहेनत।

    सञ्जिता परियार, काठमाडौँ

  • ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ? ड्राईमिटको गुणस्तर परीक्षण हुन्छ कि हुदैन ?

    नेपालीहरुको लागी ड्रइमिट(सुकाएको मासु) निकै लोकप्रिय छ। अझ बिदेश जान लागेकाले त साथीहरुको लागी कोशेलीको रुपमा पनि ड्रइमिट लैजाने गरेका छन्। काठमाडौंमा सानो पसल देखि ठुला डिपार्टमेन्ट स्टोरहरुमा ड्राइमिट पाइन्छ र सस्तो देखि महँगो सम्म पाइन्छ। तर त्यो ड्राइमिट गुणस्तर कस्तो हो, कतिसम्म खान योग्य हुन्छ यो बारेमा खासै अनुगमन भएको पाइदैन। यो उपभोक्तको स्वास्थ्यका प्रत्यक्ष सरोकार राख्ने विषय हो। सम्बन्धित निकायको ध्यान जाओस।

    इश्वर नेपाल, चितवन

  • विदेशी भन्दा स्थानीय जुत्ता राम्रो विदेशी भन्दा स्थानीय जुत्ता राम्रो

    मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।

    कमल अधिकारी, हेटौंडा

  • रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

    म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्।

    सुमन अर्याल, घट्टेकुलो

  • फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक

    मैले मैतिदेवीमा फोटो स्टुडियो राखेको करिव ५ वर्ष भयो। यो अवधिमा मैले हजारौँ ग्राहकको फोटो खिचेँ। फोटो स्टुडियोमा खासै डिस्काउन्टका लागि बार्गेनिङ हुँदैन र स्टुडियोमा फेन्सी पसलमा जस्तो डिस्काउन्ट गर्नका लागि भनेर धेरै मूल्य पनि तोकिँदैन।

    विकाश दाहाल, फोटोग्राफर काठमाडौं

  • एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो एकपटक धुदा जिन्स पाइन्टको रङ्ग खुइलियो

    करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।

    रोशन अधिकारी, चितवन

लोकप्रिय

सूचनापाटी